निर्णय नं. ३११ - लिखत बदर गरी जग्गा थामी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३११ - लिखत बदर गरी जग्गा थामी पाउँ भाग: ९ साल: २०२३ महिना: बैशाख अंक: १ फैसला मिति :२०२२/१०/१२ २२५१ निर्णय नं. ३११ ने.का.प. २०२३ फुल बेञ्च माननीय प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह माननीय न्यायाधीश श्री रत्नबहादुर विष्ट माननीय न्यायाधीश श्री वाशुदेव शर्मा माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री कालीप्रसाद उपाध्याय २०२२ सालको दे.फु.नं.१४५ प्रतिवादी : नथुनिया तेली समेत विरुद्ध विपक्षीको : जादोलाल तेली मुद्दा : लिखत बदर गरी जग्गा थामी पाउँ (१) विदेशीसँग विवाह भएमा यस सरहदको जग्गा राजिनामा गराई लिन पाउने अवस्था । प्र.हरू यसै सरहदमा जन्मेको कुरा देखिएकै छ । विदेशीसँग निजहरूको बैवाहिक सम्बन्ध भए तापनि यसै सरहदमा आई बसेको भनी प्र.हरूले जिकीर गरेको कुरा रजिष्ट्रेशन पास भएको लिखितमा मुदरी पनामाको वतन यसै सरहदमा लेखिएको र निजहरूका नामको म्याद पनि यसै सरहदमा तामेल भएकोले समेत पुष्टि गरेको छ । (प्रकरण नं. १६) (२) तत्कालिन अदलको २१ (५) नं.–हाम्रा मुलुकका रैयत बिराना मुलुकमा बसेका बखत जन्मेका सन्तान मुलुकमा आई बसेका र बस्नेले जग्गाहरू लिन अधिकार प्रदान गरेकै । तत्कालीन अदलको २१ नं.को ५ दफामा हद भएको बाहेक हाम्रा मुलुकका रैयतहरू बिराना मुलुकमा गए बसेका बखतमा जन्मेका सन्तानहरू हाम्रा मुलुकमा आई बसेका र बस्नेले पनि जग्गाहरू लिएको सदर हुन्छ भन्ने लेखिएको छ । यसै सरहदमा आई बस्छ भन्ने विदेशमा जन्मेको भए पनि यसै सरहदमा आइ बसेका छन भने, वंशजको नाताले र बासस्थानको कारणले यसै सरहदको जग्गा उपभोग गर्न दिन कानूनले रोकेको थियो भन्ने देखिंदैन । तसर्थ, उपरोक्त कारणहरूबाट इन्साफ ०२२।७।२६।५ को डिभिजन बेञ्चको मनासिव ठहर्छ । (प्रकरण नं. १७) प्रतिवादी तर्फबाट : प्लीडर कृष्णबहादुर श्रेष्ठ आदेश १. नथुनी मेरो जेठा बाबु पनि भएको र मलाई निजले धर्मपुत्र समेत राखेको । सो धर्मपुत्रको घरसारको कागज ०१० साल माघमा आगलागी हुँदा जली ०१५ साल आषाढ २५ गते मुदरीको लोग्ने लखन सा र पनमाको लोग्ने असरफी सा समेत सबगाढामा आई नथुनीको स्वास्नी घोधरीको मलाई अर्थात म लखनको स्वास्नी मुदरीको नाउँमा मौजे सबगाढाको ३५९ केसर बरसे पूर्व के ऽ४।।३ नं.३९२ काहिर से दक्षिण के ऽ१।२ नं.३७७ से खदरगाहि से उत्तर के ऽ२।।। नं.२७८ कमल सो उत्तर के ।ऽ। नं.२८० कमल से उत्तर के ऽ३ऽ४ समेत कित्ता ५ के जग्गा बिगहा ।।२ऽ४ फार्छे लेखीदिएकोले अब सो जग्गा म आवाद गर्छु भनी लखनले र नं.२८२ कमल सो उत्तर के ।ऽ। नं.३५९ सरवरसे पूर्व के ऽ४।।३ नं.३९३ केवर सो दक्षिण के ऽ१।२ नं.३९४ ऐन कित्ता से पूर्व के ऽ२।।। नं.२८९ के ऐ.कित्तासे पूर्व के ।ऽ।। नं.२८३ के कमल सो पश्चिम के ऽ४।३ समेत कित्ता ६ छ के जग्गा विगाहा १ऽ३।।।३ प्र.नथुनीको स्वास्नी घोधरीले मेरो स्वास्नी पनामालाई फार्छे लिखत गरी दिएकीले सो जग्गा म आवाद गर्छु भनी असरफी समेतले जग्गामा टन्टा लगाई दिएको र अन्यायीहरू भारततर्फको नागरिक भएकोले लिनु र बिक्री गर्नु नहुने लिखत बदर गरी सो लिखतको जग्गा म धर्मपुत्रको हकमा थामी पाउँ भन्ने समेत वादी । २. निज वादीलाई हामीले ल्याई धर्मपुत्र गराई घरमा राखेको पनि होइन । मेरो छोरी मुनरी पनमा विदेशी होइन । यसै सरहदमा मेरै घरमा जन्मेको र अहिलेसम्म मेरै गाउँ घरमा रहे बसेको हुँदा छोरीहरूकै नाउँमा फार्छे दिएको कुरामा विदेशीलाई दिएको भन्ने वादीको दावा उजुर पनि झुट्टा देखिएकै छ भन्ने समेत नथुनी समेतको प्रतिवादी । ३. हामीहरूको लोग्ने लखन असरफीहरू विदेशी हो