निर्णय नं. १४४३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १४४३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २३ साल: २०३८ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०३८/०१/०९ २४९८ निर्णय नं. १४४३ ने.का.प. २०३८ अङ्क २ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह सम्वत् २०३७ सालको रिट नं. १३६४ आदेश भएको मिति : २०३८।१।९।३ मा निवेदक : नेपाली किराना सेन्टर मखन काठमाडौंको प्रोपाईटर का.जि.मखन टोल बस्ने केशवलाल फैजु विरूद्ध विपक्षी : कर कार्यालय काठमाडौंसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) कर निरीक्षकको प्रतिवेदन र कर अधिकृतको प्रतिवेदनमा आयकर ऐन, २०३१ को दफा ३३(४) को कानूनी व्यवस्था अनुसार निवेदक करदाताको खुद आय कायम हुने यस किसिमबाट यसरी खुद आय हुने भन्ने आधार उल्लेख नगरेको कुन आधारमा कसरी निवेदकको खुद आय कायम हुने हो उक्त पर्चामा पनि प्रष्ट उल्लेख भएको देखिँदैन । कर अधिकृतको प्रतिवेदन अनुसार भनी खुद आय कायम गरेको र त्यसको आधारमा समेत कुनै खुलेको नदेखिएकोले उपरोक्त ऐनमा व्यवस्थित आधारलाई अवलम्वन नगरी हचुवा किसिमबाट निवेदकको खुद आय कायम गरेको भन्ने प्रष्ट देखिन आउने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शुसिल कुमार सिन्हा विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल उल्लिखित मुद्दा : आदेश प्र.न्या. नयनबहादुर खत्री : प्रस्तुत रिट निवेदन नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. तथ्य यस प्रकार छ : निवेदकले आ.व.३४+३५ श्रा.आ.को विवरण पेश गरेकोमा करदाताको कारोवार चल्ती व्यापार समेत विचार गर्दा करदाताको भनाई भन्दा क.नि.को प्रतिवेदन मनासिव देखिन्छ । निजको खास व्यापार जिरा मरीज नरिवल जस्ता चिजहरूको कारोबार भएको र खासगरी स्थानीय खरीद भन्दा आफैंले भारतबाट माल सामान झिकाई कारोबार गरी आएको देखिँदा निजको बिक्री अंश रू.१०,६०,०००।–लाई नै कायम गरी ६ प्रतिशत खुद आय आर्जन गरेको हुनु पर्दछ । न्यायोचित्त अनुमानबाट आय कायम गर्नु पर्ने भएकोले पेश गरेको छ भनी पेश गरेकोमा करदाताले बयानमा आफ्नो नाममा रू.३,००,०००।– आयात गरेको र प्रसेन्टेजमा रू.४,००,०००।–को सामान ल्याएको भनी बयान दिएकोले कर निरीक्षकको प्रतिवेदन तथा क.अ.को राय मनासिव भएकोले क.अ.को प्रतिवेदन अनुसारको बिक्रीमा ६ प्रतिशतले हुने आय रू.६३,६००।– कायम गरिएको भन्ने ०३६।१२।१९ मा पर्चा र कर निर्धारण आदेश समेत भएको रहेछ । ३. उक्त आयकर निर्धारण निर्णय बदर गरिपाउँ भनी निवेदक केशवलाल फैजुले दिएको प्रस्तुत रिट निवेदनपत्रमा कुनै सबूत प्रमाण र कानूनी आधार बेगर हचुवा तवरले कर कार्यालय काठमाडौंले आयकर फछर्यौटको आ.व.३४।३५ श्रा.अ.मा प्रत्यायोजित अधिकार अनुसार भन्दै ०३६।१२।१९ मा आयकर निर्धारण आदेश गर्नु भएको कुनै आधार नखुलाई कानून विपरीत भएको प्रष्ट छ । नेपाल आयकर नियम, २०२० को नियम २१(२) अनुसार आयकर निर्धारण आदेशमा खुद आय कसरी कायम गरिएको हो सोको स्पष्ट विवरण खुलाई करदातालाई दिनु पर्नेमा सो विपरीत आयकर निर्धारण आदेशमा उल्लिखित आएको अंक कसरी ठहर गर्नु भएको कुनै कुरा नलेखी त्यस फर्मको आ.व.३४।३५ को आय विवरण सम्बन्धमा व्यापार कारोबार स्थितिको विचार गरी आयकर ऐन, ०३१ को दफा ३३(२) अनुसार न्यायोचित आधारमा खुद आय रू.६३,६००।– कायम गरी कर निर्धारण गरी आयकर फछर्यौट आयोगको प्रत्यायोजित अधिकार अनुसार कर निर्धारण गरिएको छ भन्ने मात्र उल्लेख भएकोबाट प्रत्यक्ष कानूनी त्रुटि