निर्णय नं. ३१९ - जग्गा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३१९ - जग्गा भाग: ९ साल: २०२३ महिना: बैशाख अंक: १ फैसला मिति :२०२३/०२/३२ २३१० निर्णय नं. ३१९ ने.का.प. २०२३ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री मीनबहादुर थापा क्षेत्री न्यायाधीश श्री सुरेन्द्रबहादुर क्षेत्री न्यायाधीश श्री कालीप्रसाद उपाध्याय २०१९ सालको पहिलो डिभिजन दे.फु.नं.१६६ निवेदक : तिर्थराज उपाध्याय विरुद्ध प्रतिवादी : ऐटन कृष्णबहादुर ठकुरी समेत मुद्दा : जग्गा (१) कस्तो अवस्थाको कस्तो लिखित सद्दे या जालसाजी के हो ? भन्नेतर्फ अदालतले विचार गर्नु नपर्ने । सट्टा पट्टा भनेको लिखित ऐनबमोजिम रजिष्ट्रेशन पास भएको नदेखिएको र उसमा पनि झगडा परेको खेत मुरी ।८ वादीको लोग्नेको हकको भन्ने दर्ता भोग तिरो समेतको प्रमाण बेगर ती लिखितहरूका आधारमा मात्र झगडा परेको जग्गा वादीको हक ठहर्न सक्ने अवस्था नहुनाले ती लिखतहरू सद्दे या जालसाजी के हो भन्नेतर्फ विचार गर्न परेन । (प्रकरण नं. १६) फैसला १. लोग्ने हिरादत्त अर्ध लठेब्रोसँग मेरो ५ वर्षको उमेरमा विवाह गरी दिएका । लोग्नेका अंशको आम्बोटे खेत ।१६ र मकैको बिउ पाथि २ जाने पल्लो बारीमा घर गरी बसी भोगी आएका प्र.कृष्णबहादुरले तेरा दाजु तुलप्रसादसँग सो आधी घर बारी खेत राजिनामा गरी लिएको छु । पञ्चायतमा हिरादत्त, पद्मनाथ समेतको झगडा परी डिसमिस भएको छ । तेरो हक छैन भनेकाले सो लिखतहरू बदर गरी पाउँ भन्ने समेत वादी । २. तुलप्रसादका हक भोग तिराको खेत मुरी ८ मो.रु.६००।–मा स्वास्नी फणिन्द्र लक्ष्मीलाई ०७।९।२५ गते राजिनामा पास गरी दिई तालुकदार मु.जयबहादुर मार्फत रु.७ तिरो बुझाउने गरी र पाखो रु.९५।–मा ०७।२।९ गते राजिनामा गरी दिएबाट भोग गरी आएको छु । वादीको लोग्ने हिरादत्तले पशुपति पञ्चायतमा उजुर गरेकोमा समेत पैरवी गर्न नसकी डिसमिस भएको छ भन्ने समेत कृष्णबहादुर ठकुरीको र तुलप्रसादको जिम. चित्र गुप्त मार्फत तिरो गर्नु पर्ने आम्बोटे खेत मुरी ८ रु.३००।। मा ०७।९।२५ गते राजिनामा गरी लिई भोगेकी छु । वादीको खेत मुरी १६ नभई मुरी ८ निजले नाउँसारी गरी भोगेको छुट्टै छ । बारी पनि निज तुलप्रसादबाट मेरो लोग्नेले राजिनामा गरी लिई भोगेको छ भन्ने समेत फणिन्द्र लक्ष्मी समेतको प्रतिवादी । ३. प्र.हिरादत्त समेतले शुरु म्याद गुजारेको । ४. म्यादतर्फ सर्वोच्च अदालत डिभिजन बेञ्चबाट ०११।९।२९।२ मा थामि आएकोले केही विचार गरी रहनु नपर्ने । पाखातर्फ शिवप्रसादका नाउँमा दर्ता देखिएको छोरा तुलप्रसादले बिक्री गरेको देखिँदा सदरै हुने र खेततर्फ पनि २००० सालमा खडानन्द समेत ७ मोही दर्ता भएको ०८।२।२५ मा सातै जना मोहिको पृथक–पृथक नाम खुलाई हिरादत्तका नाउँमा ८ मुरी र प्र.फणिन्द्र लक्ष्मीका नाउँमा २४ मुरी माटो खुलाई नुवाकोट मालमा आफै हाजिर भई दर्ता गरेको भन्ने नु.मालको जवाफबाट देखिएकोले समेत लिखत बदर गरी पाउँ भन्ने वादी दावी झुठ्ठा ठहर्छ भन्ने समेत अपील पहिला फाँटको ०१२।१२।१०।६ को फैसला । ५. प्रतिवादीहरूले तुलप्रसादको हक पुग्ने निस्सा कुनै देखाउन नसकि म्यादै गुजारी बसेको समेतबाट सो ०८ सालमा लोग्नेको सहिछाप गराएको र मेरो खेत मुरी ८ फणिन्द्र लक्ष्मीको नाउँमा घुसाई दर्ता गरेको ऐनले सदर नहुने । बारीको हकलाई पनि रु.१७ तिराको उपल्लो बारी लोग्नेले ०१।१०।२२ मा सप्तनाथ अधिकारीबाट राजिनामा गराई लिए । ०७ सालसम्म हामीले भोगि आएको सो खेत बारी तुलप्रसाद समेत कसैले भन्न नसकेको हुनाले समेत अपील पहिलाको इन्साफमा चित्त बुझेन भन्न