निर्णय नं. १४५५ - प्रतिशेधको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १४५५ - प्रतिशेधको आदेश जारी गरिपाउँ भाग: २३ साल: २०३८ महिना: असार अंक: ३ फैसला मिति :२०३८/०२/१२ २५८५ निर्णय नं. १४५५ ने.का.प. २०३८ अङ्क ३ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् २०३६ सालको रिट नम्बर ११४७ फैसला भएको मिति : २०३८।२।१२ मा निवेदक : का.जि. न.पं. वडा नं. ३० असन बहाल बस्ने गम्भीर राज खाउजु विरुद्ध विपक्षी : काठमाडौं उपत्यका नगर विकास योजना कार्यालय समिति श्री ५ को सरकार भृकुटी मण्डप जिल्ला कार्यालय काठमाडौंसमेत मुद्दा : प्रतिशेधको आदेश जारी गरिपाउँ (१) निवेदकले प्राप्त गरेको नक्सा प्रमाणपत्रको विरुद्ध घर निर्माण गरेमा नगरपञ्चायतबाट कानूनबमोजिम हुने कुरामा निवेदकले कानूनबमोजिम प्राप्त गरेको नक्सा प्रमाण बमोजिम बनाउन लागेको घर निर्माण कार्य रोक्का गर्नु भन्ने प्रहरी शिविर लैनचौरको र काठमाडौं उपत्यका नगर विकास समितिको सूचना कानूनको दृष्टिमा त्रुटिपूर्ण हुने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय आदेश प्र.न्या. नयनबहादुर खत्री : घर बनाउने निर्माण कार्य रोक्का राख्नु भन्ने ०३६।९।१९ को सूचना उपर प्रतिषेधको आदेश जारी गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत प्रस्तुत रिटनिवेदन पर्नआएको छ । २. तथ्य यस प्रकार छ : का.न.प.को ०३६।८।२४ मा घर निर्माण गर्न निवेदकका नाउँमा रोक्का पूर्जि टाँस हुँदाहुँदै पूर्जिका अनादर गरी निर्माण कार्य गरेको भन्ने का.न.प.०३६।९।१८ को पत्र यस समितिमा प्राप्त हुन आएकोले निर्माण कार्य तुरुन्त रोक्का गरी २४ घण्टाभित्र सबूत प्रमाण सहित उपस्थित हुनुहोला भन्ने का.उ.न.वि.समितिबाट निवेदकलाई ०३६।९।१९ मा पत्र लेखेको रहेछ । ३. उक्त सूचना बदर गराई पाउँ भनी यस रिट निवेदनमा लिएका जिकिरहरू यस प्रकार छन् । पुनमाया महर्जनीको का.जि.का.न.पं.वडा नं. २९ को कि.नं. ४९६ को पूर्व महिला संगठनको घर पश्चिम नारायण महर्जनको घर उत्तर नानी महर्जनको घर दक्षिण सडक यति ४ किल्ला भित्रेको ०–२–२–२ मध्ये पूर्वतर्फबाट आधि घर जग्गा ०३५।१०।१० मा राजीनामा गरी लिएको थिए । कि.नं. ४९६ को कित्ताकाट भई निवेदकको आधि घर जग्गाको कि.नं. १२८१ हुन गएको छ । यसरी आफ्नो हकभएपछि उक्त पुरानो घर भत्काई नया“ घर बनाउन नगर विकास समितिमा समेत नक्सा दरखास्त पेश गरी कसैको उजूर नपरेबाट पेश गरेको नक्सा अनुसार घर बनाउन पाउने गरी का.न.प.बाट ०३७।७।१४ गते नक्सा प्रमाणपत्र प्राप्त गरेको थिए । पुरानो घर भत्काई नक्सा अनुसार घर बनाउन शुरू गरेको थिए । यसै बीच नक्सा पास नगरी घर बनायो भन्ने सायद कसैका झुठ्ठा उजूर परेबाट घर बनाउन रोक्का गर्नु भनी विपक्षी का.न.वि.समितिबाट रोक्का भएकोमा पछि स्वीकृत नक्सा प्रस्तुत गर्नुभएकोले सो बमोजिम निर्माणका कार्य गर्न फुकुवा गरिएको छ भनी ०३६।८।१८ गते फुकुवा दिएको थियो । यसरी फुकुवा पाउँ पछि २ तला घर पुरा भएको छ । अब आएर फेरि नक्सा नदेखाई घर बनाउन लागेको हुनाले रोक्का गर्नु भन्ने जिल्ला कार्यालय काठमाडौंबाट लेखी आएको हुनाले घर बनाउन रोक्का गर्नु भन्ने प्रहरी सिविरबाट ०३६।९।१३ मा र बनाउन रोक्का गर्दा गर्दै निर्माण कार्य गरेको भनी का.न.प.बाट लेखी आएको हुनाले निर्माण कार्य गरेको भनी का.न.प.बाट लेखी आएको हुनाले निर्माण कार्य तुरुन्त रोक्का गर्नु भनी उपत्यका नगर विकास समितिबाट ०२६।९।१९ गते लेखी आएको थियो । का