निर्णय नं. १४५१ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १४५१ - ज्यान भाग: २३ साल: २०३८ महिना: असार अंक: ३ फैसला मिति :२०३८/०३/०२ २४८६ निर्णय नं. १४५१ ने.का.प. २०३८ अङ्क ३ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३७ सालको फौ.सा.नं. ८६ फैसला भएको मिति : २०३८।३।२।६ मा वादी : केशवर मण्डर खत्वेको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रतिवादी : केशवर मण्डर खत्वे मुद्दा : ज्यान (१) जाहेरीमा लेखिएका व्यक्ति र अदालतमा बयान गर्दा लेखिएका व्यक्ति फरक–फरक देखिन आएकोले निज प्रतिवादीले नै मारेको हो कि भन्न पनि तथ्य सबूत प्रमाण मिसिलबाट केही नदेखिएको, शंकाको सुविधा अभियुक्तले पाउने । (प्रकरण नं. १५) फैसला प्र.न्या. नयनबहादुर खत्री : तिवादीलाई सफाई दिई मध्यमाञ्चल क्षेत्रीय अदालतले जाहेर गरेकोले यस बेञ्च समक्ष पेश हुन आएको छ । २. ०३३।७।२८ गते बेलुका गुदर महतो कोइरीसँग लिनु पर्ने रुपैयाँ“ ७५०।– लिन वर्ष ९ कि छोरी जसोदी खत्विनीलाई लिई जाँदा तलाई रुपैयाँ“ दिनु पर्ने छैन भनी गाली दिएकोले बाद विवाद हुँदा रामचलित्र साहुतेली गुदर महतो कोइरी रामदेव महतो कोइरी समेत चिनेका र अरू नचिनेका ९ जना हातमा लाठी लिई कुटपिट गरी साथमा भएको भा.रू.७०९ खोसे ज्यान मार्न लागे भनी भागेको, पछि निजहरू फर्की गई सकेपछि छोरी खोज्दै जाँदा घटनास्थल मै छोरीको मृत्यु भएको पाइएकोले अपराधीहरू लाई कानूनबमोजिम कारवाही गरिपाउँ भन्ने समेत केशवर मण्डर खत्वेको जाहेरी दरखास्त । ३. घाँटीमा कालो दाग डोरी कसेको जस्तो भएको अन्य जिउ कुनै ठाउँमा चोट पटक नभएको जसोघी खत्विनीको लाश फेला परेको भन्ने समेत लाश प्रकृति मुचुल्का । ४. कुनै चिजको घाँटीमा बाहिरी दवाव परी सास रोकिनाले मृत्यु भएको देखिन्छ भन्ने समेत मेडिकल फिसरको राय । ५. जाहेरवाला आफैंले आफ्नो छोरी मारी अरूलाई फसाउन झुठ्ठा जाहेरी दिएका हुन भन्ने समेत सरजमीन मुचुल्का । ६. गुदर महतो कोइरीसँग रू.७५०।– लिनु पर्ने गुदरले एक पैसा पनि दिनु छैन भनेकोले के गरी फसाउने तर्क वितर्क गरी छोरोलाई आफैं मार्छु अनि छोरी मारि दिए भनी दरखास्त दिन्छु भन्ने पाप चिताई रक्सी किनी छोरीलाई पनि ख्वाए र आफूले पनि खाँए, छोरी रक्सीले लठ भएकोले छोरी लिँदै गलादावी भएकोले मारेको हुँ भन्ने समेत केशवर मण्डर खत्वेले प्रहरीमा गरेको बयान । ७. ०३३।७।२८ का दिन त्रिभुवन नगरमा हठियाको दिन भएकोले दिनभर बजारमा बसी बेलुका घर गई खानपिन गरी सुेत । उक्त दिन केशवर मण्डर र निजको छोरीलाई देखेको छैन र कुटपिट गरेको पनि होइन भन्ने समेत रामचलित्र साहुको बयान । ८. केशवर मण्डरलाई रुपैयाँ“ तिर्नु बुझाउन बाँकी थिएन । निज लिन आएको पनि छैन र निजको छोरी जसौदीलाई कुटपिट गरी मारेको समेत होइन भन्ने समेत गुदर महतो कोहरीको बयान । ९. गुदर महतो, रामदेव, रामचलित्र समेत उपर मुद्दा नचलाउने अभियुक्त केशवर मण्डर उपर ज्यान सम्बन्धीको १३(३) बमोजिम सजाय हुनुपर्ने भनी पेश गरेको प्रहरी प्रतिवेदन । १०. प्रहरीमा भएको कागज कुटपिट गरी सहिछाप गराएका हुन मैले आफ्नो छोरीलाई आफैंले मारेको होइन संता रामइश्वरी देवीदत्तसमेतले मारेको हुन भन्ने समेत केशवर मण्डर खत्वेले अदालतमा गरेको बयान । ११. जसौधी कहाँ कसरी के भई मरी कुनै कुरा मलाई थाहा छैन र उक्त घटना त्यहाँ घटेकै छैन सरजमीन मुचुल्का मेरो रोहवरमा भएकोले मलाई झुठ्ठा आरोप लगाएका हुन भन्ने समेत देवीदत्तले अदालतमा गरेको बयान । १२. अभियुक्त केशवर मण्डरले गुदर महतोलाई फसाउन आफ्