निर्णय नं. ३३१७ - दर्ता बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३३१७ - दर्ता बदर भाग: २९ साल: २०४४ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४४/११/१७ २३२६ निर्णय नं. ३३१७ ने.का.प. २०४४ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह सम्वत् २०४४ सालको दे.पु.नं. ५०६ मुद्दा : दर्ता बदर । पुनरावेदक/वादी: जि.पाँचथर सुमाङ्ग गा.पं. वार्ड नं. ४ बस्ने मान बहादुर श्रेष्ठ । ऐ.ऐ शिवमान श्रेष्ठ । जिल्ला ताप्लेजुङ्ग भुकु भन्ज्याङ्ग गा.पं.वडा नं.८ बस्ने देवीभक्त श्रेष्ठ । ऐ.सिनाम गा.पं. वार्ड नं. ५ बस्ने नन्द कुमार श्रेष्ठ । विरुद्ध विपक्षी/प्रतिवादी: जिल्ला ताप्लेजुङ्ग लिर्म्र्वादन गा.पं. वडा नं. ८ बस्ने थर्क नारायण श्रेष्ठ । फैसला भएको मिति: २०४४।११।१७ मा बाबु मर्दा कुनै छोरा बाबुको सँग साथमा नरहेको पेश भइरहेको २०३३।१०।१५ को र २०३४।२।२७ को कागजहरूबाट मन बहादुर शिवलालको आफ्नो आफ्नो अंश भाग जग्गा बुझी छोडपत्र गरिदिएको सम्म देखिएकोले बाबु मर्दासँग साथमा बसेको नदेखिएको प्रतिवादीले बाबुको जिउनी एकलौटी दर्ता गराएको अपुतालीको ३ नं. बमोजिम नभई सबै भाइले खान पाउने । (प्रकरण नं. १२) पुनरावेदक, वादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ प्रत्यर्थी,प्रतिवादी तर्फबाटःX उल्लेखित मुद्दाःX फैसला न्या.हिरण्येश्वरमान प्रधानः मुद्दाको संक्षिप्त तथ्य यसप्रकार देखिन्छ । २. हामीलाई बाबुकै पालामा दिनु भएको बण्डा बमोजिमको सम्पत्ति आ–आफूबाट भोग गरी आएका, बाबु आमाको मृत्यु हुँदा सामूहिक तवरले दर्खास्त गरेका, बाबु आमाको जिउनी, बाजे मनबहादुर दर्ता, बाबुकै बन्धकी लिएको खेत समेत ३ किल्ला जग्गामा विपक्षी र हामी फिरादीबाट तिरो बराबर तिरी भोगी आएकोमा तालुकदार सुब्बाप्रसाद सिं सँग मिली बीचमा नम्बरी दर्ता गरी दिने सु.प्रसाद सिं मोही दर्ता हुने, यिनै विपक्षीले तिरो तिर्ने गरी नम्बरीमा दर्ता गरेको जग्गा मध्येबाट हामी फिरादीहरूको ४ खण्ड भागको जग्गाको दर्ता बदर गरिपाउँ भन्ने फिराद । ३. वादी दावी बमोजिमको जग्गामा फिरादीहरूको हक लाग्ने होइन वादीहरूबाट बाबु आमाको दर्खास्तमा खर्च कमाएको पनि छैन । वादी दावीको चार किल्ला भित्रको घरबारीमा पानी पुग्ने हुँदा बारी काटी खेत बनाई सु.मोहन लालप्रसाद सिं जिम्मा मेरो नाममा दर्ता गरे गराएको हुँ। मेरो हकको जग्गा हुँदा दावी बमोजिम दर्ता बदर हुने होइन भन्ने प्रतिवादी । ४. विवादित जग्गामा प्रतिवादीले गराएको नम्बरी दर्ता फिरादीहरूको पनि हक लाग्ने देखिएको हुँदा दावी बमोजिम ४ भाग दर्ता बदर हुने ठहर्छ भन्ने शुरु ताप्लेजुङ जिल्ला अदालतको फैसला । ५. शुरु जिल्ला अदालतबाट भएको फैसला उपर चित्त बुझेन, प्रतिउत्तर जिकिर बमोजिम गरिपाउँ भन्ने थर्कनारायण श्रेष्ठको पुनरावेदन । ६. शुरु ताप्लेजुङ जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने मेची अञ्चल अदालतबाट भएको पुनरावेदन फैसला । ७. शुरु अदालत र मेची अञ्चल अदालतको इन्साफ प्रत्यक्ष कानुनी त्रुटिपूर्ण हुँदा बदर गरी पाउन पुनरावेदनको अनुमति पाउँ भन्ने थर्कनारायण श्रेष्ठको निवेदन परी प्रत्यक्ष गम्भीर कानुनी त्रुटीको आधारमा अनुमति प्रदान गरिएको छ भन्ने पूर्वाञ्चल क्षेत्रीय अदालतको आदेश । ८. बाबु आमाको जिउनी जग्गा थर्कनारायणले भोगी खाएको अपुतालीको ६ नं. बमोजिम बाबु आमाको लालन पालन गरी काज कृया समेत गरेको आधारमा जिउनी जग्गामा प्रतिवादीको हक पुग्ने देखिएको हुँदा प्रतिवादीले गराएको दर्ता बदर गराउने हक वादीहरूलाई नहुने अवस्थामा दर्ता बदर हुने ठहरी