निर्णय नं. १४४८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १४४८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २३ साल: २०३८ महिना: असार अंक: ३ फैसला मिति :२०३८/०२/०२ २४५९ निर्णय नं. १४४८ ने.का.प. २०३८ अङ्क ३ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३६ सालको रि.फु.नं. ४८ आदेश भएको मिति : २०३८।२।२।६ मा निवेदक : जिल्ला धनुषा तारिपट्टि सिरसिया गा.पं. वडा नं. १ बस्ने दुखरन साहु हलुवाईको हकमा ऐ, तुल्सी साहु हलुवाई विरुद्ध विपक्षी : जनकपुर अञ्चल अदालतका अञ्चल न्यायाधीश श्री केशवप्रसाद उपाध्याय समेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) जग्गा खिचोला पर्न आएको कुरामा उजूर गर्ने हदम्याद जग्गा मिच्नेका १८ नं. बमोजिम प्रतिवादीले प्रमाणपूर्जा लिएकोबाट दर्ता गरेको फिराद हदम्याद भित्र नै दर्ता भएको हुँदा खारिज गर्न नमिल्ने । (प्रकरण नं. ८) निवेदक तर्फबाट :  विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय विद्वान अधिवक्ता श्री दमन ढुंगाना आदेश प्र.न्या. नयनबहादुर खत्री : सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३५।८।२५ को निर्णय दोहर्‍याई पाउँ भनी निवेदकले श्री ५ महाराजाधिराज सरकारका हजुरमा न्यायिक समिति मार्फत चढाएको बिन्तिपत्रमा नेपालको संविधानको धारा ७२(ख) अनुसार उक्त मुद्दा दोहर्‍याई दिनु भन्ने मौसुफ सरकारबाट हुकुम बक्स भई यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाका संक्षिप्त तथ्य तथा निवेदन जिकिर यस प्रकार छ वादी दुखरन साहु हलुवाई प्रतिवादी धनेश्वर यादवको धनुषा जिल्ला सखुवा गा.पं. वडा नं. २(ङ) कि.नं. ११७ को ०–१६–२ जग्गाको दर्ता बदर मुद्दा धनुषा जिल्ला अदालतमा दायर भई कारवाही चलेकोमा वादीको फिराद म्याद भित्रको नभएको भनी उक्त जिल्ला अदालतबाट खारेज हुने गरी निर्णय भएकोमा सो खारेज फैसला बदर गरी इन्साफ तहकिकात गर्न शुरूमा मिसिल पठाउने गरी जनकपुर अञ्चल अदालतबाट फैसला भए उपर पुनरावेदन गर्ने अनुमति पाउँ भनी धनेश्वर दयाल यादवको मध्यमाञ्चल क्षेत्रीय अदालतमा निवेदन परेकोमा पुनरावेदन गर्ने अनुमति प्राप्त नभए उपर निज धनेश्वर दयाल यादवको यस अदालतमा रिट निवेदन पर्न आएको रहेछ । २. अञ्चल अदालतको निर्णय वादी दावाभन्दा बाहिर रहेकोले अ.बं.१८४ क.१८५ र १८९ को विपरीत छ । दुखरन साहुले ०२४ सालमा नै नापी भएको कुरालाई लिएर २०३१ सालमा नालिश गर्न पाउने होइन नापीबाटै खिचोला भएको ठहर्छ भन्ने कुरा सम्मानीत सर्वोच्च अदालतबाट ने.का.प, २०३० पृष्ठ ३०२ मा समेत प्रतिपादित सिद्धान्तले प्रष्ट गरेको छ सोको विपरीत अञ्चल अदालतको निर्णय प्रत्यक्ष त्रुटिपूर्ण छ । जग्गा दर्ता धनी प्रमाणपूर्जाको मितिले २ वर्ष म्याद गणना गर्न पाउने होइन । सो फिराद जग्गा नापजाँच ऐन, २०१९ मा व्यवस्थित म्याद भित्रको छैन । स्वयं क्षेत्रीय अदालतले ओमहरिराज भण्डारी विरुद्ध जयबहादुर पाण्डेका जग्गाखिचोला मुद्दामा ०३३।१२।५ मा गरेको निर्णय विपरीत छ । चलितर दासलाई राम चरित्रयादव सम्झी धनेश्वरको बाबु ठहराएको आधारमा अञ्चल अदालतले गरेको निर्णयमा भ्रमात्मक तथा न्यायिक मनको अभाव रहेको सिद्ध छ भन्ने समेत धनेश्वर दयाल यादवको रिट निवेदन जिकिर । ३. ०३४।३।२२ को डिभिजन बेञ्चको आदेश अनुसार प्राप्त भएको विपक्षीहरूको लिखितजवाफमा निम्न बमोजिम जिकिर लिइएको छ : रिट निवेदनमा उल्लेख गरिएको नजीरहरू यसमा मिल्दो देखिँदैन कानूनको परिधिमा रही कानूनबमोजिम दिएको आदेशमा कुनै पनि त्रुटि नहुँदा रिट निवेदन खारेज गरिपा