निर्णय नं. १४४४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १४४४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २३ साल: २०३८ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०३७/१२/२५ २२६३ निर्णय नं. १४४४ ने.का.प. २०३८ अङ्क २ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह सम्वत् २०३४ सालका रिट नं. ९३३ आदेश भएको मिति : २०३७।१२।२५।३ मा निवेदक : जि.कपिलबस्तु हनुमाननगर गा.पं. वडा नं. ८ मौजा पडरीया बस्ने बंशीचाई विरुद्ध विपक्षी : ऐ.ऐ. बस्ने पिंगल चाई समेत बिषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) साविक भूमिसुधार अधिकारीले निर्णय भइसकेको कुरामा असर पर्ने गरी हाल सोही भूमिप्रशासकले निर्णय गर्न पाउने अधिकार भएको नदेखिएबाट अघि भएका निर्णयमा असर पर्ने गरी प्रत्यर्थी भूमिप्रशासकले गरेको उक्त निर्णय त्रुटिपूर्ण देखिएकोले उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९) आदेश न्या. धनेन्द्रबहादुर सिंह : प्रस्तुत रिट निवेदन नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. तथ्य यस प्रकार छ : जो.अ.नि.बदर मुद्दा चली तिरथ अहिरलाई कच्ची २ विगाहा पींगल अहिरलाई कच्ची ३ विगाहा खुट्टरलाई कच्ची २ विगाहा इनरमनलाई कच्ची ४ विगाहा पोंगललाई कच्ची ४ विगाहा रामरतनलाई कच्ची ४ विगाहा बन्ने अहिरलाई कच्ची १ विगाहा श्री राम अहिरलाई कच्ची ४ विगाहा अतवारीलाई कच्ची २ विगाहाको प्राप्त जो.अ.नि.सदर भई बढी जग्गाको जो.अ.नि.बदर हुने ठहरी ०२८।१०।१० मा फैसला भएको हाल सर्वे नापी हुँदा जो.अ.नि.बमोजिम सम्पूर्ण जग्गा नापी गराई मोही दर्ता गराई लिएकोले फैसला बमोजिम ईनरमन चाइलाई कि.नं. ३०७ मा पिंगललाई कि.नं. ३१४ मा राम रतनलतई कि.नं. ३५०, ६७ मा श्री राम अहिरलाई कि.नं. ३४५ मध्ये उत्तरतर्फबाट ०–१३–८ मा खुटुरलाई कि.नं. १५ मा अवधरामलाई कि.नं. ३३ मा अतवारीको छोरा प्यारेलाई कि.नं. १०७ मध्ये उत्तरतर्फबाट ०–७–० मा बन्ने कहारलाई कि.नं. ३० मध्ये पूर्वतर्फबाट ०–३–० मा मोही कायम राखी कि.नं. ३४,७५ बाट ईनर नाउँ गराई ३४५ मध्ये दक्षिणतर्फबाट ०–३–० र कि.नं. ३२३ बाट श्री रामको कि.नं. ४१, १८६ बाट पिंगलको नाउँ कि.नं. ५१, १००, ३, १५५ बाट रामरतनको नाउँ कि.नं. ३२४ बाट खुटुरको नाउँ ३३२ बाट अवधरामको नाउँ कि.नं. ११७ र १०७ मध्ये दक्षिणबाट ०–२–१ बाट प्यारेतेलीको नाउँ कि.नं. ३० मध्ये पश्चिम तर्फबाट ०–३–१ बाट बन्ने कहारको नाउँ कट्टा गरिपाउँ भन्ने निवेदक बंसीचाइले विपक्षी भूमिप्रशासन शाखामा दिएको उजूरीमा जो.अ.नि.को आधारमा नै हाल नापीमा मोही दर्ता गराई मोहियानी हकको प्रमाणपत्र समेत प्राप्त गरी सकेको जग्गाधनी दर्ता प्रमाणपूर्जा पाएपछि म्यादभित्र उजूर गरेको समेत नदेखिएको हुँदा प्राप्त गरेको मोहियानी हकको प्रमाणपत्रमा उल्लेख भएको जग्गा प्रतिवादीहरूले नै जोतेको ठहर्छ भन्ने ०३४।४।१२ मा विपक्षी भूमिप्रशासन शाखाबाट निर्णय भएको रहेछ । ३. उक्त निर्णय बदर गरिपाउँ भनी निवेदक बंसी चाइले दिएको प्रस्तुत रिट निवेदनपत्रमा मोही भई जोतेको भन्दा बढी जग्गा लेखाई लिएकोमा बढी जति लेखिएकोमा मोही बदर गरिपाउँ भन्ने मेरो निवेदन परी बढी लेखाएको जति मोही बदर हुने ठहरी ०२८।१०।१० मा फैसला भयो । सर्भे हुँदा पुनः बढी जग्गामा मोही लेखाई लिएकोले ०२८।१०।१० मा फैसला भई कायम भए बमोजिमको कायम गरी बढी लेखाए जतिको मोहीबदर गरिपाउँ भनी ०२८।१०।१० मा भएको निर्णय कायान्वयनतर्फ निवेदन गर्दा भूमिप्रशासकले आफ्नो कार्यालयबाट पहिले भएको निर्णयलाई उल्टाउने गरी ०३४।४।१३ मा निर्ण