निर्णय नं. ३३१ - जग्गा हटक

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३३१ - जग्गा हटक भाग: ९ साल: २०२३ महिना: बैशाख अंक: १ फैसला मिति :२०२३/०५/२४ ३३५३ निर्णय नं. ३३१ ने.का.प. २०२३ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री हेरम्बराज न्यायाधीश श्री लोकराज जोशी २०२२ सालको स.अ.दे.फु.नं.१५७ प्रतिवादी : दुतबहादुर गुरुङ समेत विरुद्ध वादी : लेखनाथ पाध्याय मुद्दा : जग्गा हटक (१) रसिदहरू एकै मिलानको नदेखिए तिराको अंक समेत फरक–फरक देखिएमा र राजिनामा र रसिदहरूमा लेखिएको अंकसमेत भिन्नाभिन्नै हुन आएमा राजिनामा लिएकै जग्गा भोग चलन गरेको भन्न नमिल्ने । राजिनामामा खेत मुरी ३ तिरो रु.२९ पै.लाग्ने जग्गा भन्ने लेखिएको र निजै वादीबाट पेश हुन आएको १९९४ साल माघ २५ गतेको रसिदमा खेत मुरी १।३।३ मा एउटाको तिरो रु.।।२१ पैसा भएको ९५ साल फाल्गुण १३ गतेको सो खेत मुरी १ को ठेक्दर ।।२१ पैसा ९६ साल माघ २६ गतेकोमा खेत मुरी ९ मध्ये खेतमुरी १ को ठेक्दर रु.।।१९ पैसा ९७ साल चैत्र १० गतेकोमा ७ मुरी मा घ.ड.२ मुरीको दामासाही लाग्ने तिरो रु.।।१७ पैसा भन्ने र ९८ साल चैत्र २३ गतेकोमा खेत मुरी ७ मा माटो मुरी २ को दामासाही गर्दा खेत मुरी १ को लाग्ने तिरो रु.।।१८ भन्ने जनिएकोबाट ती रसिदहरू एकै मिलानको देखिन नआई तिरोको अंक फरक–फरक देखिन आउनको साथै राजिनामामा लेखिएको खेतको अंक र रसिदहरूमा लेखिएको खेतको अंक समेत मिल्न नआई बिभिन्न किसिमको देखिएकोले राजिनामामा लेखिएको जग्गा नै भोग गरेको त्यसको तिरो तिरेको रसिद हो भन्न नमिल्ने र । (प्रकरण नं. १८) (२) अधियामा दिएको लिखत कबुलियत पेश गर्न नसकेमा र फिरादबाटै प्रतिवादीहरूले भोग गरेको देखिएमा र लिखत जालसाजी भन्न नमिल्ने भएमा दावी पुग्न नसक्ने । अधियामा दिएको कबुलियत अथवा कुनै लिखत पत्र छ भनी वादीले पेश दाखिल गर्न सकेको पनि मिसिलबाट देखिन आएन । यदि वादीकै हकको जग्गा भए ९८ साल पछिको तिरो बुझाएको रसिदहरू पनि वादीसँग अवश्य रहनु पर्ने । सो छ भनी पेश गर्न दाखिल गर्न नसकी ९८ सालसम्मको मात्र दाखिल हुन आएको र झगडा परेको जग्गा प्रतिवादीहरूले भोग गरेको भन्ने कुरामा वादीको फिराद लेखाईबाट प्रष्ट देखिन आएको । मैनकलाले गरी दिएको भरपाई जालसाजी हो भन्ने कुनै सबुद नभएको र सो लिखतबमोजिम प्रतिवादीले त्यस पछि तिरोसमेत तिरी जग्गा भोग गरेको देखिन आएको । सो लिखतलाई जालसाजी भन्न नमिले सद्दे हुन आउने र मैनकलाले गरी दिएको भरपाई रजिष्ट्रेशन पास भएको छैन तापनि आफ्नु हक छाडी दिएको लिखत नभई बन्धकी थैली बुझी जसको जग्गा हो, उसैलाई फिर्ता दिएको लिखत हुँदा सो लिखतलाई रजिष्ट्रेशनको ३ नं.बमोजिम पास नभएकोले प्रमाण नलाग्ने भन्न नमिलेकोले जग्गामा प्रतिवादीको हक भोग देखियो । त्यस्तो आफ्नो हक भोग नभएको जग्गा दावा गरी वादी साँचो कुरामा चलेको भन्ने देखिन नआएकोले समेत वादी दावी पुग्न सक्ने देखिएन । (प्रकरण नं. १८) निवेदक तर्फबाट : प्लीडर श्री ठाकुरप्रसाद फैसला १. हालको तालुकदारवाला नन्द जैसी जिम्माको स्याङ्गजा मालमा तिरो गर्नुपर्ने गुहेखोला देखि पुर्व कालिबहादुरका साँध देखि पश्चिम गैरा घरैका साँध देखि उत्तर कुला देखि दक्षिण यतिचार ४ किल्ला भित्रको गुहे खोला भन्ने खेत पाखुरे बिरौटो खेत मुरी ।३ को तिरो रु.२१ लागेको जग्गा निज अन्यायवालाहरूको बाबु चन्द्रवीर गुरूङबाट मोरु.६००।–मा १९७९ साल फाल्गुण २ गते रोज ३ मा धर्मागत पाध्याले राजिनामा गरी लिई निजको हक भएको सो जग्गा निज धर्मागतबाट १९८४ साल माघ १४ गते वार ६ मा मेरो बाजे रत्नाखर पाध्याले मोरु.६००।–मा निज ध