निर्णय नं. १४३७ - : फैसला बदर हक कायम गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १४३७ - : फैसला बदर हक कायम गरिपाउँ भाग: २३ साल: २०३८ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०३७/१२/०३ २४२१ निर्णय नं. १४३७ ने.का.प. २०३८ अङ्क २ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३७ सालको देवानी पुनरावेदन नम्बर २१८ फैसला भएको मिति : २०३७।१२।३।२ मा पुनरावेदक : सिन्धुली जिल्ला कपिलाकोट गा.पं. वडा नं. ६ बस्ने लालबहादुर थापा विरुद्ध विपक्षी : का.जि.सुतुङगल गा.पं. वडा नं. ४ घर भई हाल सर्लाही जिल्ला नेत्रगञ्ज गा.पं. वडा नं. ५ बस्ने जोगिचा महर्जन मुद्दा : फैसला बदर हक कायम गरिपाउँ (१) राजीनामा पास गराई पाउँ भनी फिराद दर्ता गरी अदालतको विचाराधीनमा रही सकेको कुरालाई प्रतिकूल असर पार्ने गरी पास गराइपाउँ भनेकै जग्गा राजीनामा पास गराई लिएको देखियो । यस्तो अदालतको विचाराधीनमा रहेको विषयमा प्रतिकूल असर पर्ने गरी गरेको कारोवारलाई मान्यता दिन मिल्ने । (प्रकरण नं. १०) पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विपक्षतर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास उल्लिखित मुद्दा :  फैसला प्र.न्या. नयनबहादुर खत्री : म.क्षे.अ.को ०३६।३।१०।१ को निर्णय उपर पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने वादीको निवेदनमा ०३६।११।१०।६ का डिभिजन बेञ्चका आदेशानुसार अनुमति प्राप्त भई यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ : जि.स. अवदी गा.पं.वार्ड नं. ९ ।झा। कि.नं. ४ को ४–६–५ मध्ये पूर्व तर्फबाट ३–१–५ राजीनामा लिखत गरी दिएको म्यादभित्र पास गरी नदिएको देखाई आपसी मिलेमतोबाट मलाई लिखत गरी दिएका जग्गा र विपक्ष जोगिचाबाट लिखत गरी दिएको जग्गा एउटै हो भन्ने बयान गरी साक्षीहरू समेत सोही अनुकूल बोलपत्र गरेको भई मलाई लिखत गरेका जग्गा पास हुने ठहरी सर्लाही जिल्ला अदालतबाट ०३२।९।८।३ मा फैसला भएको र विपक्ष कृष्णकुमारीले विपक्ष जोगिचालाई लिखत गरी दिएको लिखत गरी मेरा नाउँमा दर्ता समेत भई भोगी आएको जग्गा विपक्षीहरू हारजीत गर्दैमा मेरो हक जान नसक्ने हुँदा उक्त फैसला वातिल बदर भई सो जग्गामा मेरो मात्र हक कायम गरिपाउँ भन्नेसमेत वादीको फिराद । ३. कृष्णकुमारीले मलाई गरेका लिखत पास गरी नदिएकोमा लिखत पास मुद्दा दायर गरेको त्यसमा मेरो लिखतबाट जालसाज भनी बयान गरी दिएबाट जालसाज समेत कारवाही चलेकोमा मेरो मुद्दा परी कारवाही चल्दा चल्दै अवस्था मेरो लिखत भन्दा ०–३–० जग्गा बढाई ३–४–५ लिखत वादीहरूले पेश गराएका हुँदा कानूनले मान्यता हुन नसक्ने नपाउने र मेरो लिखत पास हुने ठहरी फैसला भएका हुँदा सो फैसला कायम गरिपाउँ भन्नेसमेत प्रतिवादी जोगिचाको प्रतिउत्तर । ४. मेरो साविक जबडी गा.पं. वडा नं. ९ ।झ। कित्ता नं. ४ को ४–६–५ मध्ये जग्गा विगाहा १–६–५ रामसुन्दर खा“लाई अघि नै बिक्री गरी दिइसकेकोमा गुरु प्रो.नरेन्द्रराजले निखनी लिई ०३१।२।१० गते कित्ताकाट हुँदा कि.नं. ४ खारेज गरी कि.नं. ११९ गुरु प्रो.नरेन्द्रराजका नाउँमा र बाँकी ट्रायलचेकबाट बढी भएको जग्गासमेत गरी ३–४–५ कि.नं. १२० नं. मेरो कायम भई विपक्ष वादीलाई राजीनामा गरी दिई पास समेत गरी दिएको हुँ । जोगिचा महर्जनले वादी भई चलाएको दे.नं. १३२९ को लिखत पास मुद्दामा दावी भएको कि.नं. ४ को ४–६–५ जग्गा मध्ये पूर्व तर्फबाट ३–१–५ को लिखत मिति ०३२।५।४ मा नै प्रष्ट भएको हुँदा मैले निजसँग रुपैयाँ लिएको र लिखत गरेको समेत नहुँदा जालसाजीतर्फ बयान दिई कारवाही चलेको उक्त मुद्दा