निर्णय नं. १४३० - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १४३० - उत्प्रेषण भाग: २३ साल: २०३८ महिना: बैशाख अंक: १ फैसला मिति :२०३८/०१/१९ २५४३ निर्णय नं. १४३० ने.का.प. २०३८ अङ्क १ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह सम्वत् २०३७ साल को रि.फु.नं. ५४ आदेश भएको मिति : २०३८।१।१९।६ मा निवेदक : जिल्ला पर्सा गा.पं.तुल्सी वर्वा वार्ड नं. ४ बस्ने कैलास भारती विरुद्ध प्रत्यर्थी : भू.सु. कार्यालय पर्साको भू.सु.अ. भक्तेन्द्रध्वज सिलवालसमेत विषय : उत्प्रेषण (१) डिभिजन बेञ्चबाट एउटा कानूनी सिद्धान्त प्रतिपादित हुन्छ र सोही कानूनी प्रश्नमा अर्को डिभिजन बेञ्चले अर्को कानूनी सिद्धान्तमा निर्णय गर्छ भने सो अवस्थामा रुलिङ्ग बाझिएको हुन्छ । तर प्रस्तुत मुद्दामा एकासगोलमा रहेका दाजु भाइको बीचमा दाजु जग्गाधनी र भाइ मोही हुन नसक्ने भनी मोहीको नाम कट्टा गर्ने गरेको निर्णय उपर परेको रिट निवेदन डिभिजन बेञ्चले खारेज गरेको छ उक्त रुलिङ्ग बाझियो भनेको मुद्दामा बाबु छोराको बीच अंश छोडपत्र भइसकेको र बेगल परिवार देखिएको भन्दै रिट जारी गर्ने भन्ने निर्णय भएको हुँदा कुनै कानूनी सिद्धान्त प्रतिपादित गरी निर्णय भएको देखिँदैन यस्तो स्थितिमा सो निर्णयसँग प्रस्तुत मुद्दाको रुलिङ्ग बाझिएको छ भन्न नमिल्ने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय र विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली आदेश न्या. बासुदेव शर्मा : निवेदक मनोहर शमशेर ज.ब.रा.विपक्षी भूमि प्रशासक, काठमाडौं समेत भएको उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने मुद्दामा डिभिजन बेञ्चबाट ०३१।९।१९।६ मा भएको निर्णयसँग प्रस्तुत मुद्दाको डिभिजन बेञ्चबाट भएको निर्णयको रुलिङ्ग बाझिएकोले फुल बेञ्चमा पेश गरिपाउँ भन्ने निवेदकको निवेदन परेकोमा रुलिङ्ग बाझिन गएको देखिएबाट फुल बेञ्चमा पेश गर्नु” भन्ने सम्माननीय प्रधान न्यायाधीशज्यूबाट भएको आदेशानुसार निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको छ । २. मुद्दाको तथ्य र निवेदन जिकिर यस प्रकार छ : पर्सा जिल्ला उल्सीवर्वा गा.पं. वडा नं. २ को साविक कि.नं. ८२ को हाल कित्ता नं. १६३,१६४ जग्गा विगाहा ४–०–० को साविक देखि नै म मोही र जग्गाधनी प्रसाद भारती थिएँ । प्रसाद भारतीबाट सुक्री बिक्री गरी व्यास भारती धनी हुन आए व्यास भारतीले बिक्री गरी विपक्षी देवेन्द्रनाथ तिवारीलाई दिए । यसरी तीन जना जग्गाधनीको समय देखि म विधिवत मोही भएको हुँ । भू.सं.ऐन, २०२१ उक्त जिल्लामा लागू भएपछि उक्त ऐन र नियमले निर्दिष्ट गरे बमोजिम मोही भएको प्रमाण भू.सु.कार्यालयमा छ र मोहियानीहकको स्थायी प्रमाणपत्र प्राप्त गरी सकेको छु । यसरी म उक्त जग्गा विगाहा ४ को मोही भएको कुरा निर्विवाद छ । मिति २०३४ साल पौषमा विपक्षी देवेन्द्रनाथ तिवारीले भू.सु.का पर्सामा उक्त ४–०–० विगाहा मध्ये २–०–० विगाहा मेरो नाउँमा मोहियानी कट्टा गरिपाउँ भनी निवेदन दिएकोमा कारवाई हुँदा सगोलका दाजुभाइ भई हकवालाको हैसियतले तमसुकमा सही गरेकोले भू.सं.ऐन, २०२१ को परिच्छेद १ को दफा २(क) को देहाय ३ मा जग्गावालाको हकवाला वा अंशियारको नाताले वा त्यस्तो जग्गावालाले कानूनबमोजिम हकछोडी दिएको सो जग्गा आफ्नो नाउँमा दर्ता गराउने हक पुगेको व्यक्ति भन्ने ऐनमा व्यवस्था भएकोले जग्गावाला भएका हैसियतले मोहीले कमाएको देखिएकोले उक्त ऐनको दफा १ र २ म