निर्णय नं. ३२१ - जालसाजी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३२१ - जालसाजी भाग: ९ साल: २०२३ महिना: बैशाख अंक: १ फैसला मिति :२०२३/०१/१७ २४९९ निर्णय नं. ३२१ ने.का.प. २०२३ फुल बेञ्च न्यायाधीश श्री हेरम्बराज न्यायाधीश श्री सुरेन्द्रबहादुर बस्नेत क्षेत्री न्यायाधीश श्री कालीप्रसाद उपाध्याय ०२२ सालको फौ.फु.नं.३३ निवेदक, वादी : नरेन्द्रकुमारी रायमाझी विरुद्ध विपक्षी, प्रतिवादी : गोबिन्द नरसिं रायमाझी मुद्दा : जालसाजी (१) तत्कालिन प्रचलनमा रहेको कीर्ते कागजको ३ नं.– कस्तो काम कुरालाई जालसाजी मानिने र कस्तो कागजात सा ेको परिधी भित्र नपर्ने ? तत्काल प्रचलित कीर्ते कागजको ३ नं.मा “अर्काको हक मेट्ने, हदम्याद तारिख जाने वा कुनै तरहसँग नोक्सान पार्ने इत्यादि जुनसुकै मतलतबले होस नगरे नभएको झुठ्ठा कुरा गरे भएको हो भनी वा मिति अंक फरक पारी सहिछाप गरी दिने लिने दुबै थर मिली कागज लेखी सहिछाप गरी दिने लिने कारवाही गर्ने जो हो जालसाजी गर्ने ठहरी बात लाग्छ” भन्ने उल्लेख भएको देखिन्छ । प्रस्तुत केशमा बाबु बाल नरसिंको र कान्छो भाइ गोबिन्द नरसिंको नाउँमा दर्ता भएको बिर्ता रैकर जग्गा सबै तिनै भाइले बराबर बण्डा गर्नुपर्ने हो तापनि अन्ततक बुबा मुमाको साथ बसी बुबा मुमाको सेवा सम्हार भाइ गोविन्द नरसिंले गरेको र उहाँहरू जिबीत छदै उहाँहरूले दिनु भएको राय मुताबिक सो अचल जेथाको ४ भाग गरी २ भाग गोबिन्द नरसिंले र बाँकी २ भागमा ओम नरसिं टेक नरसिंले बराबर गरी लिने दिने भन्ने समेत व्यहोरा पारी खुदै बण्डा गरी दिने लिने पाउने हक भएका व्यक्ति वादीका लोग्ने समेतले मञ्जुर गरी ०९१।२।७।५ मा बण्डा पास गरी दिए लिएको देखिएको । नगरे नभएको झुठ्ठा कुरा गरे भएको भनी उक्त बण्डापत्र पास गरी दिए लिएको नदेखिएकोले यस्तो कुरा उक्त कीर्र्ते कागजको ३ नं.अन्र्तगत जालसाजीको परिभाषा भित्र पर्न नआउने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : एडभोकेट मधुप्रसाद विपक्षी तर्फबाट : प्लीडर ठाकुरप्रसाद खरेल फैसला १. ससुरा क.बाल नरसिंहको २ स्वास्नी जेठीतर्फका मेरा खसम प्र.ओम नरसिं कान्छी तर्फका प्रतिवादी देव नरसिं, टेक नरसिं, गोविन्द नरसिं, समेत ४ भाइ छोरा भएकोमा प्र.ओम नरसिंले म माथि सौता हाली मदेश गई बस्नु भएकोले देवर गोविन्द नरसिंले पनि दुःख दिन लागेकाले ०११।२।१ मा मानो छुट्टी बसेको । प्रतिवादीहरू सबै मिली मेरो अंश मार्नका लागि देव नरसिंले अंश छाडेको भनी अरु भाइले ८७ सालमा चल सम्पति लिई सकेकोले बाँकी अचल ४ भाग लगाई २ भाग गोबिन्द नरसिं र १।१ भाग मेरा खसम र टेक नरसिंको भाग गरी ०१०।१०।१५ मा बण्डा गरेको भनी अघिको मिति हाली ०११।२।७ मा खजहनि मालमा जालसाजी बण्डापत्र पास गर्नु भएको रहेछ । ०१०।१०।१५ मा बण्डापत्र गरेको भए ०१०।१२।२७ मा ओम नरसिं, टेक नरसिंले, गोबिन्द नरसिंलाई बण्डाको काम हल गर्न जाउ भनी चिठ्ठी कसरी लेख्नुभयो ? मेरो अंश मार्नका लागि पुर्खाका धनमा मेरो मञ्जुरी बेगर बण्डा गर्न नपाउनेमा गरेको सो जालसाजी बण्डापत्र बदर गरी पाउँ भन्ने समेत नरेन्द्रकुमारीको फिरादपत्र । २. वादी दाबी बिलकुल झुठ्ठा हो । जालसाजी बण्डापत्र गरेको छैन । देब नरसिंले आफ्नो हक अंश पहिले नै छाडी सकेकाले बाँकीमा भाइ भाइको चित्त बुझी भाइ गोविन्द नरसिंले पिताको अन्त्य अवस्थामा स्याहार सम्भार गरेकोले आ–आफ्ना खुशीले भाइ गोविन्द नरसिंलाई आधा र बाँकी आधामा म ओम नरसिं र टेक नरसिंले आधा गरी लिएको हुँ । त्यसमा वादीको हकै नपुग्ने हुँदा वादी दाबी खारेज हुनु पर्ने भन्ने समेत ओम नरसिं, टेक नरसिंको छुट्टा छुट्टै प्रतिवादी । ३. ०१