निर्णय नं. १४३८ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १४३८ - अंश भाग: २३ साल: २०३८ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०३७/११/२७ २८६७ निर्णय नं. १४३८ ने.का.प. २०३८ अङ्क २ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३५ सालको देवानी विविध नम्बर ४३ फैसला भएको मिति : २०३७।११।२७।३ मा निवेदक : जिल्ला वारा भरवालीया गा.पं. वडा नं. ३ बस्ने केदार सा कानु विरुद्ध विपक्षी : ऐ.ऐ. बस्ने रामानन्द सा कानु मुद्दा : अंश (१) वादी प्रतिवादीका बीचमा आफ्ना–आफ्ना नाउँमा जग्गा दर्ता रहे भएको र वादीले नै प्रतिवादी मध्येका...लाई भिन्न भएको भाइ भनी वारेसनामा दिएको समेतबाट वादी प्रतिवादीहरू आपसमा बण्डा गरी अलग–अलग बसेका रहेछन भन्ने कुरा प्रष्ट देखिन्छ । यस्तो अवस्थामा अंशबण्डा भएको छैन भनी वादीको दावी पुग्न सक्ने नदेखिने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री गणेशराज शर्मा विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल फैसला प्र.न्या. नयनबहादुर खत्री : म.क्षे.अ.को इन्साफ जाँच गरिपाउँ भनी निवेदकले चढाएको बिन्ति पत्रमा इन्साफ जाँची कानूनबमोजिम गरी छिनी दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसुफका विशेष जाहेरी विभागबाट ०३५।२।२५।४ मा लेखी आई यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ : रामवृच्छको जेठा छोरा म माहिला केदार कान्छा किसनुदेव समेत ३ छोरा पिता मातासमेत ५ अंशियार सँगोल मै छौं । ०३१।१।१ गते देखि अन्न लुगा समेत लगानी गर्ने भाइ केदारले नदिएकाले ५ भागको १ भाग अंश दिलाई पाउँ भन्ने समेत वादी । ३. वादी दावी बमोजिम हामी अंशियार अंश नभई जेठा छोरा रामानन्द दोकान बीरगन्जमा र खेति लगानी केदारले गरी आएकाले ०३१ साल बैसाख देखि वादीलाई खान लाउन नदिएबाट नालेस गरेकोले ५ भागको १ भाग वादीलाई अंश गरीदिन हामी मञ्जूर छौ भन्ने समेत वदीयादेवि र रामवृक्षको प्रतिवादी । ४. वादी र बाबु समेतले मलाई १३ साल देखि भिन्न गरी दिएको र मेरो सम्पत्तिमा दाजु बाबु मिली झुठ्ठा जालसाज फिराद गरेको हो । वादीको बाली मुद्दामा २०२५ साल श्रावणमा भिन्न देखाई गरेको वारेसनामा छिनुवा मिलिसमा छ । बण्डापत्र पास नभए पनि आफ्नो–आफ्नो अंशको जग्गा दर्ता खरीद बिक्री समेत गरी आएकोमा बण्डा पास गराई रहनु पर्दैन भन्ने सिद्धान्त समेत भइसकेकोले अंश दिनु पर्ने होइन भन्ने समेत प्रतिवादी केदारको प्रतिउत्तरपत्र । ५. दाजु केदार ०१३ साल वैसाखमा भिन्न भएको र मलाई पनि २०२१ साल कार्तिक देखि चुलो मानो अलग गरी मेरो अंशमा जग्गा विगाहा ६–६–१५ अंश बापत दिई बण्डा पारित गरी नदिए पनि २०२१ सालमा ७ नं. फाराम भरी नापि हुँदा आफ्नो नाउँमा दर्ता गराई लिएको सँगोल भन्ने झुठ्ठा हो । मैले फाँटवारी र अंश दिन पर्दैन भन्ने समेत किसुनदेवको प्रतिवादी । ६. अंश गरिदिने बाबुरामवृच्छा साकानुले मञ्जूर गरी प्रतिवादी दिएको मानुछुट्टिएको मिति वादी प्रतिवादी हरूमा मुख नमिलेको हुँदा फिराद दायर रहेको अघिल्ला दिन ०३१।१०।२१ गते सम्मको जम्मा मोल बिगो रू.१४११९९। जेथा धनमाल र केदार साले दाखिल गरेको ऋण रू.३८९०। र रामानन्दले गरेको ऋण रू.८३८। सो ऋण धन सबै मध्ये ५ भागको १ भाग ऋण वादीले तिर्नुपर्ने र ५ खण्डको १ खण्ड मोल बिगो रू.२८२३९। ८० चल अचल श्रीसम्पत्तिबाट ५ भागको १ भाग वादीले प्रतिवादीबाट अंशपाउने ठहर्छ भन्नेसमेत वा.जि.अ.को २०३२।७।१४।६ को फैसला उक्त इन्साफमा चित्त बुझेन भन्ने केदार साको पुनरावेदन