निर्णय नं. ३२५ - जालसाजी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३२५ - जालसाजी भाग: ९ साल: २०२३ महिना: बैशाख अंक: १ फैसला मिति :२०२१/०८/२६ २६५२ निर्णय नं. ३२५ ने.का.प. २०२३ फुल बेञ्च प्र.न्या. श्री भगवतीप्रसाद सिंह न्या.श्री नयनबहादुर खत्री क्षेत्री न्या.श्री वाशुदेव शर्मा निवेदक : महंथप्रसाद कुर्मी विरुद्ध विपक्षी : महादेवप्रसाद कुर्मी समेत मुद्दा : जालसाजी (१) विधवा अंशधनका ऐनले खुस गर्न पाउने सम्ममा अघि बिक्री भएको कटाई बकस सदर गरी मुद्दा छिनिएको र आफू खुश गर्न पाउने जग्गा रहन नआएकोमा राजिनामा सदर हुन्छ भन्न नमिल्ने । अगाडिकै मिति पारी जालसाजी लिखित गरेको भन्न ठहराउन मिल्ने ठोस सबुद समेत नभएको र राजीखुशीबाट लिनु दिनु गरेकोमा जालसाज भन्न नमिल्ने । वादी महंथप्रसाद कुर्मीको र प्र.सहदेव समेतको बकसपत्र बदर मुद्दामा विधवा अंश धनका ऐनले खुश गर्न पाउने सम्ममा अघि बिक्री भएको कटाई बाँकी बकस सदरहरू बदर गरी डिभिजन बेञ्चबाट किनारा भएको सदर ठहरी आजै यस बेञ्चबाट फैसला भएको राजिनामा जालसाज नठहरे पनि बिक्री गर्ने गनपता समेतको हकमा खुस गर्न पाउने जग्गा रहनै नआएकोबाट सो राजिनामा सदर हुन्छ भन्न नमिलेकोले समेत लिखत बदर हुने ठहराएको समेत इन्साफ डिभिजन बेञ्चको ०१९।१०।२८।१ को मनासिव छ । (प्रकरण नं. १२) वादी तर्फबाट : सिनियर एडभोकेट देवनाथप्रसाद वर्मा र इच्छाहर्ष फैसला १. सहदेव माहादेव मामा फुपुका छोरा र निज सहदेव सरस्वतीको छोरी ज्वाँइ भएका । सरस्वती गनपता मेरो ३ पुस्ता भित्रको भाउजु नाता भएको । निजहरूको लोग्ने छँदै जस्तो गरी हेर विचार गरी पुग–नपुग रूपैया कर्जि सापटी दिदै आएकोमा मेरो हक मेटाई सरश्वतीको ज्वाई सहदेवलाई सम्पति जग्गा जमीन दिई मेरो थैली समेत मार्ने विचारले सो थैली सुखलालपुर आफूलाई राखी थुमवाको जम्मै जिमिदारी शिर विगाह ।।३०।। २४।। सहदेवको स्वास्नी समुन्दाका नाउँमा हालै बकसपत्र बदर गरी पाउँ भनी मेरो नालेस परेको सरस्वती गनपताको वा मैले भरी पाउने बिगो रु.६१५।।।ऽ।१ का दरले भरीपाउँ भनी ०१३।९।३ गते दरखास्त दिई कारवाई भएको जानी मेरा हक मेटाइ थैली भुस गराउन सरस्वती गनपताको जग्गा थामि दिनु पर्‍यो भनी ०१३।९।१७ गते विगाहा ७।८ बाहेक सरस्वती गनपताको बाँकी रहेको जिमिदारीबाट माहादेवले लिन पर्‍यो भनी सहदेवले भन्दा पारसले ठिम हो, अघिको मिति पारि लिखत खडा गरी पास गराउन पर्‍यो भनी जालसाज लिखत गरी गराई लिएको कुरा ऐ माघ ६ गते प्रमाणका मानिसबाट थाहा पाई ऐ ७ गते मालबाट नक्कल लिई हेर्दा, ०१०।२।२३ को कपाली तमसुक रु.६४८१ आज दिएको रु.१५२० जम्मा भारु.८००१ मा सरस्वतीका नाउँमा दर्ता भएको शिर विगाहा ६१४+४४।४।। सु.जानकी देवी कल्लुकाडलाई राजिनामा र समुन्दलाई बकसपत्र सौता सरस्वतीले गरी दिए बाहेक बाँकी बिगहा २०।।।१।।।४ र सो थैलीको शिर विगाहा ७ऽ।।३ राजिनामा गरी दिए भन्ने ०१३।४।२ को राजिनामा खडा गरी मेरो हक मार्ने नियतले लेखी दिई साज गरेकोले सजायगरी लिखत बदर गरी पाउँ भन्ने समेत वादी महंथप्रसाद कुर्मीको फिरादपत्र । २. वादीले हामीलाई हेर विचार गरेको छैन । अवला स्वास्नी मानिसले खेती गर्न नसकी घटोला गरी कर्जा लिई काम चलाउँदा चलाउँदै जमिदारी जाने अवस्था देखि म सरश्वतीले छोरी समुद्रा ज्वाईं सहदेवलाई अंशको जग्गा बकसपत्र गरी दिएको र म गनपताले पनि सरस्वतीसँग भिन्नै छुट्टै खेती गरी मालपोत बुझाई काम चलाउँदा धेरै कर्जा लागी सौतासँग राय मिलाउँदा कर्जिमा आफ्नु अंशको जिमिदारी बिक्री गरी दिनु होस म पनि सिहोखोस सोठोलीको जिमिदारी बिक्री गरी दिन्छु भनी सुखलालपुर भारततर्फको मौजा बिक