निर्णय नं. १४५६ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १४५६ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जी जारी गरिपाउँ भाग: २३ साल: २०३८ महिना: असार अंक: ३ फैसला मिति :२०३८/०३/१४ २२५४ निर्णय नं. १४५६ ने.का.प. २०३८ अङ्क ३ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह सम्वत् ०३६ सालको रिट नम्बर १०३३ फैसला भएको मिति : २०३८।३।१४।१ मा निवेदक : जिल्ला सप्तरी कञ्चनपुर गा.पं. वडा नं. १ बस्ने रामजतन शाह विरुद्ध विपक्षी : श्री ५ को सरकार, सप्तरी भन्सार कार्यालयसमेत मुद्दा : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जी जारी गरिपाउँ (१) कागजमा अटोमोबाइल क्लब जर्मन (ADAC) ले सो कार्नेटको म्याद थप ६ महीनाको लागि पठाएको देखिएको व्यहोरा प्रमाणित गरिएको छ भन्ने उल्लेख भएबाट कार्नेटको म्याद थप नभएको भन्न सकिने अवस्था नदेखिने । (प्रकरण नं. ८) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैवरप्रसाद लम्साल आदेश न्या. धनेन्द्रबहादुर : विपक्षीहरू बाट छुट रकम बुझाउन ल्याउने भनी गरिएको सूचना निर्णय र तत्सम्बन्धी सबै कारवाई उत्प्रेषणको आदेशद्वारा बदर गरी परमादेशको आदेश समेत जारी गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत प्रस्तुत रीट निवेदन पर्न आएको छ । २. मुद्दाको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यस प्रकार छ । श्री ५ को सरकार अर्थमन्त्रालय भन्सार विभाग राजविराज सप्तरी भन्सार कार्यालयले रामजतन शाह कञ्चनपुर गा.पं. वडा नं. ६ “लाई तपाईंले टुरिष्टबाट खरीद गरेको प्लेट नं. २०१ जेड ५९६० इ.नं. ३२१०१००१०० च्यासिस नं. ३२१२१००९७७७ मोडल १९६० को पुरानो मर्सरिज बेञ्च बसको रसीद नं. १२७६ मिति ०३२।६।३० मा भन्सार महसूल बुझाउनु भएको सो बस गाडीको कोर्नेटको म्याद ६ महीना भुक्तान भइसकेपछि तपाईंले खरीद गरी महसूल बुझाएको हुँदा भइरहेको नियमानुसार लाग्ने भन्सार महसूल र सरचार्ज दोब्बर लाग्ने भन्ने भन्सार दरबन्दीमा उल्लेख भइरहेकोमा सो मितिमा उल्लिखित दोब्बर महसूल असूल गर्न छुट हुन गएको देखिएबाट छुट हुन गएको महसूल रू.३५६६। सरचार्ज रू.७,८००।– र सो महसूल लाग्ने बिक्रीकर रू.१३०७।०९ समेत जम्मा रू.१२६७३।०९ अविलम्ब बुझाउनु हुन सुचित गरिएको छ भन्ने पत्र दिएको रहेछ । ३. छुट रकम बुझाउनु भन्ने पत्र प्राप्त गरेपछि निवेदकले राजस्व न्यायाधीकरणमा निवेदन चढाएकोमा भन्सारको पत्र र जवाफ अनुसार भन्सार महसूल निर्धारण भइसकेको देखिँदा त्यसलाई मात्र कारवाई भन्न नमिल्ने भएकोले रीत बेरीततर्फ निर्णय गर्न नमिल्ने” भनी आदेश गरियो । निवेदकले विदेशी नागरिकसँग मिनिबस खरीद गर्दा निज र निवेदकको बीचको सल्लाहले सो बसको मूल्यांकन नभई विपक्षी भन्सार कार्यालयमा गठित मूल्यांकन समितिले गरेको छानबीन र मूल्यांकन अनुरूप बस खरीद गर्ने कार्य गरेको हो मूल्यांकन हुनुभन्दा अघि ०३२।९।२२ मा भन्सार महसूल काटी पाउँ भनी निवेदन दिएको र ०३२।९।३० मा भन्सार ऐन, २०१९ को दफा ५ र भन्सार नियमावलीको नियम ५ अनुसारको कार्यविधि पुरा गरी प्रज्ञापनपत्र पनि भरेको थिए । प्रज्ञापनपत्र साथ दाखिल गरेको विवरण र कागजातको सत्यता बारेमा कुनै चुनौती भएको छैन । मूल्यांकन समितिले छानबीन र मूल्यांकन गर्दा गाडीको विविध स्थिति प्रमाण र कार्नेटको म्याद थप भए नभएको आदि कुरालाई ध्यानमा लिएको हुन्छ । यस प्रकार छानबीन र मूल्यांकनको परिणाम स्वरूप मूल्यांकन समितिद्वारा प्रदत्त स्वीकृति अनुसार ०३२ सालमा खरीद भएको सम्बन्