निर्णय नं. ३३० - कुटपिट

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३३० - कुटपिट भाग: ९ साल: २०२३ महिना: बैशाख अंक: १ फैसला मिति :२०२३/०५/३१ २८७० निर्णय नं. ३३० ने.का.प. २०२३ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री लोकराज जोशी ०२१ सालको पहिलो रिभिजन फौ.फु.नं.५८ प्रतिवादी : कृष्णबहादुर खत्री क्षेत्री विरुद्ध वादी : खड्गबहादुर जिमी मुद्दा : कुटपिट (१) साक्षी सर्जमिनको लेखाई “सुनेको भन्ने सम्म” भई प्रत्यक्ष देखेको भन्न नभएमा तथ्ययुक्त प्रमाण मान्न नमिल्ने । ती साक्षी सर्जमिन कसैले पनि मानबहादुरले काटेको आफैले प्रत्यक्ष देखेको भन्न नसकी अरुअरुबाट सुनेकोसम्म भनेको । त्यस्तो सुनेको भन्नेसम्म कुरालाई तथ्ययुक्त प्रमाण मान्न नमिल्ने । (प्रकरण नं. १२) (२) रगत नथामिएको घाउ चोट भएमा अघिल्लो दिन काटिएको घाउ चोट भन्न नमिल्ने । सोही दिनको केही समय अघिको भन्नु पर्ने । पूर्व ६ नं.अदालतबाट ११ साल मार्ग २ गते वादी खड्गबहादुरको घाउ जाँच हुँदाको अवस्था रगत समेत थामी नसकेको भन्ने घाउ जाँच मुचुल्कामा लेखिएको अघिल्लै दिन मार्ग १ गते राती मानबहादुरले काटे कुटेको घाउ चोट भए भोलिपल्ट मार्ग २ गते घाउ जाँच हुँदासम्म त्यसरी रगत आई रहन सक्ने संभावना देखिन आएकोले घाउ जाँच हुन भन्दा केही समय मात्र अगाडि उस दिन परेको घा चोट रहेछ भन्ने सिद्ध हुन आउँछ । (प्रकरण नं. १२) फैसला १. अन्यायवालाले नभएको फटाई राजा काजी मुद्दा लगाई भाइहरू अड्डामा रोक्का परेको छ भन्ने सुनेकाले किन रहेछ भनी ०११ साल मार्ग २ गते अं.८।९ बजेको बखत अड्डातर्फ जाँदै गर्दा दुगाली गाउँ बरी भहारी गाउँ पारी दलबहादुर खुलामिका खेत छेउ खोलासीमा पुग्दा कोहि बाटा मुनि बाटामाथि ढुकी बसेका रहेछन् । मलाई थाहा थिएन । म पुग्नासाथ बाटा माथिबाट निस्की कृष्णबहादुरले खुकुरीले बायाँ आँखा छेउ चल्नि गालामा ६ इन्च हड्डी समेत काटी हातले छेक्न खोज्दा हात पाखुरामा ५ इन्चको घाउ समेत पारी काटी म लडेपछि रत्नबहादुरले पछाडी पातामा ५ इन्चीको घाउ र देब्रे हातको साहिली औंलाको फेदमा मछिन्द्रबहादुरले खुकुरीले काटे अरूले घेरा दिए । त्यस बखत आतसले मारे भन्ने शब्द निस्केछ र नरबहादुर निरबहादुर यसैतर्फ आउँदै गरेको हुँदा खबरदार भनी कराई दिँदा निजहरू भागी गएकाले घाउ जँचाई उजुर गर्न आएको छु । ज्यान मार्नाको उद्योगले खुकुरीले काटी हड्डी नसा समेत काटेको मुख्य अंग नचल्ने गरी काटेको हड्डी समेत भेटेकोले हातको अंगभंग समेत खत पारेमा सो खत पार्नेहरूलाई समेत अझै पनि सो खतबाट निको भई बाँचे छु भने खत अनुसार सजाय गरी पाउँ भन्ने समेत खड्गबहादुरको फिरादपत्र । २. राजकाजी विद्युत मुद्दा समेतको ईबीवाला झगडिया हुनाले म उपर झुट्टा उजुर गरेको हो । म समेत भई कुटेको होइन । मानबहादुर नेवारकी स्वास्नी २०।२२ बर्षकी हुँदा निजका घरमा राती जाँड रक्सी खाई गई ढोका उघार भनेछ र ढोका उघारी दिंदा तलाई धेरै पैसा दिएँ भनी बेईजत गर्न लाग्दा मानबहादुरले थाहा पाई भनाभन हुँदा खड्गेले मानबहादुरलाई कुटेमा मानबहादुरले निजलाई काटेको हो । सो मार्ग २ गते भन्दा अगावै कार्तिक ३० गते हिंडी मार्ग १ गते ससुराली पु.४ नं.बोषी पालुवामा पुगी ऐ २ गते साला पद्मबहादुरको वारेस भई पञ्चायतमा पास मुद्दा दर्ता गरेको छु । ईबी साँध्न झुट्टा उजुर गरेको हो भन्ने समेत रत्नबहादुरको प्रतिवादी। ३. कार्तिक ३० गतेका दिन फालीकोटबाट सम्धी बबरबहादुरले तपाईकी बुहारी बिरामी छ । भोली बेलुकीसम्म आउनु भन्ने खबर पठाएकाले साइलो छोरा बिष्णुबहादुर चैन