निर्णय नं. १४४१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १४४१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २३ साल: २०३८ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०३७/१२/१२ २४५६ निर्णय नं. १४४१ ने.का.प. २०३८ अङ्क २ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री धरेन्द्रबहादुर सिंह सम्वत् २०३७ सालको रिट नं. १२९७ आदेश भएको मिति : २०३७।१२।१२।४ मा निवेदक : बाजुरा जिल्ला कुन्ना कोल्टी गा.पं. वडा नं. ३ कोल्टी गाउँ बस्ने भक्त जैसी विरुद्ध विपक्षी : प्रमुख जिल्ला अधिकारी कर्णबहादुर चन्द जिल्ला कार्यालय बाजुरा जिल्ला कुन्ना कोल्टी गा.पं. वडा नं. ३ कोल्टी गाउँ बस्ने प्रदिप गिरी विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ को उपदफा (२) अन्तर्गतको मोही कायम गर्न उक्त ऐनको दफा ३४ को उपदफा २ अन्तर्गत कबुलीयत हुनुपर्ने त्यसको पनि अभाव देखिएकाले मोही कायम गर्ने गरेको प्रमुख जिल्ला अधिकारीको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ७) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेती विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे र विद्वान अधिवक्ता श्री कृष्णकुमार बर्मा उल्लिखित मुद्दा : आदेश प्र.न्या. नयनबहादुर खत्री : विपक्षी प्रमुख जिल्ला अधिकारीको ०३५।१०।३।५ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गराई पाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत प्रस्तुत रिट निवेदन पर्न आएको छ । २. तथ्य यसप्रकार छ : कुन्ना कोल्टी कार्की पट्टी मौजाभित्र मोही जयालाल जैसीको दर्ताको कि.नं. ८८ को माहीखान २ ठाउँको विज पाथी ४।४ जाने तिरो रू.।७८।१ लागेको जग्गा परमलालले दशैंको जुमारो भुवाको टिका पिठाया समेत तिरो तिरी खाने सर्तमा २०१५ सालदेखि चलन भोग गरेमा मोही हक वञ्चित गर्न खोजेकोले मोही वेदखल गरे बापत कारवाही गरिपाउँ भन्ने समेत जयानन्द गिरीको निवेदन, कि.नं. ८८ को जग्गा जयलालका नाउँमा दर्ता भई हाल मेरा दाइ भक्त जैशीका नाउँमा ०३४।१०।२० मा दा.खा.भइसकेको र कित्ता मध्ये १ खलाको आधारमा भाग परमलाल समेतको र आधा हाम्रो ११ परिवारको अंश लाग्ने १५–०१६ सालमा बन्धकी दिएको ०१७ सालमा बाबु दातारामले रकम बुझाई हाम्रो भोगचलनमा छ भन्ने समेत निवेदक समेतको प्रतिवाद भएको प्रस्तुत मुद्दामा दर्ताको आधारमा जग्गाधनी जो सुकै भए पनि जयानन्द गिरीले कमाई आएको देखिएबाट भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५ को उपदफा २ बमोजिम जयानन्द गिरीको नाउँमा कि.नं. ८८ को माटिखान २ ठाउँ मध्येको वारीकाट भन्ने जग्गामा मोहियानी कायम गरी दिने र निवेदक समेतलाई रू.२५।– का दरले जरिवाना गर्दै गरी विपक्षी प्रमुख जिल्ला अधिकारीबाट ०३५।१०।३।४ निर्णय गरेको रहेछ । ३. उक्त निर्णय बदर गराई पाउँ भनी यस रिट निवेदनमा लिएका जिकिरहरू यस प्रकार छन् भूमिसम्बन्धी ऐनको दफा ३२ अन्तर्गतको मुद्दा हेर्ने तथा किनारा गर्ने गरी विपक्षी प्रमुख जिल्ला अधिकारीलाई तोकेको देखिन आएन विपक्षी तसर्थ प्रमुख जिल्ला अधिकारीले गर्नुभएको निर्णय अधिकार क्षेत्रको अभावमा बदर हुनुपर्ने प्रष्ट छ । बदर नहुने मानेको खण्डमा पनि विपक्षी प्रदिप गिरी रंग गिरीका पिता जयानन्दले विवादको जग्गा कमाउन लिएको कबुलीयत तथा बाली बुझाएको भर्पाई समेत छैन । १ नं. अनुसूची भरेको समेत नभई यो मुद्दा परेपछि १ नं. अनुसूचीमा समावेश गरिपाउँ भनी निवेदन दिएको भन्नेसम्म कुरा निर्णयले पनि प्रष्ट गरेको छ । तसर्थ कुलियत भर्पाई तथा जोताहा अस्थायी निस्सा समेतको अभावमा सर्जमिनका आधार लिई जयानन्दलाई