निर्णय नं. ३१३ - लुम्बिनी नामको साप्ताहिक पत्रिकाको प्रतिबन्ध हटाइ पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३१३ - लुम्बिनी नामको साप्ताहिक पत्रिकाको प्रतिबन्ध हटाइ पाउँ भाग: ९ साल: २०२३ महिना: बैशाख अंक: १ फैसला मिति :२०२३/०१/२१ २४०० निर्णय नं. ३१३ ने.का.प. २०२३ स्पेशलबेञ्च माननीय का.मु.प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट माननीय न्यायाधीश श्री नयनबहादुर क्षेत्री माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर ०२२ सालको दे.नं.१२९ निवेदक : सूर्यलाल प्रधान, प्रधान सम्पादक लुम्बिनी साप्ताहिक पत्रिका विरुद्ध विपक्षी : श्री ५ को सरकार पाल्ही माझखण्ड गोश्वारा मुद्दा : लुम्बिनी नामको साप्ताहिक पत्रिकाको प्रतिबन्ध हटाइ पाउँ (१) कस्तो छापिएको समाचार छापाखाना र प्रकाशनसम्बन्धी ऐन, २०१९ को दफा ५ (१) अन्तर्गत नपर्ने । सकारात्मक रूपमा छापी प्रकाश गरेको नभई, अबैध कार्यको शंका शिर्षक दिई प्रश्न सूचक चिन्ह दिई शंका गरिएकोसम्मलाई उपरोक्त ऐनको दफा ५(१) अन्तर्गतको अपराध गरे भएको भन्न नमिल्ने । निवेदकले छापी प्रकाश गरेको समाचार नेपाल अधिराज्य र कुनै मित्र राष्ट्रसँगको सम्बन्धमा वैमनस्य उत्पन्न गर्ने गराउने आशंकाको हो होइन भन्नेतर्फ विचार गरेमा वाएरलेश सेट राखी पाकिस्तानसँग यो यस्तो कुराको सम्बन्ध स्थापित गरी यो यस्तो काम गरी रहेको भन्ने समेत सकारात्मक रूपमा छापी प्रकाश गरेको नभई, अवैध कार्यको शंका भन्ने शिर्षकमा प्रश्न सूचक चिन्ह दिई शंका गरिएको भन्ने सम्म छापी प्रकाश गरेको देखिएको यस्तो कुरालाई नेपाल अधिराज्य र कुनै मित्र राष्ट्रसँगको सम्बन्धमा वैनमस्य उत्पन्न गर्ने गराउने आशंकाको समाचार भन्न नमिल्ने र विपक्षी पा.मा.गो.ले निवेदकलाई दिएको ०२२।८।२३।४ को आदेशमा नेपाल अधिराज्य र कुनै मित्र राष्ट्रसँगको सम्बन्धमा वैमनस्य उत्पन्न गर्ने गराउने आशंकाको समाचार छापेको भन्ने आरोप लगाउन सकेको देखिन समेत नआएको । मित्र राष्ट्रमा नराम्रो भावना पर्न जाने किसिमको समाचार छापी प्रकाश गरेको भन्ने आरोप लगाएको हकमा त्यस्तो आरोप छापाखाना र प्रकाशसम्बन्धी ऐन, ०१९ को दफा ५ (१) अन्तर्गत पर्ने नदेखिनाले । (प्रकरण नं. ७) निवेदक तर्फबाट : ए.भो.कुसुम श्रेष्ठ विपक्षी तर्फबाट : गभर्नमेन्ट एडभोकेट रतनलाल कनौडिया आदेश १. लुम्बिनी अञ्चल साप्ताहिक पत्रिका लुम्बिनी ०१९।७।२०।२ मा श्री ५ को सरकार पा.मा.गो.को संख्या १९७६। क.नं.५ अनुसार छापि प्रकाशित गर्न पाउने स्वीकृति विधिवत पाएको हो । सो पत्रिकाको सम्पादन र प्रकाशक म, निवेदक सूर्यलालबाट भई आएको थियो । अनेकन कठिनाई र अवर्णनीय संघर्षको बावजुद राष्ट्रिय अन्तरर्राष्ट्रिय समाचार घटना आदिहरूको समालोचनात्मक वर्णन बिभिन्न लेखको प्रकाशन तथा बिभिन्न विषयहरूमा विचारधाराको अभिव्यक्ति गर्दै संविधानमा व्यवस्थित मौलिक कर्तव्यलाई निभाउँदै संविधानमा प्रदत्त वाक र प्रकाशन स्वतन्त्रताको स्वस्थ सदुपयोग गर्दै जनता जनार्दनको सेवा गर्दै आएको हुँ । यस्तैमा अचानक २२।७।६।९ मा श्री ५ को सरकार पाल्ही माझखण्ड गोश्वारा भैरहवा पत्र संख्या ।२ च.नं १३८१ को पत्र म निवेदकलाई प्राप्त भयो । सो पत्रमा ०२२।७।१।१ मा अवैध कार्यको शंका भन्ने शिर्षक गरिएको समाचारमा औल्याउँदै मित्र राष्ट्रमा नराम्रो भावना पर्न जाने भ्रमात्मक समाचारको आधारमा प्रकाशन गर्नु भएको हो भन्ने कुराको स्पष्टीकरण माग्नुको साथै पत्रिका मुद्रण हुने निर्मल प्रिन्टिङ्ग प्रेसलाई रोक्का राखियो । मित्र राष्ट्रमा नराम्रो भावना फैलाउन समाचार छापेको होइन आदि मैले प्रष्टिकरण दिएको थिएँ । ०२२।८।२३।४ मा श्री ५ को सरकार पाल्ही माझखण्ड गोश्वाराको अञ्चलाधीश श्र