निर्णय नं. ३१२ - हाडनाता घटी बढी करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३१२ - हाडनाता घटी बढी करणी भाग: ९ साल: २०२३ महिना: बैशाख अंक: १ फैसला मिति :२०२२/१०/०१ ३०६८ निर्णय नं.३१२ ने.का.प. २०२३ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर विष्ट क्षेत्री न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री न्यायाधीश श्री हेरम्बराज न्यायाधीश श्री सुरेन्द्रबहादुर बस्नेत क्षेत्री ०२२ सालको फौ.फु.नं.६९ वादी : रत्नमणि पाध्या विरुद्ध प्रतिवादी : शान्ति पाध्यानी समेत मुद्दा : हाडनाता घटी बढी करणी (१) साविकको मुलुकी ऐनको जारिको १५ नं. र साधुले गर्न पाउने जारी खतको सजाय नयाँ जारीको २ नं.मा साधुले विवाह खर्च या कैदसम्म गराउन पाउने–केही फौजदारी मुद्दा खारेज गर्ने दण्ड सजाय मिन्हा दिने ऐन, २०२० साविक र हालको मुलुकी ऐनमा एकै अपराधमा घटि बढी सजाय तोकिएको देखिएमा जुन ऐनमा घटी सजाय छ सोहीबमोजिम सजाय तोक्नु पर्ने–ऐनले विवाह खर्च पाउने देखिएमा वादीलाई रोजाउन नमिल्ने । यस किसिमको जारी मुद्दामा साविक जारीको १५ नं.बमोजिम साधुले गर्न पाउने जारी खतको सजायको सट्टा नयाँ जारीको २ नं.मा विवाह खर्च लिने या कैद गराउन पाउने व्यवस्था भएको र केही फौजदारी मुद्दा खारेज गर्ने र दण्ड सजाय मिन्हा दिने ऐन, ०२० को दफा ५ को उपदफा २ को प्रतिवन्धात्मक वाक्यांश खण्ड (ख) मा त्यस्तो सजायको व्यवस्था गर्न कानूनमा त्यस्तो सजायको साथै विकल्पको रूपमा कैद दण्ड जरिवाना वा कुनै आर्थिक दण्ड सजाय वा दायित्वको समेत व्यवस्था भएको रहेछ भने त्यस्तो सजायको सट्टा कसुरदारलाई उपदफा (१) दफा (३) र (४) को अधिनमा रही सो कैद जरिवाना वा दण्ड सजाय वा दायित्व हुनेछ भन्ने उल्लेख भएको समेत पाइन्छ । सो दफा ५ को उपदफा (१) को खण्ड (क) मा साविकको मुलुकी ऐनले तोकेको सजाय भन्दा अनुसूचीमा उल्लेख भएको नेपाल ऐनमा बढी सजायको व्यवस्था रहेछ भने यस उपदफाबमोजिम सजाय तोक्दा साविक मुलुकी ऐनले तोकेको सजायमा नबढाई सजाय तोकिनेछ भन्ने उल्लेख भएकोले नयाँ जारीको २ नं.मा लेखिए मध्ये दुबै ऐनले स्वीकार गरेको विवाह खर्चसम्म पाउने देखिँदा सो विवाह खर्च लिन मञ्जुर गर्ने नगर्ने कुरा वादीलाई रोजाउन नमिल्ने देखिएन । (प्रकरण नं. १७) फैसला १. मेरो विवाहिता स्वास्नी शान्तिलाई र छोरीलाई घरमा छाडी ०७ सालमा विदेशमा गई ०२० सालमा घर आउँदा छोरी मरिछ । शान्ति ठुला बाबु ठकुरीसँग पोइल गई वेपत्ता भएको छ भन्ने कुरा भाइ चन्द्रमणिबाट बुझिएकोले ०१६।११।२६ मा शान्तिलाई पक्री ठकुरीसँग करणीमा विग्रीएकोमा सावित भई छोरीसमेत जन्मेको छ भनी भनेकीले सौंपुवा गर्न ल्याएको छु । जारीखतमा ठुला बाबु ठकुरीलाई गाउँबाट निकाला गरी पाउँ भन्ने समेत रत्नमणिको सौंपुवा फिराद । २. ०८ साल आश्विनमा साहिला देवरसँग करणीमा बिग्री त्यसको ४ दिन पछि निजसँग दोश्रापटक करणी भई महिना दिनपछि ठूला बाबुसँग देवर चन्द्रमणि कान्छो देवर नाम नजानेका र गौलीको छोरी नाम नजानेकी माहिली मैयाँ समेतले पोइल लगाई दिएबाट ठूला बाबुले स्वास्नी बनाई राखी छोरी १ छोरा १ जन्मेको छ भन्ने शान्तिको बयान । ३. मेरो विवाहिता बाहुनी तुल्सीमाया छ । शान्तिको मैले करणी गरेको छैन । शान्तिको करणी गर्ने ठूला बाबु भन्ने मक्करध्वज ठकुरी हो । मक्करध्वजसँग करणीमा ०८।१२।१० मा शंका भई शान्तिको घरमा जाँदा ढोका थुनी भित्र गुन गुन कुरा गरेकोमा पछाडि पट्टीको झ्यालबाट भागेको हुँ भन्ने समेत सावित देवर भनेको लिलामणिको प्रतिवादी । ४. ठूला बाबु मेरो जेठाजुको छोरा भएको र ठूला बाबुका पायकको केही जग्गा विक्री गरेको र