निर्णय नं. १४२८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १४२८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २३ साल: २०३८ महिना: बैशाख अंक: १ फैसला मिति :२०३८/०१/२६ २१८७ निर्णय नं. १४२८ ने.का.प. २०३८ अङ्क १ फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुरसिंह माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३६ सालको रि.फु.नं. ४४ आदेश भएको मिति : २०३८।१।२६।६ मा निवेदक : ललितपुर जिल्ला ल.पु.न.पं.वार्ड नं. २ सानेपा बस्ने विष्णुप्रसाद अर्याल विरुद्ध विपक्षी : ललितपुर नगरपञ्चायत बैठक ललितपुर नगरपञ्चायत समेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) निकास सम्बन्धी अन्याय पर्ने व्यक्तिले आफूलाई अन्याय परेको कुराको उपचारको माग गरी कानूनद्वारा अधिकार प्राप्त अधिकारी समक्ष आएको हुनुपर्छ र ऐनबमोजिम अधिकार प्राप्त अधिकारी सो कुरामा निर्णय दिन सक्षम हुन्छ । अर्को कुनै अधिकारी वा कार्यालयबाट लेखी आएको आधारमा कारवाई गरी निर्णय दिनु कानूनसंगत नहुने । (प्रकरण नं. १२) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त उल्लिखित मुद्दा : केवलदत्त विरुद्ध कपिलवस्तु जि.अ.रि.फु.नं. ३३ उत्पे्रषणको आदेश जारी गरिपाउँ भन्ने मुद्दामा फुल बेञ्चबाट २०२९।२।२४।३ मा प्रतिपादित निर्णय भएको । आदेश न्या. धनेन्द्रबहादुर सिंह : प्रस्तुत मुद्दा डिभिजन बेञ्चबाट ०३४।९।१० मा भएको निर्णय दोहर्‍याई पाउँ भनी निवेदक विष्णुप्रसाद अर्यालले चढाएको निवेदनमा यसमा व्यहोरा साँचो भए ०३४ साल पौष १० गते छिनिएको रिट निवेदन मुद्दाको मिसिल झिकी त्यस अदालतको फुलवेञ्चबाट दोहर्‍याई हेरी कानूनबमोजिम गरी छिनी नतीजा जाहेर गर्नु निवेदकलाई जनाउँ दिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भई आएको हुकुम प्रमांगी बमोजिम मुद्दा दोहरी निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. तथ्य यस प्रकार छ : शान्ति सुरक्षा गरी निकास बन्द गर्न नपाउने गरिपाउँ भन्ने निवेदक साविक देखि ढल थिएन हाल पनि छैन मैले बन्द गरेको पनि छैन भन्न श्रीवत्सराजको बयान भएकोमा भई आएको नक्साबाट यसमा साविक भइरहेको ढल निकास नदेखिएको भन्ने देखिएकोले साविक निकास नभएको देखिएको आफ्नो भागको जग्गामा छुट्टै निकास बनाउनु भनी सुनाई दिने ठहर्छ भन्ने ०३४।३।२३ मा ल.पु.न.प.कार्यालय न्याय समितिबाट र सो उपर निवेदकको पुनरावेदन परेकोमा सो इन्साफ मनासिव ठहर्छ भन्ने ल.पु.न.पं.बैठकबाट ०३४।७।३० मा निर्णय भएको रहेछ । ३. उक्त निर्णय बदर गरिपाउँ भनी निवेदक विष्णुप्रसाद अर्यालले दिएको रिट निवेदनपत्रमा जिल्ला कार्यालय ललितपुरमा परेको मेरो निवेदनमा साविक दर साविक देखिको निकास बन्द गरे भनी ज्यू ज्यान समेत उपर धम्की दिएबाट शान्ति सुरक्षाको लागि निवेदन गरेको प्रष्ट छ नगरपञ्चायत ऐन, २०१९ ले प्रदान गरेको अधिकार क्षेत्रभित्र पर्दैन र अर्को शान्ति सुरक्षाको अभिभारा कानूनले नगरपञ्चायतलाई प्रदान गरेको छैन अनाधिकार क्षेत्रको ग्रहण गर्दै गरेको निर्णय अ.बं.३५ नं. को प्रतिकूल हुँदा बदरभागी छ । निकास खुलाउने वा बन्द गराउने निर्णय गर्न सक्ने अधिक र विपक्षी नगरपञ्चायतलाई कुनै पनि कानूनले प्रदान गरेको छैन आफ्नो अधिकार क्षेत्रभित्र नपर्ने भएपछि सम्बन्धित जिल्ला अदालतमा नालेस गर्न जानु भनी सुनाउनु पर्नेमा विपक्षी न्याय समिति र बैठकबाट समेत छुट्टै निकास बनाउनु पर्ने भन्दै मलाई रू.१०। जरिवाना समेत गरिएकोबाट अधिकार क्षेत्रको अभावमा कानूनी समानताको हकबाट वञ्चित गराई मेरो