निर्णय नं. ३२९ - हक कायम गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३२९ - हक कायम गरी पाउँ भाग: ९ साल: २०२३ महिना: बैशाख अंक: १ फैसला मिति :२०२३/०५/२४ २८०१ निर्णय नं. ३२९ ने.का.प. २०२३ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री हेरम्बराज न्यायाधीश श्री लोकराज जोशी २०२२ सालको फु नं.१४१ वादी : जगतलाल ध्याको श्रेष्ठ समेत प्रतिवादी : हर्षबहादुर श्रेष्ठ मुद्दा : हक कायम गरी पाउँ (१) राजिनामा लिखतको चार किल्ला नापीनक्सामा दुरुस्त मिल्न भिड्न नआए राजिनामा गराई लिएको गुठी जग्गाको दर्ता किल्लाको कुनै जग्गा पनि झगडा परेको ठाउँमा नभई फरक बेगल भएमा । धनी हर्षबहादुर ध्वालु श्रेष्ठ ऋणी हर्षबहादुर प्रजापति भएको रु.६०१।–को ०४।६।२५ को ०४।७।३ गते रजिष्ट्रेशन पास भएको राजिनामा हेर्दा, श्री ५ को सरकार गुठी तहसिल अड्डामा मोहिया दर्ता भएको सो जग्गामा साल १ को तिरो धान ४।७।६ गहुँ ।११।५।६ नगदी रु.२।४९ तिरी बुझाउनु पर्ने श्री त्रिपुरेश्वर महादेव गुठीको ८६।८७ खला नं.को जस्तीको खेत रोपनी २।१ जग्गा राजिनामा गरी दियौं भन्ने लेखिएको र भ.पु.पैल्हा मालबाट दिएको जवाफमा हेर्दा, न.नं.२२९ को मोठ लगतको उतार यसैसाथ पठाई दिएको छ । खोलो कट्टी भएको लगतबाट देखिएको भन्ने जवाफ आई मिसिल सामेल रहेको पनि देखिन आयो । प्रतिवादीले हर्षबहादुर प्रजापतिबाट राजिनामा गरी लिएको उक्त राजिनामामा कुनै पनि किल्ला नलेखिएको भए पनि सिं सिं कुमालबाट हर्षबहादुरले गराई लिएको राजिनामाको जग्गा प्रतिवादीले लिएको हुनाले सिं सिं कुमालले गरी दिएको राजिनामा हेर्दा, पुर्व बिर्ता रैकर पश्चिम रैकर खोला उत्तर रैकर बिर्ता देखि रैकर छाप्रो भन्ने लेखिएको सो किल्ला ८० सालको नक्सामा भिडाईदा झगडा परेको जग्गामा दुरुस्त मिल्न नआएको । उस्मा पनि प्रतिवादीले राजिनामा गराई लिएको गुठी जग्गाको दर्ता २६८ नं.मा २६९ नं.पूर्व २६६ नं.पश्चिम भन्ने र २७७ नं.मा २८० नं.पूर्व २७८ नं.पश्चिम भन्ने लेखिएको सो किल्लाको कुनै जग्गा पनि झगडा परेको ठाउँमा नभई उक्त किल्लाको र गुठीको जग्गाको नम्बर जनिएको जग्गा झगडा परेको ठाउँ देखि फरकै बेग्लै भएको वादी का २२९ नं.मा जोडिदै नजोडिएको प्रष्टै देखिएकोले वादीको २२९ नं.को जग्गामा साँध मिलेको मेरो उक्त गुठीको जग्गा भन्ने प्रतिवादीको जिकीर पुग्न सक्ने देखिएन । (प्रकरण नं. १७) निवेदक तर्फबाट : प्लीडर श्री सुधानाथ विपक्षी तर्फबाट : प्लीडर श्री ठाकुरप्रसाद फैसला १. अघि म जगतबहादुका नाउँमा मात्र दर्ता भएको कालीबहादुर २ पठ्ठी ६६२ नं.सिंखागीको साल १ को धान २।१० गहुँ ९ घ्यू रु.३६।–लागेको १३ नं.कटुन्जे मौजाका जिममावाल ढुंडीराज मार्फत भ.पु मालमा तिरो तिर्नु पर्ने उक्त मौजेको नं.२२९ को अ.खेतरोपनी २ हाल अंश भाग बण्डा भएबाट मेरो छोरा जगतलालको नाउँमा दर्ता हुन गएको रोपनी र बाँकी म जगतबहादुरका नाउँमा दर्ता कायम रहेको रोपनी १ समेत जग्गाको दक्षिणतर्फको सँधियार अन्यायवाला हर्षबहादुर भएकोले हाम्रा नाउँको दर्ता उक्त जग्गा रोपनी २ हाल नापी हुँदा अं रोपनी १ जति निज अन्यायवालाले देखिन तर्फबाट चापी लिएको थाहापाई नापी डोरमा उजुर परी अन्याय परी अन्यायवाला झिकी बुझेमा उजुरवालाको जग्गा रोपनी १ मैले घुसाई नाप नक्सा गराएको छैन मेरो हकको श्री ५ स.गुठीमा बाली बुझाउनु पर्ने जग्गा रोपनी १ र भ.पु.मालमा तिरो बुझाउनु पर्ने साविक नं.२३५।२३७।२४० को कित्ता १ न.नं.२३६ को १ न.नं.२३६ को १ न.नं ११९ को १ समेत कित्ता ४ समेत ५ कित्ता जग्गा एकै चकला भएकोले उक्त जग्गा मात्र नाप नक्सा गरी दिएको हो भनी कागज गरी दिई रस