निर्णय नं. १४६१ - छाप दस्तखतसमेत कीर्ते
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १४६१ - छाप दस्तखतसमेत कीर्ते भाग: २३ साल: २०३८ महिना: श्रावण अंक: ४ फैसला मिति :२०३८/०४/१८ २६७८ निर्णय नं. १४६१ ने.का.प. २०३८ अङ्क ४ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् २०३६ सालको फौ.पु.नं. १८२ फैसला भएको मिति : २०३८।४।१८ मा निवेदक : भक्तपुर जिल्ला वोडे गा.पं. वडा नं. ७ विष्णुघाट बस्ने पूर्णकुमारजी श्रेष्ठ विरुद्ध विपक्षी : श्री ५ को सरकार मुद्दा : छाप दस्तखतसमेत कीर्ते (१) सरकारी अड्डाको छाप र हाकिमको दस्तखत कीर्ते गर्यो भनी प्रस्तुत मुद्दा चलेको छ तर पुनरावेदकले कीर्ते मात्र गरेको नभई उक्त क्रियाबाट जग्गा प्राप्त गर्न खोजेको छ भन्ने कुरा मुद्दाको प्रकृतिबाट देखिन्छ । यस्तोमा भ्रष्टाचार निवारण ऐन, २०१७ अन्तर्गत विशेष प्रहरी विभागले दायर गर्नुपर्ने मुद्दा उक्त विभागले दायर गरेको देखिएन । अतः सरकार वादी भई चलेको प्रस्तुत मुद्दा चल्न नसक्ने भई खारेज हुने ठहर्छ । (प्रकरण नं. ११) निवेदक प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शर्वज्ञ रन्त तुलाधर विपक्षी वादी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधर उल्लिखित मुद्दा : फैसला न्या. बासुदेव शर्मा : न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३(५) को खण्ड (ख) बमोजिम पुनरावेदनको अनुमति पाई पेश हुन आएको मुद्दाको संक्षिप्त तथ्य निम्न प्रकार छ : ०३०।२।१० गते भक्तपुर जिल्ला वोडे गा.पं. वडा नं. ७ विष्णुघाट टोल बस्ने पूर्णकुमार जी श्रेष्ठले भक्तपुर मालअड्डाको नाम राखी हाल आवादी पूर्जी व्यहोराको पर्चा खडा गरी सरकारी नोकरीबाट मुक्त भइसकेको हाकिम बैकुण्ठलालको कीर्ते सहिछाप गरी कीर्ते पूर्जी बनाई ०२७।१०।४ गते पास गरी लिएको विष्णुहा टोलमा पर्ने ३ तले घरको उत्तर पट्टिको जग्गा हाल आवादी दर्ता गराएको छु भनी मालको श्रेष्ता समेत कीर्ते गरी खिचोला गरेको हुनाले निजलाई कारवाई गरिपाउँ भन्ने तेजबहादुर समेतको जाहेरी दरखास्त । २. पूर्व तुल्सीनारायण समेतको पश्चिम चर्वी उत्तर कुलबहादुर चक्रमान दक्षिण तेजबहादुर ४ किल्ला भित्रको बोडे गा.पं. वडा नं. ७ मा पर्ने अ.रोपनी २ आना जग्गा मैले माल पहिला भक्तपुरबाट आवाद गर्न पाउने गरी ०२१।५।५ मा पर्चा खडा गरी मलाई दिएको ०१७ सालमा दरखास्त दिई ०२० सालमा सर्जमिन र ०२१ सालमा पर्चा भई हाल आवादीको पुर्जी पाएको होइन नाम नजानेको २ जवान कर्मचारी बारम्बार आई खानपिन गरेपछि आवादीको जग्गा मिलाई दिनुपर्यो भन्दा हुन्छ भनी गएका एक महीना पछी दुवै जना आई तिमीलाई हाल आवादीमा दर्ता गरेका छौं पर्चाको नक्कल लिनु भनी यसै मिसिलबाट पञ्चायतबाट दाखिला हुने व्यहोराको पर्चा दिई गएका हुन । ०१७ सालमा दरखास्त दिई ०२० सालमा नापी समेत भई हाल आवादीमा दिने ठहरी ०२१ मा पर्चा भएको भन्नु भनेको हुनाले निज मालका कर्मचारीका भनाई अनुसार लेखाई दिएको भन्ने अभियुक्त पूर्णकुमार जी श्रेष्ठको कागज । ३. सरकारी कार्यालयको छाप दस्तखत समेत कीर्ते गर्यो भन्ने जाहेरी तथा विपक्षीको कागज र भू.प्र.का.भक्तपुरको उक्त जवाफ समेतबाट विपक्षी पूर्णकुमारले मुलुकी ऐन कीर्ते कागजको १,३,४ नं. अनुसार कीर्ते गरेको स्पष्ट हुन आउँछ कीर्ते कागजको ९,१२ नं. बमोजिम सजाय हुन र मालका कर्मचारी २ जना उपर अनुसन्धान जारी नै राखी पछि फेला पर्न सके छुट्टै वादी लिने समेत अनुरोध गर्दछौ भन्ने प्रहरी प्रतिवेदन । ४. मेरो घरजग्गा थिएन जाहेरवालाको घरमा बसेको थिए । नगिचै पनि जग्गा भएकोले हाल आवादीमा दर्ता गरिपाउँ ०