निर्णय नं. ९०७५ - जबर्जस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९०७५ - जबर्जस्ती करणी भाग: ५५ साल: २०७० महिना: फागुन अंक: ११ फैसला मिति :२०७०/०३/०९ १०३४३ नेकाप २०७० अङ्क ११ नि.नं.९०७५ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय का.मु.प्र.न्या.श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री तर्कराज भट्ट फैसला मिति : २०७०।३।९।१ ०६९-CR-००१७ मुद्दा : जबर्जस्ती करणी । पुनरावेदक/वादी : जिल्ला झापा, दमक न.पा. वडा नं. ५ स्थित भुटानी शरणार्थी शिविर बेलडाँगी बस्ने नरबहादुर दर्जीको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी/प्रतिवादी : जिल्ला झापा, दमक न.पा. वडा नं. ५ स्थित भुटानी शरणार्थी शिविरमा बस्ने विकास भन्ने लोकबहादुर विश्वा § उमेरको सम्बन्धमा सम्बन्धित विषेशज्ञले दिएको प्रतिवेदन र सोही व्यहोरा मिलानको बकपत्रसमेत भएबाट विषेशज्ञको राय प्रमाणमा लिन मिल्ने नै हुँदा र त्यस्तो राय अन्यथा प्रमाणित नभएसम्म ग्राह्य हुने । (प्रकरण नं.६) § महिला र पुरूष दुबैको उमेर पुगेको छ र जबर्जस्ती करणीको १ नं. विपरीतको कार्य नगरी दुबैको मञ्जूरीबाट कुनै महिला र पुरूषबीच आपसी सहमतिमा करणी लिनुदिनु गरेको कार्यलाई Unlawful Act मानेको छैन । यसरी कानूनले नै Unlawful Act भनी परिभाषित नगरेको अवस्थामा उमेर पुगेका महिला र पुरूषबीच आपसी सहमतिमा स्थापित गरिएको सम्बन्धलाई कानूनविपरीतको कार्य मानी सजाय गर्न कानूनले नै बन्देज लगाउने । (प्रकरण नं.८) § उमेर पुगेका दुई महिला र दुई पुरूष एउटै कोठामा रात व्यतीत गर्नु, जबर्जस्ती करणीका विषयमा अर्को पक्षले अनभिज्ञता प्रकट गर्नु र जसलाई पीडित र आरोपित मानिएको छ ती दुबैले आफूले सहमतिमा करणी गरेको तथ्यलाई स्वीकार्नु जस्ता प्रमाण तथा तथ्यबाट जबर्जस्ती करणी भएको तथ्य स्थापित हुन नआउने । (प्रकरण नं.११) शुरू तहमा फैसला गर्ने : मा.न्या.शम्भुराम कार्की पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या.हरिप्रसाद घिमिरे मा.न्या.उदयप्रकाश चापागाईं पुनरावेदक/वादीका तर्फबाट : विद्वान उपन्यायाधिवक्ता पुष्करराज सापकोटा प्रत्यर्थी/प्रतिवादीका तर्फबाट : अवलम्बित नजीर : सम्बद्ध कानून : § प्रमाण ऐन, २०३१ को दफा २५ § मुलुकी ऐन, जबर्जस्ती करणीका महलको १ नं. फैसला स.का.मु.प्र.न्या.दामोदरप्रसाद शर्मा : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार रहेको छ :– जिल्ला झापा, दमक न.पा. वडा नं. ३ स्थित भुटानी शरणार्थी शिविर बेलडाँगी १ सेक्टर ब ३, हट नं. ४४१ स्थित टेकबहादुर विश्वाको घरमा विकास भन्ने लोकबहादुर विश्वाले पीडित ग २४ लाई जबर्जस्ती करणी गरेको भन्ने घटनास्थल मुचुल्का । मिति २०६७।२।२३ गते मेरो साथी संगिता विश्वासँग दमक फिल्म हेर्न आई नीलकण्ठ हलमा फिल्म हेरी बेलडाँगी १ मा पुगेपछि विकास विश्वाले रात पर्‍यो जङ्गलको बाटो छ डर हुन्छ, मेरो सोल्टीको घरमा गई बसौं भनेको हुँदा हामी ४ जना विकास विश्वाको सोल्टीको घरमा गई बस्यौं । राति म र मेरो साथी संगिता एउटा खाटमा र विकास र भक्तबहादुर अर्को खाटमा एउटै कोठामा सुतेकोमा राति मलाई विकास विश्वाले मैले नमान्दासमेत कराइस् भने तेरो बेइज्जत हुन्छ भनी २ पटकसम्म जबर्जस्ती करणी गरेका हुन् । मेरो इच्छाविपरीत जबर्जस्ती करणी गरेकाले आवश्यक कारवाही गरिपाऊँ भन्नेसमेत व्यहोराको पीडित ग २४ को घटना विवरण कागज । मिति २०६७।२।२३ गते मेरो साथी संगिता विश्वासँग दमक फिल्म हेर्न आई नीलकण्ठ फिल्म हल बेलडाँगी १ मा पुगेपछि व