निर्णय नं. १४३६ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १४३६ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ भाग: २३ साल: २०३८ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०३८/०२/१६ २४७१ निर्णय नं. १४३६ ने.का.प. २०३८ अङ्क २ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३६ सालको रि.फु.नं. ४६ आदेश भएको मिति : २०३८।२।१६।६ मा निवेदक : विराटनगर न.पं.का कर ठेकदार ऐ.वडा नं. ७ बस्ने गणेशप्रसाद भट्टराई विरुद्ध विपक्षी : चन्द्रशिव राईस मिल्सका संचालक गायत्रीप्रसाद रिजाल \ विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ (१) नगरपञ्चायतलाई आफ्नो क्षेत्रभित्र कर लगाउन पाउँने अधिकार प्रदान गरेको छ“दा पनि न.पं.कार्यव्यवस्था नियमावली, २०२० नियम ८ ले नियम ७ को नगरपञ्चायतको अधिकारलाई पूर्णरूपमा नियन्त्रण गरी दैनिक उपभोगका अत्यावश्यक पदार्थहरूमा कर दस्तुर फी लगाउन नपाउने व्यवस्था गरेको प्रष्ट रूपमा देखिन आएकोले विपक्षीको मिलबाट उत्पादन हुने दैनिक उपभागेका पदार्थ तेल र चामलमा निवेदकले करको ठेक्का लगाउने र असूल उपर गर्ने समेत गरेको कानून विपरीत देखिने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री गणेशराज शर्मा उल्लिखित मुद्दा : निवेदक शेष सलिम मिया“ विरुद्ध बारा जिल्ला पञ्चायत कलैया समेत भएको रि.फु.नं. ३१ उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने मुद्दामा मिति ०२९।१।१६ मा फुल बेञ्चबाट प्रतिपादित सिद्धान्त । आदेश न्या. बासुदेव शर्मा : सर्वोच्च अदालत डि.बे.ले ०३५।५।१५ गते गरेको आदेश मिल्दो नभएकोले स.अदालत फुल बेञ्चबाट दोहोर्याई हेरी दिनु भन्ने हुकुम प्रमांगी बक्स पाउँ भन्ने व्यहोराको निवेदकले श्री ५ महाराजाधिराज सरकारमा चढाएको बिन्तिपत्रमा यो बिन्तिपत्र जाहेर हुँदा यसमा व्यहोरा साँचो भए ०३५।५।१५ मा त्यस अदालतबाट छिनिएको रिट निवेदन मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट दोहोर्याई कानूनबमोजिम गरी छिनी दिनु निवेदकलाई जनाउँ दिनु भनी त्यहाँ लेखी पठाई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भन्ने विशेष जाहेरी विभागबाट बक्स भएको हु.प्र.सहितको निवेदन दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ : चन्द्रशिव राइस मिल्स बाट उत्पादित हुने चामल तेलमा मिति ०३४।६।२९ को राजपत्र प्रकाशित भइसकेपछि पनि ठे.गणेशप्रसादले नगरपञ्चायतको कर बाँकीको ०३४ साल माघ देखि एक वर्षको लागि मैले ठेक्का लिएको भनी कर उठाई रहनुभएका र विराटनगर नगरपञ्चायतले पनि सफाई एवं बिजुली सुविधा कर असूल गरी रहेको र सो सम्बन्धमा मिति ०३४।८।२२ मा नगरपञ्चायतका प्रधान पञ्चलाई मसमेत सदस्य भएको मोरङ व्यापार संघले नगरपञ्चायत कार्य व्यवस्था नियमावलीको संशोधित नियम ८(ग) समेत देखाई आपत्ति गर्दा पनि कर लिने गरेको छ मेरो मिलबाट उत्पादित हुने तेल र चामल दैनिक उपभोगको पदार्थ भएकोले त्यसमाथि नगरपञ्चायतले कुनै प्रकारको कर उठान सक्तैन । २. नेपालको संविधानको धारा ५८(१) ले कानूनबमोजिम बाहेक कुनै कर लगाउने र उठाउने छैन ‘भनेको यसै प्रकारको व्यवहार नियन्त्रण गर्न भनी नगरपञ्चायत (कार्यव्यवस्था) नियमावलीको नियम ८(ग) को व्यवस्था भइरहेकोमा कानून विपरीत तबरले ठेक्का प्रदान गरी कर उठाउने काम भइरहेको छ’ भन्ने समेत गायत्रीप्रसाद रिजालको रिट निवेदन जिकिर । ३. डि.बे.को ०३४।११।२५ को आदेशानुसार प्राप्तभएको विपक्षीहर