निर्णय नं. ३२३ - जालसाजी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३२३ - जालसाजी भाग: ९ साल: २०२३ महिना: बैशाख अंक: १ फैसला मिति :२०२३/०२/२८ २३५६ निर्णय नं. ३२३ ने.का.प. २०२३ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री हेरम्बराज फौ.फु.नं.३५ निवेदक : पू.नं.दिङ्गला तुगंचा पञ्चायतका प्रधानपञ्च रमानाथ खतीवडा समेत विरुद्ध विपक्षी : सुर्येबहादुर बस्नेत क्षेत्री मुद्दा : जालसाजी (१) गाउँपञ्चायत ऐन, २०१८ को ७१ (१) र देहाय (क) र (ख)–गाउँ सभा, गाउँ पञ्चायत गाउँपञ्चायतका सदस्य गाउँ सभाका कर्मचारीले वा तिनीहरूले काममा लगाएका व्यक्ति उपर नालेस गर्दा मुद्दा चलाउन कारण वादी हुने र निजको वारेस भएको नाम ठेगाना खोली लिखित नोटिस त्यस्तो ब्यक्तिलाई बुझाएको वा हुलाकद्वारा रजिष्टरी गरी पठाएको १ महिना ननाघि र मुद्दा चलाउने कारण भएको ८ महिना भित्रै मुद्दा चलाउनु पर्ने । पञ्चायतको हैसियतले गरेको कामकारवाईमा नालिस गर्न पर्दा ऐनको दफा ७१ (१) र देहायको (क) र (ख) बमोजिम हदम्याद भित्र मात्र नालेस लाग्ने । कोरम पनि नपुगेकोले तुगेछा ग्राम पञ्चायतमा गई बुझाउनु बुझी दिनु भन्ने मुलपानी ग्राम पञ्चायतका उप–प्रधान र दुई जना सदस्य समेतको सिफारिसको आधारमा तुगेछा पञ्चायतबाट आय टिकट वापत दस्तुर लिई भरपाई गरी दिएको भन्ने देखिएको आय टिकट ऐन, २०१९ अनुसार आय टिकट दस्तुर बुझ्न हुने अधिकार दिएको सम्झी पञ्चायतको हैसियतले गरेको काम कारवाहीलाई जालसाजी भन्ने उजुर दावी भएको देखिएकाले यस्तोमा पञ्चायतका सदस्यहरू उपर नालेस उजुर गर्दा उक्त गाउँ पञ्चायत ऐन, २०१८ को दफा ७१ को (१) र त्यस्को देहाय (क) र (ख) बमोजिमकै तरिका अपनाउनु पर्ने र सो ऐनकै हदम्याद लाग्ने समेत प्रष्टै छ । (प्रकरण नं.१३) (२) गाउँ पञ्चायत ऐन, २०१८ को दफा ७१ (१) र देहायको (क) र (ख) बमोजिम रीत पुर्‍याएको म्याद भित्रको नदेखिएमा उजुर लाग्न नसक्ने । गाउँपञ्चायत ऐन, २०१८ को दफा ७१ को (१) र त्यसको देहाय (क) र (ख) अनुसार मुद्दा चलाउने कारण खोली विपक्षीहरूलाई लिखित नोटिस बुझाएको र नोटिस ८ महिना भित्र मुद्दा दायर गर्न ल्याएको भन्ने सूर्यबहादुरको वादी लेखाई समेतबाट देखिन नआएकोले पञ्चायतका प्र.पं.सदस्यहरूका हकमा उक्त ऐनको कार्यविधि रीत नपुगेको नालेस दर्ता हुन्छ भन्न मिल्ने देखिन आएन । तसर्थ, यहि नालेस दर्ता गरी कानूनबमोजिम गर्नु भनी ०२१।५।२२।१ को सिंगलबेञ्चले दिएको आदेशसँग यो बेञ्च सहमत हुन सकेन कानूनबमोजिम गर्नु भनी । (प्रकरण नं. १४) आदेश १. मेरो नाउँमा कौसिला ब्रहृमानिले लेनदेन १, पास १ समेत २ मुद्दा ई.अ.भोजपुरमा दायर गरेकी मैले प्रतिउत्तर दिएको थिइन । त्यस्तै मौका त्यही लेनदेन पास मुद्दाको तमसुक रूपैया विषयमा नटाँसिएका आएकर टिकट दस्तुर बंगल बोडा दुंगेछा पञ्चायतका प्रधानपञ्च बोधराज समेत भई ०२०।१।३०।६ को आयकर टिकट दस्तुर आएको भनी अघिको मिति पारी पछि रसिद दिने लिने त्यस्तो व्यक्ति गत जाल साजि गरे गराएको थाहा भएकाले कीर्ते कागजको १८ नं.बमोजिम २ वर्ष भित्र नालेश दिन पाउने भई विपक्षी १० जना समेत उपर ई.अ.भोजपुरमा ०२१।२।३०।६ मा नालेस दर्ता गर्न जाँदा अ.ब.२९ नं.८ दफाले सरकारी कर्मचारी उपर जिल्ला अदालतमा नालेस दिनु पर्छ भन्ने उल्लेख भएकोले पञ्चायतका कर्मचारीले आफ्नो हैसियतबाट काम गरेको देखिँदा पञ्च सदस्य बोधराज ८ जना उपर जिल्ला अदालत भोजपुरमा नालेस दिन जानु भनी सुनाई लेखनाथ कौसीला २ जनाको हकमा मात्र यो उजुरबाट कारवाही गर्ने भनी इलाका न्यायाधीशज्यूले आदेश दिनु भयो । सो फ