निर्णय नं. ९०७९ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९०७९ - कर्तव्य ज्यान भाग: ५५ साल: २०७० महिना: फागुन अंक: ११ फैसला मिति :२०७०/०७/०४ ३२३७ नेकाप २०७० अङ्क ११ नि.नं.९०७९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री तर्कराज भट्ट फैसला मिति : २०७०।७।४।२ ०६७–CR–०९२० मुद्दा : कर्तव्य ज्यान पुनरावेदक/प्रतिवादी : नुवाकोट जिल्ला, दाङसिङ गा.वि.स. वडा नं. ७ घर भई हाल जिल्ला कारागार कार्यालय, नवलपरासीमा थुनामा रहेको कृष्ण दमाई विरूद्ध विपक्षी/वादी : सेसे नेपालीको जाहेरीले नेपाल सरकार ०६९–RC –००८१ वादी : सेसे नेपालीको जाहेरीले नेपाल सरकार विरूद्ध प्रतिवादी : नुवाकोट जिल्ला दाङसिङ गा.वि.स. वडा नं. ७ घर भई हाल जिल्ला कारागार कार्यालय, नवलपरासीमा थुनामा रहेको प्रकाश दमाईसमेत § अबोध नाबालिकामाथि भएको कुकृत्यलाई समाजका अगाडि उदाङ्गित पार्दै मृतकलाई सामाजिकरूपमा बेइज्जत गर्ने उद्देश्य रहेको भए सोही दिन निजलाई खोजी समाजका अघि लगी कारवाही गरिनुपर्दथ्यो तर कुटपीट गरी रातभर आफ्नो कब्जामा राखेबाट प्रतिवादीहरूको मृतकलाई मार्नेसम्मको योजना वा मनसाय थिएन भन्न मिल्ने अवस्था नरहने । (प्रकरण नं.३) § छोरी चेलीमाथि जबर्जस्ती करणीको प्रयास भएको भए मृतकउपर कानूनी कारवाहीको प्रक्रिया अघि बढाउन सकिने अवस्था विद्यमान रहँदारहँदै सचेत गराउने निहुँमा मार्नेसम्मको ईबी लिई योजना बनाई साङ्घातिकरूपमा मृतकलाई कुटपीट गरी रातभर बन्धक बनाई कर्तव्य गरी मारेको अवस्थामा मुलुकी ऐन, अ.बं. १८८ नं. को प्रयोग गरी सजाय घटाउने अवस्था र कारण नरहने । (प्रकरण नं.५) शुरू तहमा फैसला गर्ने : मा.न्या.मोहनकृष्ण खनाल पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या.मोहनप्रसाद घिमिरे मा.न्या.मीरा खड्का पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान अधिवक्ता हरिबहादुर कार्की प्रत्यर्थी/वादीका तर्फबाट : अवलम्बित नजीर : सम्बद्ध कानून : § मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३), १४ र अ.बं.१८८ नं. फैसला न्या.कल्याण श्रेष्ठ : पुनरावेदन अदालत, पाटनबाट मिति २०६६।०१।२१ मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छ :– पूर्व रामबहादुर तामाङको बारी, पश्चिम भीरपाखा, उत्तर तथा दक्षिण दाङसिङ मा.वि. र हले खोला जाने कच्ची बाटो यति चारकिल्लाभित्र रहेको घटनास्थल, उक्त घटनास्थलमा रहेको लासको टाउकोमा गहिरो चोट, घुँडामा काटेको दाग रहेको भन्ने घटनास्थल लास प्रकृति मुचुल्का । टाउकोमा लागेको चोटको कारण न्याउरे दमाईको मृत्यु भएको भन्ने शव परीक्षण प्रतिवेदन । मिति २०६५।०२।०७ गते अं. २० बजेको समयमा दाङसिङ गा.वि.स. स्थित जन्तरे भन्ने ठाउँमा निज न्याउरे दमाईलाई फेला पारी हामी तीनैजनाले कुटपीट गर्दै जुत्ताको माला र कालोमोसो लगाई हात, मुक्का र लाठीले टाउको र घुँडामा कुटपीट गर्दै ल्याउँदा साल बिसौना भन्ने स्थानमा निजको मृत्यु भएको हो भन्ने प्रतिवादीहरू जना ३ ले एकै मिलान हुने गरी प्रहरीसमक्ष गरेको बयान । मिति २०६५।०२।०८ गते कृष्ण दमाईसमेतका ३ जना मानिसहरूले निज न्याउरे दमाईलाई कुटपीट गरी मारी साल बिसौना भन्ने स्थानमा फालेको हो भन्ने बुझिएका मानिस कुवेर बर्देवासमेतले प्रहरीमा गरेको कागज । मिसिल संलग्न घटनास्थल, लास जाँच प्रकृति मुचुल्का, जाहेरी दरखास्त, शव परीक्षण प्रतिवेदन, प्रतिवादीहरूको बयान र बुझिएका मानिसहरूको कागजसमेत अध्ययन गरी हेर्दा मृतक न्याउरे दमाईको मृत्यु प्र