निर्णय नं. १४४५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १४४५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २३ साल: २०३८ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०३७/१२/१२ २३४० निर्णय नं. १४४५ ने.का.प. २०३८ अङ्क २ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह सम्वत् २०३७ सालको रिट नम्बर ९२३ आदेश भएको मिति : २०३७।१२।१२।४ मा निवेदक : जि. महोत्तरी लोलरपट्टी गा.पं. वडा नं. २ बस्ने राम रत्नठाकुर भूमिहार विरुद्ध विपक्षी : भूमिसुधार अधिकार भूमिसुधार कार्यालय जि.महोत्तरी लोहारपट्टी गा.पं. वडा नं. ७ बस्ने दिल महमद शेष विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) भू.सं.ऐन, ०२१ को नियम ६ अनुसार विपक्षीका नाउँमा २ नं. अनुसूची प्रकाशित भएकोमा नियम ७ अनुसार निवेदकको विरोध नपरेको र उक्त अनुसूची समेतको आधार लिई सबूत प्रमाणको मूल्यांकन गरी अधिकार प्राप्त अधिकारीले आफ्नो अधिकार क्षेत्रभित्र रही निर्णय गरेको देखिएकोले रिट निवेदन खारेज हुने । (प्रकरण नं. ८) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री प्रभूनारायण चौधरी आदेश न्या. धनेन्द्रबहादुर सिंह : विपक्षी भूमिसुधार कार्यालयको ०३७।३।७।६ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गराई पाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत प्रस्तुत रिट निवेदन पर्न आएको छ । २. तथ्य यस प्रकार छ : निवेदकका सँगोलका बाबुका नाउँमा जम्मा जग्गा विगाहा १–३–० को १ नं. लगत भरी २ नं. लगत प्रकाशन भएको हाल नापीमा निवेदक जग्गाधनी भएको लोहर पट्टि गा.पं. वडा नं. ६ (क) कि.नं. ४७ को ०–६–० वार्ड नं. ७ कि.नं. ३१५ को १–९–० मध्ये ०–९–० समेत जग्गा जोती आएको मोही प्रमाण पाउँ भन्ने दिल महमद शेषको वादी विपक्षीले मेरो जग्गा कमाई आएको छैन भन्ने निवेदकको प्रतिवाद भएकोमा वादीले १ नं. लगत भरी २ नं. लगत प्रकाशन भई जग्गाधनीको दर्ता प्रमाणपूर्जामा निजको नाम अंकित भएकोले भू.सं.ऐन, २०२१ नियम ९(१) बमोजिम ३ नं. मोहियानी हकको स्थाई प्रमाणपत्र दिने ठहर्छ भन्ने भूमिसुधार कार्यालय महोत्तरीबाट ०३७।३।७।६ मा निर्णय भएको रहेछ । ३. उक्त निर्णय बदर गराइपाउँ भनी यस रिट निवेदनमा लिएको जिकिरहरू यस प्रकार छन । विपक्षीले जगरनाथ ठाकुरको नामको जग्गाको १ नं. अनुसूची भरेको र २ नं. अनुसूची समेत प्रकाशित भएको भन्दै दावी बमोजिमको प्रमाणमपत्र दिने निर्णयमा पुगेको देखिन्छ । यस अवस्थामा सर्वप्रथम विपक्षी अधिकारीबाट दावीको जग्गाको दर्ता श्रेस्ता बुझी मात्र निर्णयमा पुग्नु पर्नेमा वास्तविक प्रमाणको छानविन नै नगरी सम्बन्धी प्रमाण नै नबुझी न्यायिक मनको सर्वथा अभावमा निर्णय गरिएको बदरभागी छ । २ नं. अनुसूची प्राप्त गरेको भन्दै जुनसुकै व्यक्तिको जग्गामा पनि मोहियानी हकको दावी गर्न सकिँदैन । विपक्षीले मेरो जग्गाको १ नं. अनुसूची भरेको र २ नं. अनुसूची प्रकाशित गरेको छैन । नापीमा मेरो कि.नं. ४७ र कि.नं. १३३ मा भूलबाट विपक्षीको नाम फिल्डबुकमा अंकित भई मेरो जग्गाधनी प्रमाणपूर्जामा समेत उल्लेख हुन गएको कारणबाट नाजायज फाइदा उठाउन सक्छु कि भनी दावी गर्न आउनु भएका हो भन्ने समेत उल्लेख गरेको रहेछ । ४. विपक्षीहरू बाट लिखितजवाफ झिकाई पेश गर्नु भन्ने ०३७।५।२०।६ को सिङ्गलबेञ्चको आदेश । ५. विपक्षी दिल महमद शेषको लिखितजवाफमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(१) अनुसार मोहीको हैसियतले मैले रामरत्न ठाकुरको जग्गा निजका पिता जगनाथबाट प्राप्त गरी कमाउँदै आएको हुँ । जग्गाधनी प्रमाणपूर्जामा पनि मे