निर्णय नं. १४६२ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पूर्जी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १४६२ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पूर्जी गरिपाउँ भाग: २३ साल: २०३८ महिना: श्रावण अंक: ४ फैसला मिति :२०३८/०४/१८ २३४२ निर्णय नं. १४६२ ने.का.प. २०३८ अङ्क ४ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् २०३६ सालको रिट नं. ८८९ आदेश भएको मिति :०३८।४।१८ मा निवेदक : धनुषा जिल्ला कुलगामा गा.पं.वार्ड नं. ८ बस्ने वर्ष ३५ को दुखी साहू तेली । विरुद्ध विपक्षी : जिल्ला भूमिसुधार कार्यालय धनुषाका का.मु.भूमिसुधार अधिकारी विषय : उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पूर्जी गरिपाउँ (१) भू.सं.ऐन, २०२१ को संशोधन सहितको दफा २६(१) बमोजिम निवेदकको बाबु मर्दा निज मोहीका नाउँमा नामसारी गरी मोहियानी हकको स्थायी प्रमाणपत्र दिने ठहर्‍याई भूमिसुधार अधिकारीले निर्णय गरेको पाइन्छ । भूमिसम्बन्धी ऐनको दफा २६(१) को प्रयोग भूमिसुधार अधिकारीले गर्ने नभई जग्गावालाले गर्न पाउने हो, जग्गावालाले प्रयोग गर्न पाउने अधिकार भूमिसुधार अधिकारीले गरेकोबाट उक्त दफाको त्रुटिपूर्ण प्रयोग भएको पाइने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल र विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे । उल्लिखित मुद्दा :  आदेश न्या. श्री बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अनुसार उत्प्रेषणको आदेश जारी गरी विपक्षी भूमिसुधार कार्यालयको निर्णय बदर गरिपाउँ भनी रिट निवेदन २०३६।६।२९ मा दर्ता भएको रहेछ । २. रिट निवेदनको संक्षिप्त तथ्य र जिकिर यस प्रकार छ : म निवेदकका पिता बाल गोविन्द साहुको नाममा दर्ता रहेको जिल्ला धनुषा नगराइन गा.पं.वार्ड नं. ३ को कि.नं. २२५ को ०–३–१८½ कि.नं. १८५ का ०–४–१०½ र कि.नं. २२३ को ०–१–६ समेत गरी जम्मा ३ कठ्ठा पन्ध्र धुर क्षेत्रफल जग्गा बाबुको पालमा र निजको शेष पछि आजसम्म आफैंले जोत कमोद गर्दै आएको र उक्त तीनै कित्ता जग्गा कहिल्यै कसैलाई जोत कमोद गर्न नदिएको तथ्य जग्गाधनी दर्ता प्रमाणपूर्जामा समेत एकलौटी भनी जनिएको छ । उक्त जग्गा मध्ये कि.नं. २२३ र २२५ को जग्गा हामीले कैयांै वर्ष देखि कमाई आएको र उक्त जग्गाको बाली साल सालै बाँडफाँड गर्दै आएकोमा भर्पाई नदिएकोले जग्गाको मोहियानी हकको प्रमाणपत्र पाउँ भनी हुँदै नभएको जोताहा निस्सा पेश गरी मिति ०३५।४।२६ का दिन एउटा संयुक्त निवेदन र मिति ०३५।५।२२ मा कि.नं. १८५ को जग्गा अघिल्लो निवेदनमा छुट भएको भनी सोको समेत प्रमाणपत्र माग गरी विपक्षीहरूको जिल्ला भूमिसुधार कार्यालय धुनषामा निवेदन परेको थियो । ३. उक्त निवेदनमा कारवाही भई म निवेदकलाई बुझ्दा वादीले दावी लिएको उक्त जग्गा मेरो पिता बाल गोविन्द साहु परलोक हुनु अघि र परलोक भएपछि पिता वा म समेतले कुनै पनि जग्गा कमाउन दिएको छैन दिइएको भएमा विपक्षीहरूसँग कबुलीयत हुनु पर्नेमा कबुलीयत छैन र आफैंले कमाई आएको छु भन्ने निवेदकको भू.सु.का.मा बयान । ४. विपक्षी लतिक समेतका बाबु दिलजान धोबीले जग्गाधनी बाल गोविन्द जो.अ.नी.प्राप्त गरेको देखि भू.सं.ऐन, २०२१ को दफा २५(१) बमोजिम निज मोही हकप्राप्त मोही कायम भइसकेकोले उल्लिखित कित्ताका जग्गाहरू विपक्षीहरूका बाबु मर्दा भू.सं.ऐनको दफा २६ अन्तर्गत लतिक धोबीका नाममा नामसारी गरी मोहियानी हकको स्थायी प्रमाणपत्र दिने ठहर्छ भनी प्रत्यर्थी जि.भू.सु.कार्यालय धनुषाका का.मु.भूमिसुधार अधिकारीबाट मिति ०३६।५।२६ मा निर्णय भएको रहेछ । ५