निर्णय नं. १४३१ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १४३१ - ज्यान भाग: २३ साल: २०३८ महिना: बैशाख अंक: १ फैसला मिति :२०३८/०१/१५ २५२३ निर्णय नं. १४३१ ने.का.प. २०३८ अङ्क १ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३६ सालको फौ.पु.नं. १५७ फैसला भएको मिति : २०३८।१।१५।२ मा पुनरावेदक : वाग्लुङ जिल्ला निसी गा.पं.वार्ड नं. ७ गलकोट झिम्मा घर भई हाल पाल्पा केन्द्रीय कारागारमा थुनामा बस्ने लालमणी रामजाली मगर । विरुद्ध विपक्षी : पञ्च सदस्य विभिषण केसीको जाहेरीले श्री ५ को सरकार मुद्दा : ज्यान (१) मानसिक सन्तुलनमा बिकार पैदा भई मारेकोभन्ने प्रमाण प्रतिवादीले पुर्‍याउनसकेको देखिँदैन । यस स्थितिमा सर्वश्व सहित जन्मकैद गर्ने गरेको इन्साफ मनासिव हुने । (प्रकरण नं. १३) पुनरावेदक तर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री लक्ष्मी कृष्ण फैसला प्र.न्या. नयनबहादुर खत्री : पाल्पा जिल्ला अदालतले सर्वस्वसहित जन्मकैद गर्ने गरेको इन्साफ पश्चिमाञ्चल क्षेत्रीय अदालतले सदर गरे उपर प्रतिवादीको पुनरावेदन पर्न आएको रहेछ । २. मुझु गा.पं. वडा नं. ३ चिडियार भन्ने ठाउँमा ०३३।१०।२६ गते पाल्पा पालुङ गा.पं.अन्तर्गत रितु घर भई हाल पाल्पा मुझु गा.पं.वार्ड नं. ५ मैनादी तल्लाबारी माइतघर बसेकी रुकबहादुर कुँवर की छोरी जन्नकुमारीलाई नाम, थर बतन, थाहा नभएको मानिसले टाउको पट्टि प्राहर गरी हानी मारेको र हत्याराको पनि रुद्रघण्टी माथि घाँटीमा सेरीए जस्तो काटिएको घाउ भएको र श्वास फेर्न सक्ने देखिएकोले नियमबमोजिम कारवाई गरिपाउँ भन्ने प.स.विभिषणकुमार के.सी.को ०३३।१०।२६।३ को जाहेरी दर्खास्त । ३. दाहिने कन्पारोमा आ“खा देखि कपालको आधा भागसम्म काटिएको ७ इञ्च लामो घाउ १, ५ इञ्च लामो घाउ १, चौडाई १ इन्चको घाउ देखिएको भन्ने लास प्रकृति मुचुल्का । ४. अन्दाजी २० गज फकर पूर्वतर्फ खोलामा घाँटिमा घाउ र मुखमा रगत लागेको नचिनिने ...लोग्ने मानिस लडिराखेकोले निजैले जन्नकुमारीलाई खुकुरीले हानी गहना चोर्ने नियतले मारी डरका मारे आफ्नो घाँटी आफैंले सेरेको हो भन्ने गजाधर न्यौपाने अपरिचित मानिसले गहनाको लोभले जन्नकुमारीलाई खुकुरीले काटी मारेको होला भन्ने समेत व्यहोराको अन्य सर्जमिनका मानिसले बकेको सर्जमिन मुचुल्का । ५. ०३३।१०।२६ गते बिहान उज्यालो नहुँदै तानसेन जान हिंडे । अर्गलीमा आएपछि उज्यालो राम्रो भएको थिएन चोर चोर भनी कराई मलाई लखेट्न लागेको जस्तो देखेँ । भाग्दै जंगलमा पुगेपछि खोल्सा परेको ठाउँमा एउटा स्वास्नी मानिस भेटे र अर्घाखा“ची जानेबाटो कता हो भनेर सोध्दा थाहाछैन भनिन । जंगलमा आयो आयो भनेर मानिस करायो जस्तो लाग्यो । त्यो कहाँ जानेबाटो हो त भन्दा चोरबाटो हो भनिन । सबै यस्तै रहेछन् भनेर मलाई मान्छे मार्न र आफू पनि मर्न मन लाग्यो भिरेको खुकुरी थुतेर २।३ पटक त्यो आइमाइलाई हिर्काए, आइमाई ढलिन् । मैले आफ्नो घाँटिमा २ पटक रेटे र त्यहींहरू स्वास्नी मानिस नजिक पल्टेर २ पटक गर्दनमा पनि खुकुरीले हाने प्राण गएन, छटपटिदै खोलामा गएर हाम्फाले । मर्ने मानिससँग मेरो कुनै रिसइवी छैन भन्ने समेत लालमणी रामजाली मगरले प्रहरीमा गरेको कागज । ६. जन्नकुमारी क्षेत्रीनीलाई ०३३।१०।२६ गते खुकुरीले काटी मारेको र आफ्नो घाँटिमा आफैंले काटी घाइते भएको प्रमाणित हुन आएको निजलाई ज्यान सम्बन्धी महलको १३(१)नं. अनुसार सर्वश्व सहित जन्मकैद गरिपाउँ भन्ने समेत प्रहरी प्रतिवेदन । ७. ०३३।१०।२६ गते बिहान रिडिबाट तानसेनतर्फ आउन लाग्दा चोर चोर