निर्णय नं. १४५३ - जग्गा खिचोला दर्ता बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १४५३ - जग्गा खिचोला दर्ता बदर भाग: २३ साल: २०३८ महिना: असार अंक: ३ फैसला मिति :२०३८/०१/१७ २६०० निर्णय नं. १४५३ ने.का.प. २०३८ अङ्क ३ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३७ सालको दे.पु.नं. २२२ फैसला भएको मिति : २०३८।१।१७।४ मा पुनरावेदक : पाँचथर उमलाबुङ गा.पं. वडा नं. २ बस्ने ललितमान लिम्बुको मु.स.गर्ने लिलानाथ लिम्बु विरुद्ध विपक्षी : ऐ.ऐ. वडा नं. ८ बस्ने नरबहादुर लिम्बु समेत मुद्दा : जग्गा खिचोला दर्ता बदर (१) विभिन्न प्रतिवादीहरू उपर एउटै चारकिल्लाभित्रको जग्गालाई लिई फिराद गरेको एउटै झगडाको विषय देखिएकोले उक्त फिरादपत्रबाट सबै प्रतिवादीहरू उपर इन्साफ गर्न मिल्ने नै नदेखिने । (प्रकरण नं. १२) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेती विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल फैसला प्र.न्या. नयनबहादुर खत्री : पूर्वाञ्चल अदालतबाट भएको फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी वादीले चढाएको निवेदनमा अनुमति प्राप्त भई यस बेञ्च समक्ष पेश हुन आएको छ । २. १९८० सालमा मेरा नाउँमा माटो मुरी ४८ मा दर्ता भएको लिमु खोला पश्चिममा मावा डाँडा देखिन तिङग दिङ जाने ठाडो बाटो पूर्व थुम्को डाँडा चुचे ढुंङगा उत्तर यति ४ किल्ला भित्रको धानको ब्यू पाथी २६। जाने उब्जा मुरी ५०। हुने दर्ता तिरो रू.८। लाग्ने पुवा दोभान कुडले भन्ने रैकर जग्गामा २०२१ सालमा प्र.मध्य तिलकबहादुर समेतसँग जग्गा खिचोला मुद्दापरी ०२६।११।१।५ मा स.अ.बाट समेत अन्तिम फैसला भई जिति पाएको । उक्त जिति पाएको केही जग्गा बाँकी राखी झगडा परेको जग्गाको पश्चिम उत्तर कुना पुरानो दोभान जग्गालाई विपक्षीहरू मिली ५ कित्ता पारी ०३२ सालको सर्भे नापीमा जिम्मावालाको रसीद प्रमाण बनाई रानी गाउँ गा.पं.वार्ड नं. ७ च.को कि.नं. २६ प्र.नरबहादुरको नाउँ कि.नं. २७ तिलकबहादुर कि.नं. २८ भुवान सिं.वनबहादुर कि.नं. २९ रामबहादुर, रामप्रसाद कि.नं. ३० सर्वजित ऐन राज समेतका नाउँमा दर्ता गरेकोले दर्ता बदर गरी खिचोला मेटाई चलन चलाई पाउँ भन्ने फिराद । ३. फिराद दावी बमोजिम वादीले स.अ.बाट जिति पाएको जग्गा हामीले दर्ता गराएको समेत छैन । सो जग्गा वादीको नाममा दर्ता भएको छुट्टै छ । चुचे ढुड्डा फुटुवा द्रगार देवीथान थुम्की पश्चिम पट्टिको जग्गा जितबहादुरको शेषपछि म तिलकबहादुर र मनबहादुरको शेषपछि म नरबहादुर समेतको बराबर हक पुग्ने जग्गा हुँदा समेत नापीमा कि.नं. २७ को जग्गा तिकबहादुरको नाममा र कि.नं. २६ को जग्गा नरबहादुरको नाममा साहुको थैली तिरी उकास गरी आएको हुँदा हाम्रा नाउँमा दर्ता गरेको हो भन्ने समेत नरबहादुर लिम्बु र तिलकबहादुर लिम्बुको संयुक्त प्रतिउत्तर । ४. वादी दावीको जग्गा निजको नाममा १२ रोपनी दर्ता हुनुपर्छ । रानीगाउँ गा.पं.वार्ड नं. ७ (च) कि.नं. २८, २९, ३० को जग्गा हाम्रो जिजु बाजे जसपतिका नाउँमा ५० सालमा अर्थ सिंह जम्मा तिरी रू.३। मा दर्ता भएको जग्गा हाल सर्भेमा कि.नं. २८ मा भुवान सिंह कि.नं. २९,३० मा ऐतराज, सर्वजित रामबहादुर, रामप्रसाद समेतले दर्ता गराएको हो । वादीको हकपुग्ने जग्गा दर्ता गराएको होइन भन्ने समेत रामबहादुर लिम्बु समेतको प्रतिउत्तर । ५. प्रतिवादीहरूले चुचे ढुंड्डा फुटुवा ढुंड्डा र थुम्की डा“डा देवी थान देखि पूर्वपट्टिको वादीको र पश्चिम पट्टिको हामीहरूको जग्गा भनी जिकिर लिएको देखिएबाट झगडा परेको जग्गा पूखा खोला देखि