निर्णय नं. १४२९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १४२९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २३ साल: २०३८ महिना: बैशाख अंक: १ फैसला मिति :२०३८/०१/१२ २३६० निर्णय नं. १४२९ ने.का.प. २०३८ अङ्क १ फुल बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री धरेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् २०३७ सालको रि.फु.नं. ४७ आदेश भएको मिति : २०३८।१।१२।६ मा निवेदक : का.जि. जितपुर फेदी गा.पं. वडा नं. ३ जितपुर बस्ने झंकनाथ न्यौपाने । विरुद्ध विपक्षी : का.जि. धर्मस्थली गा.पं. वडा नं. ८ बस्ने चम्पकप्रसाद उपाध्याय घिमिरे विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) मर्ने साविक मोहीको यो झंकनाथ न्यौपाने भू.सं.ऐन, ०२१ को दफा २६ बमोजिम जग्गाधनिले पत्याउने नाता भित्रको नभई भतीजा नाताको हुँदा सो दफा २६ को व्यवस्था अनुसार मोही हक प्राप्त हुन नआउने । (प्रकरण नं. ८) (२) जग्गाधनीबाट जग्गा कमाएको कबुलीयत हुनुपर्नेमा सो कबुलीयतको अभावमा मोही कायम नहुनेमा मोही कायम गरी मोही प्रमाणपत्र दिने गरेको विपक्षी भू.प्र.का.को निर्णय...बदर गर्ने ठहराएको डिभिजन बेञ्चको निर्णय मनासिव ठहर्ने । (प्रकरण नं. ८) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधर र विद्वान अधिवक्ता श्री अनुपराज शर्मा उल्लिखित मुद्दा :  आदेश न्या. धनेन्द्रबहादुर सिंह : प्रस्तुत मुद्दा डिभिजन बेञ्चबाट भएको निर्णय दोहर्‍याई पाउँ भनी झंकनाथ न्यौपानेले चढाएको निवेदनपत्रमा यसमा व्यहोरा साँचो भए त्यस अदालतबाट ०३४।९।१८ मा छिनिएको उत्प्रेषण रिट निवेदन मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट दोहर्‍याई हेरी कानूनबमोजिम गरी छिनी दिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भई आएको हुकुम प्रमांगी बमोजिम मुद्दा दोहरी निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. तथ्य र निवेदन जिकिर यस प्रकार छ : धर्मस्थली गा.पं. वडा नं. ७ (क) कित्ता नं. २५ को सीम जग्गाको क्षेत्रफल रोपनी ५–१४–० जग्गाको साविक जग्गाधनी लानीमाया स्थापितले मिति ०३३।६।११ गतेमा हालै देखिको बक्सपत्र पास गरी दिए अनुसार सो जग्गाको जग्गाधनी प्रमाणपूर्जा विपक्षी भू.प्र.काबाट मैले प्राप्त गरी सकेकोले कानून अनुसारको जग्गाको जग्गाधनी म भएको सो जग्गाको जग्गाधनी प्रमाणपूर्जाको मोहीको महलमा हरिकृष्ण न्यौपाने भनी जनिएको निजको मृत्यु भएको र निजको मृत्युपछि मेरो दाता आफैंले सो जग्गा जोती आउनु भएका तैपनि निजको छोरा छन् भनिन्छ तर हालसम्म निजको छोरा र पत्नी नमेटिएको र छोरा र पत्नी समेत कसैले पनि जग्गा कमाउन पाउँ भनी भन्न समेत नआएको हुँदा मैले नै बाली लगाई भोगचलन गरी आएको छु । उक्त जग्गाको यो सालको धान आश्विन ९ गते काटी भित्राएपछि सो धान काटे भनी विपक्षी झंकनाथले प्र.जि.अ.को का.मा निवेदन दिनु भएका सिलसिलामा म निवेदक सो कार्यालयमा हाजिर भई छलफल हुँदा म निवेदकलाई बुझ्दै नबुझी ०३४।६।२ को निर्णयले भनी विपक्षी भू.प्र.ले निज झंकनाथलाई मेरो जग्गाको मोही कायम गरिदिनु भएको कुरा मैले ०३४।६।११ गते थाहा पाएँ र ०३४।६।१२ गते द.नं. १३८ को नक्कल पाउन निवेदन दर्ता गरेको नक्कल दिनु भनी तोक लागेपछि आजसम्म नक्कल पाउन सकिन र यस विषयमा मलाई अनभिज्ञ पारी मेरो कानूनी हकको लागि अदालत गुहार्नलाई समेत अन्यायको स्थिति पारी दिने नियत गरेको । भूमिसम्बन्धी ऐन, २०२१ अनुसार मोही हुनलाई सोही ऐनको दफा ३४(१) अनुसार मोही र जग्गावालाको बीचमा तोकिए बमोजिम लिखत कबुलीयत हुनुपर्ने र दो