निर्णय नं. ३२६ - खुन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३२६ - खुन भाग: ९ साल: २०२३ महिना: बैशाख अंक: १ फैसला मिति :२०२३/०३/२१ २३९० निर्णय नं. ३२६ ने.का.प. २०२३ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री लोकराज जोशी २०२२ सालको फौ.फु.नं.३८ निवेदक : हे.कं.पद्मबहादुर खत्री क्षेत्री विरुद्ध विपक्षी : रामरत्न मुराउ मुद्दा : खुन (१) मिसिलबाट भनाइ समर्थित नभएमा र मौका सर्जमिनका मानिसले कसुरको पुष्ट्याँई गरी लेखी दिएमा कसुर रहनेछ भन्न नमिल्ने । मर्ने गुर्दि मुहाउ सुतिरहेको ठाउँमा आफूसमेत गएकोमा निवेदक हे.कं.पद्मबहादुर सावित भएको देखियो । गौरीशंकरले लछारपछार पारेको भन्ने निज हे.कं. पद्मबहादुरको भनाइका हकमा त्यो कुरा मिसिल प्रमाणबाट समर्थित हुनसकेको देखिएन । बुहारीलाई ढोका घचघच्याएको थिएँ । बुहारीले ढोका खोलिन भन्ने रीसले भगवानपुर पुलिस चौकीको हवल्दार भन्नेले मलाई कुटेका हुन भनी मर्ने गुर्दिको मुखबाट सुनेको र वारदातको भोलिपल्ट बिहान ७ बजेको टायम भगवानपुर पुलिस चौकीको नयाँ हवल्दार भन्ने आई गुर्दिको नजिकमा गई निजको घा चोटबाट निस्केको रगतलाई पानी मगाई आफैले धुँदै मैले आज राती यो बुढालाई सित्तैमा चुटेंछु । मेरो गल्ती हो भनेको सुनेको समेत भनी प्र.सरांअरि समेतले र भोलीपल्ट बिहान हवल्दार भन्ने मानिस आई माफि मागेको सुनेको समेत भनी हनुमानप्रसाद समेतले मौका तहकिकात सर्जमिनमा लेखी दिएको समेतबाट मर्ने गुर्दि मुराउलाई निवेदक हे.कं.पद्मबहादुरले नै लछार पछार पारे कुटेको प्रमाणित हुने हुँदा निजको कसुर रहेनछ भन्न मिलेन । (प्रकरण नं. १२) (२) कस्तो वारदात भबितव्य भन्न नमिल्ने ? मर्नेको पोष्टमार्टममा प्रसस्त निल डाम छाला खुईलेको घाउ खत र स्पलीनको पर्दामा चोट समेत लागी रगत जमेको समेत देखिन आएमा भबितव्य भन्न नमिल्ने । हाल जाँच पोष्टमार्टमबाट ५ वटा निल २ वटा छाला खुइलेको घाउ खत र स्प्लीनको पर्दामा चोट लागी रगत जमेको सोही चोट पिरले मरेको भन्ने देखिएको र सिर्फ पालो पहरा किन नगरेको भन्ने स्वभावले यस्तो अवस्थामा यस किसिमसँग घाउ चोट पर्ने गरी कुटेको हुनु नपर्ने हुनाले यस्तो अवस्थाको कसूरलाई भवितव्य भन्ने ऐनले मिल्ने देखिन आएन । (प्रकरण नं. १३) थुनुवाको तर्फबाट : एडभोकेट गजेन्द्रबहादुर प्रधान, एडभोकेट दिनेशमान प्रधान, बैतनिक वकिल सुधानाथ पन्त फैसला १. म आफ्नु घर बसन्तपुरमा थिएँ ।१५।२।७ राती आमिटोलामा मेरा बाबु गुर्दो घरको उत्तर ढोकानेर सुती निदाई रहेको अवस्था गस्तीमा आएका भगवानपुर चौकीका नचिनेका पुलिसहरू आई पहरा नगर्ने भनी निज बाबुलाई हात समाती लछार पछार पारी २ थप्पड कुटेछन् । त्यहाँबाट गस्ती गर्दै गए भन्ने कुरा भोलीपल्ट मेरा बाबुले मलाई भनेका र मेरा बाबु बराबर बिरामी भैरहने बृद्ध अवस्था भएको । पुलिसले थप्पड समेत लगाएको हुँदा त्यसपछि व्यथा निकै बढेकोले औषधी गर्दै रही १३ गतेदेखि बोली समेत बन्द भई मर्ने सम्भावना देखिएकोबाट घाउ जाँच गराई आफ्नो बचाउ गर्न निमित्त भैरहवा ल्याई रहेको । बजारमा आई पुगेपछि ०१५।२।१४ गते मरेको हुँदा काल कर्तव्य के बाट मरेका हुन ? पोष्टमार्टम जाँच भई छुट्ट्याई पाउँ भन्ने समेत रामरतन र मुराउको उजुरी दरखास्त । २. ०१५ साल जेष्ठ ७ गते भगवान चौकीमा बसी रहेको मौका गौरीशंकर आई डस्तादको सुराकी आएको छ, पक्राउ गर्न मद्दत दिनुहोस भनेकाले इन्चार्ज बेनीप्रसादले म समेतलाई साथमा लिई बगीया मौजा माग भोर गौरीशंकरले तिमीहरू पछाडी बस म अगाडि गएँ भनी आमिटी लामा गए । ८।१० मिनेट बाद म पनि