निर्णय नं. १४४२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १४४२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २३ साल: २०३८ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०३७/१२/२३ २३२४ निर्णय नं. १४४२ ने.का.प. २०३८ अङ्क २ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३६ सालको रिट नं. ११३३ आदेश भएको मिति : २०३७।१२।२३।१ मा निवेदक : का.जि.का.न.पं.वा.नं. २९ पकनाजोल सल्लाघारी बस्ने बाबाकुमारी श्रेष्ठ विरुद्ध विपक्ष : प्रमुख जिल्ला अधिकारी काठमाडौं जिल्ला कार्यालयसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) जग्गा नापजाँच ऐन, २०१९ संशोधन सहितको दफा ११(ख) ले दिएको अधिकार प्रयोग गरी श्री ५ को सरकारले समिति गठन गरेको ....समितिलाई तेरो मेरो परेको कुरामा हेरी निर्णय दिन पाउने व्यवस्था भएको नदेखिने । (प्रकरण नं. ८) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल उल्लिखित मुद्दा :  आदेश प्र.न्या. नयनबहादुर खत्री : प्रस्तुत रिट निवेदनपत्र नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. तथ्य यस प्रकार छ : नापीको नक्सा उतार र डि.सेन्ट्रल वोर्ड अफको अर्डिसन बोर्डको राजीनामा अनुसार कि.नं. १०४५ को दक्षिणतर्फको जग्गा बाबा नानी श्रेष्ठको हो भन्न नसकिएकोले उक्त कि.नं. १०४५ मा मिलाएको जग्गा छुट्याई कि.नं. १०५२ डि.सेन्ट्रलको अर्डिसन बोर्ड अफ डि पोष्ट वार रिफनट्रक्सन फन्डको नाममा दर्ता गरी दिने भन्नेसमेत ०३६।४।२२ मा समितिबाट निर्णय भएकोरहेछ । ३. उक्त निर्णय बदर गरिपाउँ भनी निवेदक बाबाकुमारी महन्त छिप्रानाथ योगीले दिएको रिट निवेदनपत्रमा म बाबाकुमारीले गोरखनाथ गुठीको घर जग्गा राजीनामा गरी लिई नापी आउँदा आफ्ना नाममा नापी नक्सा गराई टहरा समेत बनाई भोगचलन गरी आएको थिएँ । सि.सि.वि.ले हाम्रो जग्गालाई आफ्नो भनी अञ्चलाधिश कार्यालयमा उजूर गर्दा बाबाकुमारीको नाममा नापीमा दर्ता भइसकेको देखिँदा हक बेहक गर्न पर्ने यस कार्यालयबाट गर्न नमिल्ने भनी निर्णय भएको थियो विपक्षीले हक बेहकमा उजूरी नगरी प्र.जि.अ.कार्यालयमा उजूर गर्नु भएछ प्र.जि.अ.ले अनाधिकार समितिमा पेश गर्नु भन्ने निवेदनमा तोक लगाई अनाधिकार तवरले गठन भएको समितिले मेरा नाममा सूचना पठाएकाले उपस्थित भई बयान लिनु होस् वा प्रतिवाद गर्ने मौका दिनुहोस् भन्दा तारेखमा समेत नराखेकोले चुप लागी बसेको थिएँ समितिबाट ०३६।४।२२ मा बाबाकुमारीको हक नपुग्ने हुँदा निजको दर्ता बदर गरी सि.सि.वि.को नाममा दर्ता गरी दिने ठहर भएको भनी सूचना दिएको हुँदा निवेदन गर्न आएको छु । भूमिसुधार मन्त्रालयले ०३४।७।२९ का दिन जग्गानापजाँच ऐन, २०१९ को दफा ११(ख) को पूर्वावस्था नै विद्यमान नभई नापीको सिलसिलामा केही गल्ती र त्रुटिहरू भएको देखिँदा त्यस्तो गल्ती र त्रुटिहरू सुल्झ्याउन समिति गठन गरेको भनी ऐन निस्कृय हुने गरी समिति गठन गर्ने अधिकार विपक्षीलाई छैन ०३४।७।२९ का राजपत्रमा प्रकाशित भूमिसुधार मन्त्रालयलको सूचना बदर घोषित गरिपाउँ सि.सि.वि.का तर्फबाट उजूरी .....कुनै क्षेत्र समुचाको विषयमा उजूर गरेको नभई का.न.पं वडा नं. २१ को हाल २९ वार्ड नं. को कि.नं. १०४५ को जग्गा मठगुठी भई बाबाकुमारी मोहिया र १०५२ सि.सि.वि.को जग्गा.......प्रसंग देखाई उजूर गरेको वार्ड नं. २१ सम्पूर्णमा नै नापी त्रुटिपूर्ण तरीकाले भएको भन्ने उजूरी.....परेको होइन यस्तो निजी व्यक्ति सरहको खास १ कित्ताको विषयलाई लिएर गरेको उजूरी उक्त दफा ११(ख) अन्तर्गत पर्दैन ना