निर्णय नं. ३३१६ - विदेशी विनिमयको अवैध कारोबार तथा निकासी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३३१६ - विदेशी विनिमयको अवैध कारोबार तथा निकासी भाग: २९ साल: २०४४ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४४/११/०५ २५६४ निर्णय नं. ३३१६ ने.का.प. २०४४ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह सम्वत् २०४२ सालको फौ.पु.नं. ६५८ मुद्दा : विदेशी विनिमयको अवैध कारोबार तथा निकासी । पुनरावेदक/वादी:श्री ५ को सरकार अर्थ मन्त्रालय, राजश्व अनुसन्धान महाशाखाका विशेष अधिकृत टेक बहादुर रायमाझी । विरुद्ध विपक्षी/प्रतिवादी:पोर्टेन हाउस,सल्सवरी इंग्लैण्ड बस्ने राहदानी नं.एन ५९९१६७ र क्यानडा राहदानी नं.जि.ई.६२५९२१ को हाल का.जि.का.न.पं..वडा नं.२९ गार्डेन गेष्ट हाउस डेरा गरी बस्ने पेटरजोन मिल्स । फैसला भएको मिति: २०४४।११।५।४ मा विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा (५)(२) मा व्यवस्था भए बमोजिमको रीत पुर्याई नेपाल बाहिर लान लागेको नदेखिई विभिन्न रुपमा लुकाई छिपाई लान लागेको देखिन आएकोले निजले दावी बमोजिम अपराध नगरेको भन्ने कानुनले नमिल्ने । (प्रकरण नं. १५) पुनरावेदक तर्फबाट: विद्वान का.मु.सह-न्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ विपक्षी,प्रतिवादी तर्फबाटःX उल्लेखित मुद्दाःX फैसला न्या.हिरण्येश्वरमान प्रधान: मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उपर चित्त बुझेन भनी वादी तर्फबाट यस अदालतमा पर्न आएको निवेदनमा यस अदालतको मिति २०४१।१२।२१ का आदेशले पुनरावेदनको अनुमति प्रदान भई निर्णयार्थ पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ । २. २०४१।१०।१६ का दिन शा.ने.वा.नि. को हवाई जहाजद्वारा हङकङ जान लागेका पेटरजोन मिल्सले विदेशी मुद्रा लैजादै छन् भन्ने शुराकी प्रतिवेदन अनुसार राहदानी नं. बृटिश ऐन, ५९९१६७ र क्यानाडा जि.ई. ६२५९२१ का पेटरजोन मिल्सको जिउ तलासी लिंदा ब्यागमा र साबुनको बट्टाभित्र कालो टेप बेरेर मुठ्ठा बनाएर लैजान लागेको फेला परेकोले निज मानिस र बरामद भएको विदेशी मुद्रा समेत यसै साथ पेश गरेको छु भन्ने प्र.नि.दानबहादुर चन्द समेतको प्रतिवेदन । ३. दाखिल हुन आएको यु.एस.डलर १९। २८५ लुकाई छिपाई विदेश लान लागेको बेला काठमाडौं स्थित त्रि.वि.स्थलमा पेटरजोन मिल्सको जीउ र ब्याग तलासी लिंदा ब्यागमा राखी लैजान लागेको बेला पक्राउ गरी सो विदेशी मुद्रा बरामद गरेको हो भन्ने मौका मुचुल्का । ४. मैले विदेशी विनियम कारोबार गर्न इजाजत लिएको छैन, बरामद भएको विदेशी मुद्रा लिई हङकङ जान लागेको बेला विमान स्थलका कर्मचारीले पक्राउ गरेको हो, मैले सो विदेशी मुद्रा काठमाडौंमा सटही गरेको हुँ भनी निज अभियुक्त पेटरजोन मिल्स आफैंले लेखी गरेको मौकाको कागज । ५. सो विदेशी मुद्रा दिने व्यक्तिको नाम नबताएकोले दिने व्यक्ति उपर कारवाही गर्ने अवस्था रहेन, निजले यो १९८४ को डिसेम्बर र जनवरीको बीच १ महिनामै क्यानडा र व्रिटिश पासपोर्ट गरी ५ पटक ओहोर दोहोर गरेको देखिन आएकोले निज यसरी अवैध कारोबारमा संलग्न भएको र पक्राउ परेको विदेशी मुद्रा काठमाडौंमै सटही गरी विदेश लिई जान लागेको देखिन आएकोले समेत निजले विदेशी विनिमय नियमति गर्ने ऐन, २०१९ को दफा ४ र ५ को विपरीत काम गरेको देखिन आएको छ । त्यसप्रकार निज पेटर जोनमिल्सलाई सो ऐनको दफा १७(१) बमोजिम सजायँ गर्न र बरामद भएको विदेशी विनिमय जफत हुन समेत अनुरोध गर्दै बरामद भएको यू.एस. डलर १९,२८५ समेत पेश गरेको छु भन्ने अर्थमन्त्रालय, राजश्व अनुसन्धान महाशाखाको मिति २०४१।१०।१७ को प्रतिवेदन । ६. उक्त विदेशी मुद्रा मेर