निर्णय नं. १४३९ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १४३९ - ज्यान भाग: २३ साल: २०३८ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०३८/०२/०४ २४९२ निर्णय नं. १४३९ ने.का.प. २०३८ अङ्क २ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३७ सालका फौ.पु.नं. २१७ फैसाल भएको मिति : २०३८।२।४।१ पुनरावेदीका : सिंपा जि.चौतारा आ.गा.पं.वार्ड नं. ५ घर भई हाल केन्द्रीय कारागार काठमाडौंमा थुनामा रहेको डुकुकुमारी श्रेष्ठ विरुद्ध विपक्षी : जगतबहादुरको जाहेरीले श्री ५ को सरकार मुद्दा : ज्यान (१) जन्मेको शिशुलाई मार्नु पर्ने पूर्व योजना र मनसाय मिसिल प्रमाणबाट केही नदेखिई अनुचित सम्बन्ध भई रहन गएको गर्भबाट पैदा भएको शिशुलाई केवल सामाजिक लोकलज्जाबाट बँच्न गरेको हो कि भन्ने शंका देखिएकोले निज प्रतिवादीलाई सर्वस्वसहित जन्मकैद गर्दा चर्को हुने हुँदा अ.बं १८८ नं. अनुसार ५ पाँच कैद कायम हुने । (प्रकरण नं. १८) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल फैसला प्र.न्या. नयनबहादुर खत्री : मध्यमाञ्चल क्षेत्रीय अदालतबाट सिन्धुपाल्चोक जिल्ला अदालतले प्रतिवादीलाई ज्यान सम्बन्धीको दफा १३ को देहाय ३ बमोजिम सजाय गर्ने गरेको इन्साफ मनासिव गरे उपर पुनरावेदन परी यस बेञ्च समक्ष पेश हुन आएको छ । २. ०३४।२।११ गते बिहान चौतारा बजारतर्फ आउँदा दिलबहादुरको घर पछाडि दक्षिणतर्फ बाटाको नजिक माथिको खोरमा नाल बेडाएको हाल साल २।३ दिन अघि जन्मे जस्तो पुरा मास पुगे जस्तो स्त्री बच्चोको लाश उत्तानो परी लडी रहेको देखेकोले कर्तव्य गरी मारेको शंका लाग्छ लाश जाँच गरी अपराधी पत्ता लगाई कानूनबमोजिम कारवाही गरिपाउँ भन्ने समेत जगतबहादुर श्रेष्ठको जाहेरी दर्खास्त । ३. ०३४।२।११।३ को लाश प्रकृति मुचुल्का मेरो घरमा ५० वर्षकी आमा र ०३४ साल वैशाख ९ गते विवाह गरी ल्याएको मेरो श्रीमती डुकुमाया छन् । निज श्रीमतिले बैशाख ७ गते रजस्वलाबाट चोखिएको भन्ने कुरा गरेकोले बच्चा जन्माउने अवस्था छैन । बच्चा कसले ल्याई फाले थाहा छैन भन्ने समेत दिलबहादुरले प्रहरीमा गरेको कागज । ४. पौष ८।९ गते फुपाजुसँग करणी लिनुदिनु भई निजको विर्यबाट गर्भ रहन गई मरेको बच्चो ०३४।२।७ मा पैदा भएको हो, गर्भ रहेको कुरा कसलाई थाहा थिएन । बच्चो जन्मेको केही बेरमा साल पनि झरेकोले बंगुरको खोरकाभित्र कुना पूर्व र उत्तरको कोण बीच तिर रहेको ढुंगाको आडमा खोर्सि सानो सानो ढुंगाले छोपी राखेको थिए । वंगुरले उदिनी बाहिर निक्लेको होला भन्ने समेत डुकुकुमारीले प्रहरीमा गरेको कागज । ५. बुहारीले गर्भ बोकेको कुरा मलाई थाहा नभएको र निजले पनि कुरा गरेकी थिइन । निजले के कस्तो किसिमबाट जिउँदो पैदा गरेको हो वा मरेको पैदा गरेको हो थाहा छैन भन्ने समेत कृष्णकुमारी श्रेष्ठले प्रहरीमा गरेको कागज । ६. डुकुकुमारी कै बयान कागज अनुसार मरेको बच्ची जन्माई छिपाई गाडी राखेको होला भन्ने शंका लाग्छ । लोग्ने र सासू उपर शंका लाग्दैन भन्ने समेत सर्जमिन मुचुल्का । ७. आठ महीनाको जस्तो जीवित स्त्री शिशु जन्मेको र मृत्युको कारण घाँटीमा थिचेकोले मृत्यु भएको देखिन्छ भन्ने लाश जाँच रिर्पोट । ८. डुकुकुमारीले ज्यान सम्बन्धी महलको १८ नं. को अपराध गरेको देखिँदा ज्यान सम्बन्धी महलको १३ नं. को देहाय ३ बमोजिम सजाय हुन र दिलबहादुर श्रेष्ठ र कृष्णकुमारी श्रेष्ठ प्रति अभियोग लगाउन कुनै सबूत प्रमाण गुज्रन नआएकोले निजहरूको हकमा केश नचलाउने भन्ने समेत प्रहरी प्रतिवेदन । ९. ०३३ साल पौष ८।९ गतेका