निर्णय नं. १४६० - गाली वेइज्जती
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १४६० - गाली वेइज्जती भाग: २३ साल: २०३८ महिना: श्रावण अंक: ४ फैसला मिति :२०३८/०४/०५ ४०९० निर्णय नं. १४६० ने.का.प. २०३८ अङ्क ४ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३५ सालको फौजदारी पुनरावेदन नम्बर १२६ फैसला भएको मिति : २०३८।४।५।२ मा पुनरावेदीका : जिल्ला काठमाडौं का.न.पं.वानेश्वर वडा नं. १० बस्ने कमल राणा विरुद्ध विपक्षी : का.जि. का.न.पं. वार्ड नं. ३३ डिल्लीबजार बस्ने अंगुर बाबा जोशीसमेत मुद्दा : गाली बेइज्जती (१) गोरखापत्रमा सम्पादकलाई चिठ्ठी भन्ने स्तम्भको नेपाल महिला संगठन केन्द्रको भनाई भन्ने शीर्षक राखी प्रतिवादीद्वारा लेखिएको लेखाई स्वभाविक निष्कर्ष आउने गरी समग्रमा पढ्दा (Read in its Forality, so as to reach a natural inference) उक्त लेखका शब्दहरू अपमानजनक देखिन्छ, यस्तो लेख लेखेमा मध्यमाञ्चल क्षेत्रीय अदालतले प्रतिवादीलाई गाली बेइज्जती ऐन, २०१६ को दफा ३ बमोजिम कसूरदार ठहराई सजाय गर्ने गरेकोमा अन्यथा गर्न नमिल्नेमा पनि उक्त क्षेत्रीय अदालतले नेपालको संविधानको धारा ७३ को त्रुटि गरेको समेत नदेखिँदा पुनरावेदीकाको प्रतिवादी पुनरावेदन जिकिर पुग्न सक्ने नदेखिने । (प्रकरण नं. १५) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री गणेशराज शर्मा विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त उल्लिखित मुद्दा : फैसला न्या. बासुदेव शर्मा : मध्यमाञ्चल क्षेत्रीय अदालतका ०३५।१।२५ का फैसला उपर प्रतिवादी कमल राणाको निवेदनबाट पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकारको रहेछ : २. गोरखापत्रको मिति २०२७ माघ २ गते अंकको पृष्ठ ४ मा सम्पादकलाई चिठ्ठी भन्ने स्तम्भ “नेपाल महिला संगठन केन्द्रको भनाई” भन्ने शीर्षक अन्तर्गत हामी सबैजनाको अपमान र बेइज्जत हुने गरी निराधार गलत झुठ्ठा कुराहरू लेखी विपक्षी कमल राणाले छपाउनु भएको छ २०२७ पौष २६ गतेको गोरखापत्रको “सम्पादकलाई चिठ्ठी” भन्ने स्तम्भमा “नेपाल महिला संगठन काठमाडौं जिल्लाको भनाई” भनी सम्पूर्ण जिल्ला संगठनको तर्फबाट छापिएको चिठ्ठीको उल्लेख गर्दै श्रीमती कमल राणाले आफ्नो चिठ्ठीमा म अंगुर बाबा जोशीको व्यक्तिगत नाम समेत उल्लेख गरी “पैसाको हिनामिना गर्दा पनि अधिकारीद्वारा नियन्त्रण हुनुको बदला झन थमौती गरी दिँदा लाखौ रुपैयाँको हिनामिना गर्न निलम्बित श्रीमती अंगुर बाबा जोशीले प्रोत्साहन पाए” भन्दै संगठनलाई नै भ्रष्टाचारमा फसाई आफू उम्कने दाउ गरी श्रीमती जोशीले गरेको प्रमाणित भ्रष्टाचारबाट यस संगठनको जिल्ला इकाइलाई मुक्ति गराउने सदबुद्धि निलम्बित श्रीमती अंगुर बाबा जोशीलाई भगवानले प्रदान गरुन भनी श्रीमती कमल राणाले मेरो अपमान र बेइज्जती गर्नुभएको स्वतः प्रष्ट छ । नेपाल महिला संगठन ऐन, २०२५ को दफा १६ र ने.म.स.को विधान ०३६ को दफा १५।१८ र २०(१) अनुसार ने.म.सं.का जिल्लाको आयव्ययको हिसाब श्री ५ को सरकारबाट मनोनित भई कोषाध्यक्ष धनराज्य लक्ष्मी शाहको जिम्मा भएको कुरा बुझ्दा बुझ्दै पनि जानी बदनीयत लिई सभापति अंगुर बाबा जोशीलाई आलोचना बनाएको जस्तो गरी सभापति र कोषाध्यक्षको अलावा हामी सदस्य मध्ये म लक्ष्मी राज्य लक्ष्मी शाह म करुणा शाह, म साहना प्रधान म विन्दु कोईराला र म निर्मला भट्टराई समेत सबैको बेइज्जती र अपमान गर्नुको साथै निराधार गलत झुठ्ठा कुरा प्रकाशित गराई विपक्षी गोपालप्रसाद भट्टराई गोरखापत्रको सम्पादक हुनुभएकोले कमल