निर्णय नं. ९०७७ - उत्प्रेषण, परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९०७७ - उत्प्रेषण, परमादेश भाग: ५५ साल: २०७० महिना: फागुन अंक: ११ फैसला मिति :२०७०/०९/१६ ३३१७ नेकाप २०७० अङ्क ११ नि.नं.९०७७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री प्रकाश वस्ती आदेश मिति : २०७०।०९।१६।३ ०७०–WO–०३१४ विषय : उत्प्रेषण, परमादेश । निवेदक : जिल्ला उदयपुर, त्रियुगा नगरपालिका वडा नं. १ गाईघाटस्थित शुसम आदित्य विजय निर्माण सेवा प्रा.लि.को अख्तियारप्राप्त सुमन्त कोइराला विरूद्ध विपक्षी : अख्तियार दुरूपयोग अनुसन्धान आयोग, नक्साल काठमाडौंसमेत · एक पटक कानूनी प्रक्रिया पूरा गरी लिलाम गरिने सम्पत्तिको मूल्याङ्कन गरी लिलामसम्बन्धी कारवाही अगाडि बढिरहेको अवस्थामा अन्यथा हुने गरी स्पष्ट कानूनको अभावमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको निर्देशनको आधार मानी बैंङ्कले लिलाम प्रक्रिया नै बदर गरिएको कार्यलाई कानूनसम्मत मान्न नमिल्ने । (प्रकरण नं.३) · कानूनबमोजिमको अख्तियार प्राप्त गरेको निकायले निर्णय गर्दा कुनै कार्य गैरकानूनी वा अनियमित तवरले भएको रहेछ भने त्यस्तो निर्णय गर्दा कानूनसम्मत तवरले कारण र आधार खोली निर्णय गर्नुपर्ने । (प्रकरण नं.४) · अख्तियार दुरूपयोग अनुसन्धान आयोग जस्तो संवैधानिक अङ्गले कुनै अन्य निकायको कामको निगरानी वा अनुसन्धान गर्दा उक्त निकायले गरेको काममा कुनै खास गैरकानूनी काम गरी अख्तियारको दुरूपयोग गरेको हो वा अनुचित कार्य गरेको हो सो किटान गरी मात्रै अन्य निर्णय वा निर्देशन दिन सक्ने । · सर्वसामान्यरूपमा जुनसुकै निकायले आफ्नो कार्यक्षेत्रभित्र गरिरहेको कामको औचित्य वा बैधता जाँच्ने र विवेकको प्रयोगमा हस्तक्षेप गर्ने कुरा वाञ्छनीय र स्वीकार्य हुन नसक्ने । (प्रकरण नं.५) निवेदकतर्फबाट : विद्वान अधिवक्ताहरू शेरबहादुर के.सी., रामचन्द्र पौडेल विपक्षीतर्फबाट : वरिष्ठ अधिवक्ता निरञ्जन आचार्य र विद्वान सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सीना अवलम्बित नजीर : सम्बद्ध कानून : § बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३ आदेश न्या.कल्याण श्रेष्ठ : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२, १०७(२) बमोजिम यस अदालतको असाधारण अधिकारक्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार छ :- विपक्षी एन.आई.डि.सी. डेभलपमेन्ट बैंक लि. बाट मिति २०७०।२।५ मा विपक्षी बैंकको ऋण लगानी रहेको हिमाल सिमेन्ट कम्पनी लि.को विभिन्न मेसिनरी सामान, औजार, सवारी साधन, भवनलगायतका लिगलगापातसमेत लिलाम बिक्रीसम्बन्धी शिल्ड टेन्डर सूचना प्रकाशित भएकोमा, निवेदक कम्पनीलगायत अन्य कम्पनीहरूले उक्त सामानहरू खरीद गर्न टेन्डर फारामहरू बुझाएका थियौँ । टेन्डर फाराम बुझाउँदा पूरा गर्नुपर्ने सम्पूर्ण शर्त तथा नियमहरू पालना तथा पूरा गरी टेन्डर फाराम बुझाएको निवेदक कम्पनीले अन्य कम्पनी भन्दा अधिकतम् रकम अर्थात् रू.१५,२५,००,०००।– अर्नेष्ट मनिबापतको रकम रू.५५,००,०००।– दाखिला गरी टेन्डर फाराम पेश गरेको थिए । यसरी सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी टेन्डर फारम पेश गरी बाँकी रकम बुझाई सामान खरीद गर्ने प्रतिक्षामा रहेको निवेदक कम्पनीलाई सामान खरीद गर्न अनुमति नदिई विपक्षी बैंकबाट आलटाल गरिरहेकोले वास्तविकता माग गर्दा वास्तविक जानकारी नदिई विपक्षी अख्तियार दुरूपयोग अनुसन्धान आयोगको नाम लिई अख्तियार दुरूपयोग अनुसन्धान आयोग र बैंकबाट टेन्डर रोक्नु भन्ने आदेश छ भनी मौखिक जानकारी गराइएको र विपक्षी अख्तियार दुरूपयोग अनु