निर्णय नं. ३२७ - अपशब्द
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३२७ - अपशब्द भाग: ९ साल: २०२३ महिना: बैशाख अंक: १ फैसला मिति :२०२३/०३/२० ८१०४ निर्णय नं. ३२७ ने.का.प. २०२३ डिभिजन बेञ्च न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री नयनबहादुर खत्री निवेदक : सर्वोच्च अदालत विरुद्ध विपक्षी : ला. नं. ४० को एडभोकेट कुशुम श्रेष्ठ मुद्दा : अपशब्द (१) नेपालको संविधानको धारा ६८– सर्वोच्च अदालत अभिलेख अदालत–धारा ७० र ७१ ले अभिलेख अदालतका अधिकारहरूलाई सिमित पारेको नदेखिने–धारा ६८ को व्यवस्था छुट्टै विषय–धारा ७० र ७१ ले सर्वोच्च अदालतको साधारण र असाधरण अधिकार क्षेत्रको व्यवस्था गरेको । अभिलेख अदालतको विशेषता आदेशको अवज्ञा भएमा सजाय गर्न सकिने–अवहेलनाको कारवाही कस्तो हुनु पर्ने ? प्रकृति हेरी उपयुक्त कार्यविधि अपनाउनु पर्ने । मुलुकी ऐनको व्यवस्था भन्दा भिन्न कार्यविधि अदालतले अपनाउन सक्ने–वाक स्वतन्त्रताको हकको उपभोग गरेकोमा सर्वोच्च अदालतले अपमान सूचक शब्द प्रयोग भएमा अवहेलनासम्बन्धी कानूनी कारवाई चलाउन पाउने । नेपालको संविधानको धारा ६८ ले सर्वोच्च अदालतलाई एक अभिलेख अदालत मानेको छ । उक्त अभिलेख अदालतका अधिकारहरूलाई धारा ७० र ७१ ले सिमित पारेको छैन । किनभने धारा ७० र ७१ मा स.अ.को साधारण र असाधारण अधिकार क्षेत्रको व्यवस्था छ । जबकि धारा ६८ मा अभिलेख अदालतको व्यवस्था छ र त्यो एक छुट्टै विषय हो । अभिलेख अदालतको नाताबाट यस अदालतलाई प्राप्त अन्र्तनिहित अधिकारहरू संविधानको अन्य कुनै पनि उप–बन्धहरूसँग बाँझिएको छैनन । अभिलेख अदालत भन्नासाथ अभिलेख अदालतमा हुने विशेषताहरू जस्तो कि यस अदालतमा भएको रेकर्डहरू अकाट्य प्रमाण मानिनुको साथै आफ्नो अवहेलना र मातहत अदालतको अवहेलनाको कारवाही उठाई सजाय दिन सकिने लगायतका यस अभिलेख अदालतलाई प्राप्त सबै अन्तर्निहित अधिकारहरू यस स.अ.लाई प्राप्त छ । यस सम्बन्धमा संविधानमा कतै केहि बन्देज राखिएको छैन । अभिलेख अदालतको ठूलो विशेषता हो–आफ्नो आदेशको सजाय दिन सक्नु । यतिमात्र भन्न सकिन्छ कि संविधानमा नै सजायको हकमा ऐनमा तोकेको सजाय गर्न सक्ने छ भन्ने व्यवस्था हुँदा अभिलेख अदालत भएको नाताबाट अवहेलनामा यस अदालतबाट आफ्नो तजबिजले जति पनि सजाय दिन सकिने अधिकारलाई सम्म सिमित पारेको छ । तसर्थ, सजायका हकमा कानूनमा तोकेबमोजिम सजाय गर्न सक्ने छ भनेकाले कानूनले तोकेबमोजिमको सजाय दिन अनिवार्य भयो । अन्यथा अभिलेख अदालतका विशेषताहरू स.अ.लाई अभिलेख अदालतको रूपमा संविधानले मान्यता दिएकाले यस अदालतले आफ्नो अवहेलनामा सजाय दिन सक्ने नै भयो सो अवहेलनाको कारवाही कस्तो हुन्छ भन्नेतर्फ हेरेमा अवहेलनाको कारवाही यस्तो किसिमबाट हुन्छ भन्ने कुनै खास कार्यविधि छैन । अवहेलनासम्बन्धी अपराधको प्रकृति हेरी उपयुक्त कार्यविधि अपनाउन पाउने यस अदालतको अधिकारमा कतै बन्देज भएको देखिंदैन । अवहेलनाको कारवाहीमा यस अदालतको असाधरण अधिकार क्षेत्र हुन्छ । यसमा अवहेलनासम्बन्धी अपराधको प्रकृति हेरी अभियुक्तलाई थुनामा राखी ठाडो कारवाही अपनाउन पनि सकिने र केहि बुझी मात्र गरे पनि हुने नै छ । तसर्थ, मुलुकी ऐनमा व्यवस्था गरिए देखि भिन्न कार्यविधि अपनाउन पाउने अधिकार प्रदान गरिएको देखिंदैन भन्ने विद्वान एडभोकेटको भनाइ कानूनसंगत छैन । विद्वान वकिलको तर्क अनुसारको व्याख्या हुन गएमा अवहेलना सम्बन्धी कारवाहीको केही महत्त्व नरही कानून नमिली धेरै जसो कलममा निरर्थक हुन जानेछ । यस प्रसंगमा नेपालको संविधानको धारा ११ को उपधारा (२) अनुसार संविधानको भाग ३ मा उल्लिखित अन्य कुराको अधिनम