निर्णय नं. १४४० - ज्यान कर्तव्य

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १४४० - ज्यान कर्तव्य भाग: २३ साल: २०३८ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०३८/०१/०२ २४४१ निर्णय नं. १४४० ने.का.प. २०३८ अङ्क २ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३६ सालको फौ.पु.नं. १९१ फैसला भएको मिति : २०३८।१।२।३ मा पुनरावेदक : रोल्पा २२ खुवा थवाङ गा.पं.वार्ड नं. ३ घर भई हाल केन्द्रीय कारागार पाल्पामा थुनामा बस्ने लालबहादुर कामी विरुद्ध विपक्षी : टंके कामीको जाहेरीले श्री ५ सरकार मुद्दा : ज्यान कर्तव्य (१) विष खुवाई मार्नु पर्ने सम्मको कुनै इवी अदावत भएको भन्ने समेत नदेखिएको यस स्थितिमा पुनरावेदकलाई सर्वस्वसहित जन्मकैद गर्दा सजाय चर्को पर्न जाने देखिएकोले अ.बं.१८८ नं. बमोजिम सजाय घटाई वर्ष ८ आठ मात्र कैद हुने । (प्रकरण नं. १९) फैसला न्या. बब्बरप्रसाद सिंह : प्रस्तुत मुद्दा सु.प.क्षे.अ.को निर्णय उपर प्र.लालबहादुरको पुनरावेदन परी निर्णायार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको विवरण यस प्रकार छ : लालबहादुर कामीले सिँगविर कामीको स्वास्नी मरेको क्रिया सुद्धको काममा ०३३।२।१ गते निज सिँगविरको घरमा लालबहादुर, विरमन खम्म कामी छिमेकी समेत भेला भई सुद्ध्याइएको काममा निजको घरमा काटी पकाएको रांगाको मासु बाँड्ने खुवाउने गरी रहेको निज लालबहादुरले वीरमान खंब कामीको भागमा विष हाली खुवाए छ र मासु खाना साथ टिम्मुर खाए जस्तै परपरायो भनी रनेउँदै आ–आफ्ना घरमा गएका वीरमानले ३ पटक वान्ता गरी बेहोस भई सो १ गतेको राती मरेको र खम्बेले पनि वान्ता गर्दै कहिले बेहोस हुने कहिले होसमा आउने निजले वीरमान खम्बलाई हात हातमा मासु दिँदा अरूलाई दाहिने हातले दिएको र वीरमान खंबलाई पहिले आफ्नो जुहारी कोटको जेबमा बायाँ हात हाली सोही हातले मासु दिएको कुरा गरेको वीरमान खम्बलाई लालबहादुरले मासुमा विष हाली खुवाई सो असरले वीरमान मरेको हुन भन्ने समेतको टंके कामीको जाहेरी दर्खास्त । सिँगविरको घरमा बरखी भोज हुँदा म पनि गएको र मैले ढिडो बाढेको हुँ मासु खाएपछि कसले विष हाल्यो यो लालबहादुर उपर टंके उपर शंका लाग्दैन खम्ब कामी विष खाई वान्तागरी बाँची लालबहादुरले हालेको भनाई हुँदा हाल्यो कि अरू कसैले हाले मलाई थाहा छैन भन्ने समेत सम्पत्ति कामीको डोर मुकाममा भएको ठाडो कागज । ३. सिँगविरको घरमा भोज थियो म पनि गएकी हुँ मासुको झोल बाँडेको हुँ लालबहादुरले मासु बाँडेको हो सबै बीच खाई सकेपछि मुख र जिब्रो झम झमायो भनी वीरमानले भनेको हुन विष मैले खुवाएको होइन लालबहादुरले नै विष हाली मैले वान्ता गरेको हुँ म भनी भनेकोले निज उपर शंका लाग्छ भन्ने समेत टंके कामीले डोर मुकाममा गरेको ठाडो कागज । ४. ०३३।२।१ गतेको राती सिँगविरको घरमा सुद्ध्याँइको रांगाकाटी भोज खाने हुँदा सबै छिमेकी गाउँलेहरू र म समेत मासु र ढिडो खान लाग्दा मासु बाँढ्ने लालबहादुर थियो निजले लगाएको जुवारी कोटको भित्री बायाँ जेवबाट हातले झिक्यो मलाई शंका लाग्यो वीरमानलाई र मलाई आ“खा घुमाउन लाग्यो घाँटी सुक्न लाग्यो र घरमा आइ पुगे र विष मार्ने जडिबुटि खुवाई निको भयो निज विष हाल्ने लालबहादुर नै हो अरू माथि शंका लाग्दैन भन्ने समेत खम्ब कामीको डोरमा गरेको बयान । ५. सिँगविरको घरमा स्वास्नीको बरखी हुँदा रांगा काटीमासु मैले नै बाँडे्को हुँ वीरमान र खम्बे कामीलाई विष हालेको होइन के कालगतीले मर्‍यो म भन्न सक्तिन भन्ने समेत लालबहादुर कामीको डोरमा भएको बयान । ६. लालबहादुर कामीले ज्या