निर्णय नं. ९०७६ - उत्प्रेषण परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९०७६ - उत्प्रेषण परमादेश भाग: ५५ साल: २०७० महिना: फागुन अंक: ११ फैसला मिति :२०७०/०४/२१ ३२०८ नेकाप २०७० अङ्क ११ नि.नं.९०७६ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय का.मु.प्र.न्या.श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री तर्कराज भट्ट आदेश मिति : २०७०।४।२१।२ ०६९-WO-०८१६ विषय :– उत्प्रेषण परमादेश । निवेदक : जिल्ला तेह्रथुम, ओयाक्जुङ गाउँ विकास समिति वडा नं. ६ बस्ने श्रृजना लिम्बु विरूद्ध विपक्षी : जिल्ला तेह्रथुम, ओयाक्जुङ गाउँ विकास समिति वडा नं. ६ बस्ने पिताम्बर लिम्बुसमेत § मुलुकी ऐन, अ.बं. १९३ नं. ले प्रदान गरेको पुनरावेदन गर्न पाउने कानूनी हकलाई अनुचित बन्देज लगाउने गरी साधिकार निकाय अदालतले कागज गराएको त्यस्तो कार्यलाई कानूनबमोजिमको कार्य भन्न नमिल्ने । § फैसला भएको मितिमा कुनै पक्षले फैसला सुनी पाएको कागज गरेको छ भने त्यो मितिबाट पुनरावेदन गर्ने म्याद शुरू हुन्छ । त्यसमा सम्बन्धित पक्षले पुनरावेदन गर्दछ वा गर्दैन भन्ने कुनै कुराले अर्थबोध राख्दैन । तर फैसला सुनिपाएको कागज गर्दा गराउँदा सम्बन्धित अदालतले कानूनको म्यादभित्र पुनरावेदन गर्नेछु भनी कागज गराउनुपर्नेमा सोविपरीत पुनरावेदन गर्ने छैन भनी शर्त उल्लेख गरी कागज गराउनु पुनरावेदन गर्न पाउने हकलाई अनुचित बन्देज लगाउनु हो । (प्रकरण नं.३) § कानूनले दिएको पुनरावेदन गर्ने हकलाई कानूनबमोजिम पुनरावेदन गर्नेछु भनी कागज गराउनुपर्नेमा सो विपरीत पुनरावेदन गर्ने छैन भनी अदालतले कागज गराउँदैमा कुनै पनि व्यक्तिको पुनरावेदन गर्ने हक त्यसरी गराइएको कागजले हनन् गर्न नसक्ने । (प्रकरण नं.४) निवेदकतर्फबाट : विद्वान अधिवक्ता सुषमा गौतम विपक्षीतर्फबाट : विद्वान अधिवक्ता रामकृष्ण काफ्ले अवलम्बित नजीर : § नेकाप २०६५, अङ्क ७, नि.नं.७९८५, पृ.८०४ § नेकाप २०६५, अङ्क ७, नि.नं.७९९४, पृ.८८७ सम्बद्ध कानून : § मुलुकी ऐन, अ.बं.१९३ नं. आदेश का.मु.प्र.न्या.दामोदरप्रसाद शर्मा : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा १०७(२) बमोजिम निवेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र आदेश यस प्रकार छ :- पिताम्बर लिम्बु मेरो पिता हुनुहुन्छ । उहाँउपर अंश मुद्दा, नाता कायम र मिलापत्र बदर गरी हक कायम गरिपाऊँ भन्नेसमेत ३ थान मुद्दा तेह्रथुम जिल्ला अदालतमा मिति २०६६।११।२ मा दायर गरेकोमा उक्त मुद्दाहरू अ.बं.१८० नं. बमोजिम खारेज हुने र पिताले मउपर दायर गरेको जालसाजी मुद्दामा मेरो हक हितमा केही असर गर्न नसकेको भनी मिति २०६७।१०।२३ मा फैसला भएको थियो । अंश मुद्दा, नाता कायम र मिलापत्र बदर गरी हक कायम गरिपाऊँ भन्ने मुद्दामा पुनरावेदनको म्याद जारी गरिपाऊँ भनी निवेदन दर्ता गर्न गएकोमा अंश मुद्दा र मिलापत्र बदर गरी हक कायम गरिपाऊँ भन्ने मुद्दामामात्र निवेदन दर्ता गरी पुनरावेदनको म्याद जारी भई पुनरावेदन अदालत, धनकुटामा पुनरावेदन दर्ता भएको र नाता कायम मुद्दामा पुनरावेदनको म्याद जारी गरिपाऊँ भन्ने निवेदन दर्ता गर्न इन्कार गरियो । उक्त मुद्दामा निवेदन दर्ता गर्न इन्कार गर्नु र म्याद जारी नहुनुको कारण बुझ्दा उक्त फैसलापश्चात् मेरो चित्त बुझेकोले पुनरावेदन नगर्ने भनी मिति २०६७।११।१९ मा कागज गरेको व्यहोरा जानकारी गराइयो । पुनरावेदन गर्न पाउने कानूनी हक र नाता कायम जस्तो पहिचानसँग जोडिएको विषयमा पुनरावेदन गर्ने हकबाट बञ्चित गराइएको हुँदा पुनरावेदन गर्न पाउने हक प्रचलन गराई पाउन अन्य वैकल्पिक मार्ग नहुँदा यो निवेदन गर्न आएकी छु । मेरी आमा र प