निर्णय नं. ३१४ - डाका

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३१४ - डाका भाग: ९ साल: २०२३ महिना: बैशाख अंक: १ फैसला मिति :२०२२/१०/०५ २१४४ निर्णय नं. ३१४ ने.का.प. २०२३ फुल बेञ्च प्रधान न्यायाधीश भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर विष्ट क्षेत्री न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह २०२२ सालको फौ.पु.नं.३४ प्रतिवादी : हाल जलेस्वर थुनामा बस्ने लखन सोनार विरुद्ध वादी : अपुन साहु मुद्दा : डाका (१) अ.बं.२०५ नं.मा रहेको “कसैको अपील उजुर परेकोबाट इन्साफ सजाय उल्टाई फैसला गर्दा, अपील गर्दा उजुर नदिने झगडियाका हकमा समेत इन्साफ सजाय उल्टिन जाने भयो” भन्ने शब्दको तात्पर्य–इन्साफ सजाय उल्टिने भई उल्टाई फैसला गर्दा सोही कारणबाट उही सरहका अपील उजुर नगर्ने अरू झगडियाका हकमा समेत इन्साफ सजाय उल्टिन जाने ऐनको मनसाय । अ.बं.२०५ नं.मा एकै मुद्दामा हार्ने झगडिया मध्ये कसैको अपील उजुर परेकोबाट जाँचिदा इन्साफ सजाय उल्टिने भई सो इन्साफ सजाय उल्टाई फैसला गर्दा अपील नगर्ने झगडियाको हकमा समेत इन्साफ सजाय उल्टिन जाने भयो भने त्यस्तोमा अपील उजुर परेको छैन भनी सदर गरी दिनु हुँदैन । अपील उजुर नदिनेको हकमासमेत अपील उजुर दिने सरह उल्टाई छिनी दिनु पर्छ भन्ने उल्लेख भएको पाइन्छ । (प्रकरण नं. ११) कसैको अपील उजुर परेकोबाट इन्साफ सजाय उल्टाई फैसला गर्दा अपील उजुर नदिने झगडियाका हकमा समेत इन्साफ सजाय उल्टिन जाने भयो भने भन्ने शब्दको तात्पर्य एकजनाका हकमा उल्टी हुँदा अरूका हकमा पनि स्वतः उल्टिने । सामूहिक उत्तरदायित्व भएको सामूहिक विषयहरूको मुद्दाका लागि मात्र हो कि भन्ने तर्क गर्न व्यक्ति विशेषको मुद्दाहरूमा पनि हार्ने झगडिया मध्ये कसैको अपील उजुर परेकोबाट जाँचिदा इन्साफ सजाय उल्टिने भयो र सोही कारणबाट उही सरहका अपील उजुर नगर्नेहरूका हकमा पनि इन्साफ सजाय उल्टिन जाने देखिन्छ भने अरुका हकमा अपील उजुर परेको छैन भनी अपील उजुर गर्नेका हकमा मात्र त्यसरी उल्टाई फैसला गर्दा एकै मुद्दाका एकै सरहका हार्ने झगडिया मध्ये अपील गर्नेको हकमा एकथोक अपील नगर्नेको हकमा अर्को थोक इन्साफ सजाय कायम हुन गई कानून र न्यायको सिद्धान्तमा एकरूप नआउने हुनाले यी सब कुराहरूलाई ध्यानमा राखेर विचार गर्दा,, सामूहिक या व्यक्ति विशेष जस्तोसुकै मुद्दाहरूमा पनि हार्ने झगडिया मध्ये कसैको अपील उजुर परी इन्साफ सजाय उल्टिने भई उल्टाई फैसला गर्दा सोही कारणबाट उही सरहका अपील उजुर नगर्नेहरू झगडियाका हकमा समेत इन्साफ सजाय उल्टिन जाने भयो भने यस्तो अवस्थामा त्यसरी उल्टाई फैसला गर्न हुने उक्त ऐनको मनसाय प्रष्टै देखिन्छ । अपील उजुर नदिनेका हकमा विचार गर्न अप्रासंगिक हुने र त्यस्ता व्यक्तिहरूलाई कसरी कसुरदार ठहराईए भनी तथ्यहरूको मूल्यांकन गरी हेर्न नमिल्ने भन्न मिल्दैन । (प्रकरण नं. १२) फैसला १. ०१५ साल बैशाख २ गतेका दिन रातमा मेरो परिवार भात खाई सुतेपछि अं.१२।१५ जना डाकाहरू आई मलाई समाती बन्दूकका कुन्जाले टाउकामा हानी रगतपक्ष पारी तपसीलको धनमाल डाका गरी भागेकोले डाका पत्ता लगाई बिगो रु.२३३७। दिलाइ पाउँ भन्ने अपुन साहुको ०१५।१।७ गतेको जाहेरी दरखास्त । २. ०१५ साल बैशाख महिना हो । गते बार सम्झना छैन म र लखन सोनार समेत भई अपुन साहु तेलीको घर डाका गरी भाग्यौं । त्यसपछि ऐ.साल श्रावण महिना हो गते बार सम्झना छैन म र निज लखन सोनार समेत भई हरि मरिजंबदी बस्ने नाउँ नजानेको ग्वारको घरमा डाका गर्‍यौं र हामी भाग्यौं । मौकैमा साथीमध्ये जुमन धुनीयाँ १ लखन सोनार १ समेत २ जनालाई गाउँलेहरूले पक्रेछन् । म भागेको थिए