निर्णय नं. ३३१८ - थकाली लूय गरिपाउँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३३१८ - थकाली लूय गरिपाउँ । भाग: २९ साल: २०४४ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४४/११/१७ २५३४ निर्णय नं. ३३१८ ने.का.प. २०४४ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् ०४३ सालको दे.पु.नं. ५९० मुद्दा : थकाली लूय गरिपाउँ । निवेदक/प्रतिवादी:ल.पु.जि.ल.पु.न.पं. वडा नं. ९ मम्पि महाविहार बेलाछे ध्याको बस्ने इन्द्रमुनीको छोरा बेखामुनी ब्रम्हाचार्य भिक्षु । ऐ.ऐ बस्ने कुलमानसिंको छोरा सानुकाजि ब्रम्हाचार्य भिक्षु । ऐ.ऐ बस्ने वडा नं.१४ मंगलबजार बस्ने कुलमान सिंहको छोरा बाबुकाजी ब्रम्हाचार्य भिक्षु । ऐ.ऐ वार्ड नं.९ पम्पि महाविहार वेलाछे घ्याको बस्ने दमकल भन्ने तुयुरत्न शाक्य । ऐ.बस्ने आशाकाजिको छोरा आशाराम शाक्य । विरुद्ध विपक्षी/वादी: ल.पु.न.पं. वार्ड नं.९ थम्पि महाविहार बस्ने बज्रराज बम्हाचार्य भिक्षु । ऐ.ऐ बस्ने वेखाराम ब्रम्हाचार्य भिक्षु । ऐ.ऐ बस्ने सूर्यमान ब्रम्हाचार्य भिक्षु । फैसला भएको मिति: २०४४।११।१७।२ मा नाय लूय गर्नु पर्नेलाई सो बमोजिमको सूचना दिएको कुनै सबूद नआएको खाली मौखिक सूचना दिएको भन्ने जिकिर भए पनि त्यसलाई मान्यता दिन नमिल्ने हुँदा आफैंले गरेको व्यवस्था विपरीत नाय लूय गरेको रीतिस्थिति विपरीत देखियो जहाँ सम्म २०३४ मा नै सो काम भई त्यस पछि अरु कर्मकाण्ड भइसकेको भन्ने हकमा पनि सो को कुनै सबूद प्रतिवादीको तर्फबाट पेश नभएकोले वादीको यो फिराद अदलको म्याद नाघेको भन्न नमिल्ने । (प्रकरण नं. १८) पुनरावेदक तर्फबाट: विद्वान अधिवक्ता श्री चण्डेश्वर श्रेष्ठ र विद्वान अधिवक्ता श्री पिताम्बर सिलवाल विपक्षी, वादीतर्फबाट: विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठ र विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल उल्लेखित मुद्दाःX फैसला न्या.हिरण्येश्वरमान प्रधानः मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यसप्रकार देखिन्छ । २. हामी वादी प्रतिवादीहरू संयुक्त भएको, याम्पि महाविहार समेत ७ विहार सगोलमै रहेको, पछि याम्पि विहार अलग हुँदा सो विहारमा चुडाकर्म गरी सकेका सबै हामी दाजु भाइहरूमा परम्परा रीतिस्थिति बमोजिम उमेरको ज्येष्ठताको क्रमले सबैभन्दा जेठो १ नं. थपा, अजु सो भन्दा कम उमेरको २ नं., सो भन्दा कम उमेरको ३ नं. को क्रमले ५ जना सम्म थपा आजु थकाली स्थविर हुने नं. ६ को गुभाजु भई काम गर्ने त्यसपछि सदस्यहरू मैले क्रमैले प्रमोशन हुँदै जाने स्थिति थियो । सो बमोजिम मूल थकाली ज्ञान मुनीको अवस्थासम्म रीतिस्थिति सुचारु रुपले चली आएको, त्यसपछि थपा आजु हुने बाबुकाजी आशाकाजी पनि परलोक हुँदा ज्येष्ठताको क्रमबाट थपा आजु हुनुपर्ने हुँदा म बज्रराजको उमेर बढी भएको हुँदा मूल थपा आजु हुनलाई विधि विधान गर्नु पर्दा अशान्ति नहोस् भन्ने उद्देश्यले शान्ति सुरक्षाको लागि वागमती अञ्चलाधीशको कार्यालयमा निवेदन दिई सो कार्य सम्पन्नार्थ जिल्ला प्रहरी कार्यालय ललितपुरबाट प्रहरी समेत खटिएकोमा मिति २०३५।३।९ को बिहान पूजा आजाको अवस्था विपक्षीहरू समेत ३०–३५ जवानको हुल भई प्रहरीकै सामान्नेमा जग्यशाला र पूजाका सामानहरू जुत्ताले हानी विगारी वादी मध्येका सुर्जमान र बज्रराज समेतका जवानहरूलाई समेत कुटपिट गरी सुनको गहना लुटपिट गरी रितिस्थितिमा खलल पारेको र ज्येष्ठताको डरले हामी वादी मध्येका बज्रराज मूल थकाली थपा आजु म सूर्यमान २ नं. थपा आजु ३ नं. थपा आजुमा विपक्षी बेखामुनी ४ नं. थपा आ