निर्णय नं. १४४९ - बण्डापत्र पास

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १४४९ - बण्डापत्र पास भाग: २३ साल: २०३८ महिना: असार अंक: ३ फैसला मिति :२०३८/०२/०२ २७७४ निर्णय नं. १४४९ ने.का.प. २०३८ अङ्क ३ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् २०३६ सालको दे.पु.नं. १७१ फैसला भएको मिति : २०३८।२।२।६ मा पुनरावेदक : भक्तपुर ताथली गा.पं. वडा नं. ९ बस्ने शेरबहादुर पंडित क्षेत्री विरुद्ध विपक्षी : ऐ.ऐ. बस्ने इन्द्रबहादुर मरी मु.स.गर्ने गणेशकुमारी पंडित क्षेत्री मुद्दा : बण्डापत्र पास (१) मुद्दा पर्दापर्दै अड्डा बाहेक अन्यत्र रही खडा गरेको मिलापत्र सरहको बण्डापत्र पारित गर्नलाई बाधा नदेखिएको कुरा के भने पञ्चायत समेत रही खडा भएकोले हो, अब पारित हुन लायक देखिए पनि त्यस्तो लिखत पारित गरौंला भन्ने बोली नपरे पनि ऐनले रजिष्ट्रेशन पारित गर्न पर्ने लिखतलाई बोली नपरे पनि पारित गर्न हुने नै भयो । त्यसरी आपसमा लेनदेन गर्दा आफूले लिनुदिनु गर्न हुने कुरामात्र लिनदिन हुने हो । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) ले परस्परमा लेनदेन गर्न नपाउने अरू जग्गाधनी भएको मोहियानी हकको जग्गा पनि यस लिखतमा परेको हुँदा त्यस्ता मोहियानी हकको जग्गा पनि यस लिखतमा परेको हुँदा त्यस्तो मोहियानी हकका जग्गा बाहेक गरी अरू लिएदिएको पाउने गरी लिखत पारित गरी दिनुपर्ने । (प्रकरण नं. १५) फैसला न्या. हेरम्बराज : ०३५।२।८।१ को मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादीले चढाएको निवेदनमा अनुमति प्राप्त भई यस बेञ्च समक्ष पेश हुन आएको छ । २. खड्गबहादुरको २ छोरामा जेठा महिन्द्रबहादुर कान्छा कृष्णबहादुर भएको महिन्द्रबहादुरको छोरा सेरबहादुर, कृष्णबहादुरको छोरा फिरादी महेन्द्रबहादुर हुँ । बाबुहरू मरेपछि अन्यायवालासँग ०१०।१।२९ गते मानु छुट्टिएको हुँदा तायदाती लिई अंशबण्डा गरिपाउँ भनी अंशमुद्दाको फिराद गर्दा प्रतिउत्तर परी सकेपछि २०२३।१२।३० मा डिसमसि भएको छ । उक्त मुद्दा दायर छँदै स्थानीय गा.पं.का प्रधानपञ्च, उपप्रधानपञ्च, र वडासदस्यहरू आई सम्पत्तिको तायदाती फाँट लिई रोक गेख मिलाई अघि छुट्याई ०२३।१०।२२ मा दायरी मद्दाको मिलापत्र गर्ने इत्यदि व्यहोराको २ प्रति बण्डापत्र खडागरी अंश लिनुदिनु गरेकोमा सो बण्डापत्र पारित गरी नदिएकोले पारित गरिपाउँ भन्ने समेत फिरादपत्र । ३. ०१०।१।२९ मा मानु छुट्टिएको भन्ने कुरा निरर्थक हो आफ्नु–आफ्नु बाबुकै पालमा भिन्न बसी आएका हो । ०२३।१०।२२ गते बण्डापत्र खडा गरेको होइन । कि.नं. ४२९–४५०–४२७–५०४–४२८–५०२–५०३ समेतका कित्ता जग्गा शारदामान बैद्यलाई जग्गावाला मानि म र आमा दण्डकुमारी मोही सम्म भई कमाई आएकोले त्यस्तो जग्गा बण्डापत्र र जोत हक छाड्ने गरी पञ्चायतले लिखत गराउन पाउने हक अधिकार छैन । बण्डापत्र भनेको लिखत हेर्ने सुन्न पाए नामाकरण गर्नेछु । अंशमुद्दा डिसमिस गराएकोले प्रस्तुत फिराद अ.बं.१७९ नं. ले लाग्न नसक्ने भन्ने समेत प्रतिउत्तरपत्र । ४. पञ्चायतका प्र.पं.को रोहवरमा मिलापत्रसम्म गरेको कागज हुँदा करार सम्बन्धी ऐन, २०२३ को दफा १० को उपदफा (१) ले शर्त नभएको कुरामा दायित्व पुरागर्न प्रतिवादीलाई कर नलाग्ने हुँदा मिलापत्रको लिखतलाई बण्डापत्र पास गरिपाउँ भनी गरेको दावी पुग्नसक्तैन भन्नेसमेत ०२५।४।९।४ को भ.जि.अदालतको फैसला । ५. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत इन्द्रबहादुर पंडित क्षेत्रीको पुनरावेदन । ६. पेश भएको लिखितमा वादी प्रतिवादीको दावा बमोजिम आधि आधि अंशबण्डा समेतक