निर्णय नं. ३२२ - उत्प्रेशणको आदेश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३२२ - उत्प्रेशणको आदेश जारी गरी पाउँ भाग: ९ साल: २०२३ महिना: बैशाख अंक: १ फैसला मिति :२०२२/१२/०१ २३६८ निर्णय नं. ३२२ ने.का.प. २०२३ डिभिजन बेञ्च माननीय न्यायधीश श्री नयनबहादुर खत्री माननीय न्यायधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०२२ सालको रीट नम्बर ७३ निवेदक : भैरहवा जेल बन्दी देवीप्रसाद तेली विरुद्ध विपक्षी : पा.मा.गो.विशेष अदालतका अधिकारी श्री अञ्चलाधीश पूर्ण सिं समेत मुद्दा : उत्प्रेशणको आदेश जारी गरी पाउँ (१) विशेष अदालत ऐन, २०२३ को दफा ४३ ले परेको मुद्दा झिकी वा पर्नसक्ने मुद्दाहरू विशेष अदालतलाई सुम्पन सकिने भूमिसम्बन्धी ऐनको दफा ३२ अन्र्तगतका मुद्दा नियममा तोकेपछि विशेष अदालतले हेर्न छिन्न मिल्ने नै । भूमिसम्बन्धी ऐनको कतिपय दफा अन्र्तगतका मुद्दाहरू सुम्पेको २१।१०।२६ को गजेटमा प्रकाशित सूचनाबाट देखिन्छ । परेको मुद्दा झिकी वा पर्न सक्ने मुद्दाहरू विशेष अदालतलाई सुम्पन सक्ने अधिकार विशेष अदालत ऐनको दफा ३ मा व्यवस्था गरेको देखिन्छ । सोही अधिकार प्रयोग गरी सरकारले भूमिसम्बन्धी ऐनको दफा ३२ अन्र्तगतका मुद्दाहरू सुम्पेकोमा भूमिसम्बन्धी नियममा अदालत ताकेपछि सो तोकेको अदालतको अधिकार क्षेत्रका मुद्दाहरू विशेष अदालतले हेर्न छिन्न मिल्दैन भनी भन्न मिल्दैन । (प्रकरण नं. ६) (२) भूमिसम्बन्धी ऐनको दफा ५५–अन्यथा बाहेक ऐनबमोजिम तोकिएको अदालतको निर्णय अन्तिम हुने । भूमिसम्बन्धी नियमको दफा १२ तोकिएको अदालतले छिनेको मुद्दामा अपील नलाग्ने । विशेष अदालतले भूमिसम्बन्धी ऐन अन्र्तगत तोकेको अदालत नभई विशेष अदालत ऐन, २०१३ अन्र्तगत गठित भएकोमा विशेष अदालत ऐनको दफा ८ मा अपीलको व्यवस्था भएको हुँदा उक्त ऐन विशेष अदालत ऐनमा अपीलको व्यवस्था भएको र भूमिसम्बन्धी ऐनको दफा ३२ मा सुम्पेकोमा भनी अपील लाग्दैन भनी कटाई कानूनी व्यवस्था नहुँदा यस्तोमा अपील नलाग्ने भन्न नमिल्ने अपील लाग्ने । भूमिसम्बन्धी ऐनको दफा ५५ मा यो ऐनमा अन्यथा लेखिएकोमा बाहेक यो ऐन अन्र्तगत तोकिएको अदालतमा परेको मुद्दा मामिलामा सो अदालतबाट भएको निर्णय अन्तिम हुनेछ र त्यस उपर कुनै अदालतमा अपील वा उजुर लाग्ने छैन भन्ने लेखेको हुँदा भूमिसम्बन्धी नियमावलीको नियम १२ मा तोकिएका अदालतले छिनेको मुद्दाहरूमा अपील नलाग्ने अन्तिम हुने कुरा प्रष्ट देखियो । तर विशेष अदालतलाई सरकारले भूमिसम्बन्धी ऐनको दफा ३२ अन्तर्गतको मुद्दाहरू सुम्पेकोमा सोही ऐनबमोजिम अन्तिम हुने हो कि भन्नालाई विशेष अदालत भूमिसम्बन्धी ऐनबमोजिम तोकेको अदालत नभई विशेष अदालत ऐनबमोजिम गठित अदालत भएको र त्यस्तो विशेष अदालतले छिने उपर अपील लाग्ने गरी विशेष अदालत ऐनको दफा ८ मा व्यवस्था भएकै देखिएकोले र विशेष अदालत ऐन, २०१३ बमोजिम गठित विशेष अदालतबाट छिनेकोमा अपील लाग्ने भएपछि भूमिसम्बन्धी ऐन दफा ३२ अन्र्तगतका मुद्दाहरू सुम्पेकोमा भने अपील लाग्दैन भनी कटाई कानूनी व्यवस्था नभए पछि विशेष अदालतले छिनेकोमा अपील लाग्दैन भन्नु विशेष अदालत ऐनको बिपरीत हुन जाने स्पष्ट देखिएकोछ । यस्तो अपील लाग्ने मुद्दामा अपील नलाग्ने भन्नु विशेष अदालतको निर्णय मिलेको देखिंदैन । (प्रकरण नं. ६) निवेदक तर्फबाट : एडभोकेट बेदप्रसाद धिताल विपक्षी तर्फबाट : गभर्नमेन्ट सिनियर एडभोकेट रमानन्दप्रसाद सिंह आदेश १. महुवाटीकर २ आना जिमिदारीको आदेश विगाहा ८।।१।।०।।। चक्रमानले राजिनामा दिनु भयो । सोही २ आना जिमिदारीको विगाहा ८।।१।।०।।। साल २२ को बाली देखिलाई चक्रमानले दिने मेरो भाइ लिने गरी राजिनामा पास भए