निर्णय नं. ३२८ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा आदेश वा पुर्जि जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३२८ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा आदेश वा पुर्जि जारी गरी पाउँ भाग: ९ साल: २०२३ महिना: बैशाख अंक: १ फैसला मिति :२०२२/१२/१० २०६६ निर्णय नं. ३२८ ने.का.प. २०२३ डिभिजन बेञ्च न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री वाशुदेव शर्मा सम्वत् २०२२ सालको रीट नम्बर ५४ निवेदक : विरेन्द्र केशरी उपाध्याय विरुद्ध विपक्षी : श्री ५ को सरकार निमार्ण, संचार तथा यातायात मन्त्रालय विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा आदेश वा पुर्जि जारी गरी पाउँ (१) निवेदकको हकको श्रोत निजामती सेवा ऐन, २०१३ को दफाहरूबाट भएमा हक हनन हुन गए सो नै ऐनले निदृष्ट मार्ग अपनाउनु पर्ने । निवेदकको कानूनी हकको श्रोत निजामती सेवा ऐन, २०१३ को दफा ५ र ६ भनी बहस गरियो । निवेदकको जे जस्तो किसिमको हक भए तापनि त्यो हनन भएको खण्डमा निजले अपनाउनु पर्ने मार्ग निजामती सेवा ऐन, २०१३ को दफा ९ (१) मा निर्देश गरिएको छ । निवेदकले त्यसतर्फ चलि अर्कैबाट अपनाएको प्रष्टै छ । (प्रकरण नं. १३) (२) निजामती सेवा ऐन, २०१३ को दफा ६ (१) (ख)–सफाइको मौका दिँदा अव्यवहारिक हुने देखिएमा अधिकारीले कारण खुलाई पर्चा खडा गर्न सक्ने नियमावलीमा अधिकार कार्यान्वित गर्नेबारे व्यवस्था हुने नियमावलीको अपवाद ऐन को ६ (१) (ख) ले अधिकारीलाई अधिकार प्रदान गरेको देखिने । ऐन र नियमावलीको व्यवस्था भिन्न भिन्नै भन्ने कुरा नमिल्ने । सजायको आदेश दिन पाउने अधिकारीको चित्तमा नियमावलीबमोजिम विभागीय जाँच बुझ गरी सफाइको मौका दिँदा अव्यवहारिक हुन्छ भन्ने लागि त्यसको कारण खुलाई पर्चा खडा गरी कुनै कर्मचारीलाई बर्खास्त गर्नपाउने अधिकार ऐनको दफा ६ (१) (ख) ले उक्त अधिकारीलाई दिएको छ । ऐनले अधिकार प्रदान गर्ने र नियमावलीले अमुक अधिकार कसरी कार्यान्वित गर्ने त्यसको व्यवस्था गरेको हुन्छ । नियमावलीबमोजिम बिभागीय जाँचबुझ गर्ने सफाइको मौका दिने इत्यादि कार्यविधिको अपवाद (Exception) ऐनको दफा ६ (१) (ख) ले अधिकारीलाई दिएको प्रष्ट छ । तसर्थ, ऐनको दफा ६ को व्यवस्था र नियमावलीको व्यवस्था भिन्ना भिन्नै हो र विशेषण थपी बर्खास्त गर्न नपाउने भन्ने निवेदकतर्फको जिकिर तर्कसंगत देखिएन । त्यसतो हुँदा निवेदकलाई बर्खास्त गर्ने निर्णय कानूनबमोजिम भई भएको देखिन्छ । (प्रकरण नं. १६) निवेदक तर्फबाट : सिनियर एडभोकेट कृष्णप्रसाद भण्डारी, एडभोकेट कृष्णप्रसाद पन्त, एडभोकेट कुशुम श्रेष्ठ, प्लीडर लवदेब भट्ट विपक्षी तर्फबाट : गभर्नमेन्ट सिनियर एडभोकेट रमानन्दप्रसाद सिंह आदेश १. २०२१ साल माघ १९ गते देखि श्री ५ को सरकारको सेवा गरी आएको थिएँ । श्री ५ को सरकारको ०२१।१२।२।२ को निर्णय अनुसार सडक बिभागको इन्जिनियर ईन्चीफको मातहत मर्मत तथा संभार शाखाको शाखा प्रमुख भई कामकाज गर्ने गरी चिफ ईन्जिनियर पदमा नियुक्ति भएको थिएँ । सेवाको अवधिमा बिभिन्न ओहदाको इन्जिनियर पदमा बहाल रहि सडक निर्माणसम्बन्धी विविध विकास योजनाहरूमा आफ्नो बुद्धि र सामर्थले भ्याएसम्म योगदान गरेको हुँ । तर सेवाको दौरानमा मेरो परिश्रम लगन र उपलब्धिको अनुरूप मेरो प्रमोशन नभएको र मेरो जेष्ठता क्रमकै बिपरीत पनि मलाई पोष्टिङ गरिएको इत्यादि पटक–पटकको तिक्त अनुभवको परिणामस्वरूप निरासवादी दृष्टिकोको प्रादुर्भाव भएकोले र मेरो सतत प्रयासको बावजुद पनि मेरो मनोदशाको प्रतिकृया आफूले जिम्मेदारी लिएको काममा प्रतिबिम्बित हुने सम्भावना उत्पन्न हुन नदिने उदेश्यले सेवा कालमा मबाट केहि उच निज हुन गएको भए त्यसको लागि विनम्रतासाथ क्षमा याचना गर्दै