निर्णय नं. १४२७ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १४२७ - अंश भाग: २३ साल: २०३८ महिना: बैशाख अंक: १ फैसला मिति :२०३८/०१/१९ २४३६ निर्णय नं. १४२७ ने.का.प. २०३८ अङ्क १ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् २०३७ सालको दे.फु.नं. २८ फैसला भएको मिति : २०३८।१।१९।६ मा निवेदक : चितवन पिपले गा.पं.वा.नं. ८ बस्ने टिकाराम श्रेष्ठको मु.स.गर्ने जि.मकवानपुर ज्यामीरे गा.पं. वडा नं. २ मनहरी बजार बस्ने गंगाराम श्रेष्ठसमेत विरुद्ध विपक्षी : जि. मकवानपुर हेटौंडा नगरपञ्चायत वार्ड नं. १० बस्ने मोहनमाया श्रेष्ठको मु. सकार गर्ने ऐ ऐ बस्ने शमशेर श्रेष्ठ मुद्दा : अंश (१) प्रतिवादी र वादीको छोराले बिक्री गरेको लिखतको व्यवहार प्रमाणबाट अंशबण्डा भएको छैन भनी भन्न ठहराउन संशोधित वर्तमान अंशबण्डाको ३० नं. ले नमिल्ने हुँदा वादीले प्रतिवादीबाट अंश नपाउने ठहराएको इन्साफ मनासिव ठहर्ने । (प्रकरण नं. १९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री केदारचरण राय फैसला न्या. बासुदेव शर्मा : प्रस्तुत मुद्दा डिभिजन बेञ्चबाट भएको निर्णय दोहर्‍याई पाउँ भनी निवेदक टिकाराम श्रेष्ठ समेतले दिएको निवेदनमा भएको न्यायिक समितिका सिफारिशमा नेपालको संविधानको धारा ७२(ख) अनुसार मुद्दा दोहर्‍याई दिनु भन्ने बक्स भई आएका हुकुम प्रमांगी बमोजिम मुद्दा दोहरी निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको विवरण यस प्रकार छ : ससुरा बालकृष्णका छोरा जेठा मेरो लोग्ने गोविन्द, माहिला काले भन्ने कृष्णकुमार र टिकारामको बाबु उत्तरकुमार, साहिला भगत श्रेष्ठ कान्छा, कान्छा भाइ समेत ४ छोरा भएको मेरा पति ९३ सालमा माहिला ९१ सालमा कान्छा ९२ सालमा परलोक भएको । साहिला विदेश गएको हल्लासम्म फर्की नआएको र निजको सन्तान पनि कोही नभएको । २०१९ साल वैशाख देखि विपक्षीहरूसँग मानु छुट्टी बसेको आजसम्म अंश सगोलमा नै रहेकोले २०१८ साल चैत्रसम्मको श्रीसम्पत्तिको तायदाती विपक्षीहरू बाट लिई ४ बण्डा गरी मेरो एक भाग अंश छुट्याई पाउँ भन्ने वादी मोहनमायाको फिरादपत्र । ३. मेरो ससुरा छँदै ३६ वर्ष अगावै वादीको लोग्नेले अंशबण्डा छुटयाई वस्नु भएको भन्ने सुनेको हुँ । सासू जगतमाया लोग्ने कृष्णकुमार, देव टिकारामको पनि २०११।९।१६ मा अंशबण्डा भई छुट्टी बसेको र मेरो दाइजोबाट खरीद गरेको जग्गासमेत खान सकुँला कि भनी झुठ्ठा उजूर गरेको हो भन्ने प्र.पञ्चमायाको प्रतिउत्तर । ४. वादीलाई अंश दिनुपर्ने बाँकी छैन वादीका लोग्ने गोविन्द हाम्रा बाबु छँदै अंशबण्डा लिई छुट्टी सकेकाले पछि आर्जेको हाम्रो सम्पत्ति समेत खानाका लागि झुठ्ठा दावी लिई नालेस गरेकी हुन भन्ने प्र.भरतलाल श्रेष्ठको प्रतिउत्तर । ५. फिरादमा उल्लेख गरे बमोजिम ०१९ साल वैशाखदेखि मात्र चुलो छुट्याई खाई आएको हुँदा ४ बण्डा लगाई ऐनले मिल्ने भए बाबुको १ भागबाट ३ खण्डको १ खण्ड मेरो भाग छुट्याई पाउँ भन्ने प्र.विश्वराजको प्रतिउत्तर । ६. विपक्षीलाई मैले अंश दिनुपर्ने छैन विपक्षीको लोग्ने र म समेत अघि नै बाबु छँदै अंश भई छुट्टिएको हुँदा पछि मैले आर्जेको सम्पत्ति खान झुठ्ठा नालेस गरेको हो भन्ने प्र.टिकाराम श्रेष्ठको प्रतिउत्तर । ७. प्र.कृष्णकुमारले गुणराजलाई २०१६।१।२३ गते घरसारमा र ऐ कार्तिक ३ गते मकवानपुर मालबाट पास गरी दिएको राजीनामामा म साक्षी बसी सहिछाप गरी दिएको हो भन्ने विश्वराजको बयान । ८. वादी प्रतिवा