निर्णय नं. ३३२ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३३२ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: ९ साल: २०२३ महिना: बैशाख अंक: १ फैसला मिति :२०२३/०२/०५ २०४८ निर्णय नं. ३३२ ने.का.प. २०२३ डिभिजन बेञ्च न्यायाधीश श्री हेरम्बराज न्यायाधीश श्री सुरेन्द्रबहादुर बस्नेत २०२२ सालको रीट नम्वर ९५ निवेदक : लखपति तिउराइनी विरुद्ध विपक्षी : रूपन्देही उखडा ट्राइवुनल अफिस समेत विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) मुद्दा पर्दा पर्दैको अवस्था गरेको वा गर्न आँटेको भन्ने निवेदन नभएका उत्प्रेषणको आदेश जारी गर्न नमिल्ने खारेज हुने । रुपन्देही अदालतमा मुद्दा दायर रहेकै बखतमा उखडा अधिकारीले किसान किसानका बीचमा जोताहा सम्बन्धित हक बेहकको मुद्दा पर्दा पर्दै दर्ता गरेको वा गर्न आँटेको भन्ने उखडा अधिकारी उपरमा यो निवदेनपत्र पर्न आएको नहुँदा निवेदननपत्र खारेज हुने ठहर्छ । (प्रकरण नं. ७) निवदेनक तर्फबाट : वकिल इच्छाहर्ष बज्राचार्य आदेश १. रोगाईबाट १ विगाहाको १२ का दरले तिनैगरी सासु जिताहाले नै कमाई १८ सालको नापिमा समेत सासुकै नाउँमा सुरक्षित किसानमा दर्ता भएको सासु परलोक भएपछि सासुको मैले काजक्रिया गरी धनमाल सबै बुझी ताल्चा मारेकीमा विपक्ष अवधराजीले ताल्चा खोली बसेकीले विपक्ष उपर अपुताली र जग्गा खिचोलमा २१ साल माघ १६ गते परासी इलाका अदालतमा नालेस गरेकी छु । मैले फाराम दाखिल गर्न जाँदा विपक्षहरुले आई फाराम भरी सकेकोले तपाईसँग लिनु भएन भने अ.बं.८९ नं.ले पहिले परेको मुद्दा किनारा नगरी अर्को मुद्दा सरहको मेरो हकको जग्गालाई विपक्षीलहरुले फाराम भरी दाखिल गर्न नहुने सोही ८९ नं.ले पछि परेको वातिल गरी लिनु वा उखडा नियमावली दफा १० बमोजिम फारामको दर्ताको कारवाई नगर्नु भनी रोक्का गर्नुपर्ने गरी दिएनन । म्याद भित्रै तुरुन्तै उखडा अधिकारी ११ नं.छिपागढ अफिसमा उजुर दिए मलाई तारेखमा राखी विपक्षी टाइबुनल अपिसमा पठाई दिए । त्यहाँबाट पनि रुपन्देही जिल्ला अदालतमा सारिएको दायरै छ । मेरो म्याद भित्र परेको उजुरीलाई म्यादभित्र परेको छैन भनी गैरकानूनी तरिकाबाट अपिलको म्याद समेत नलाग्ने गरी ०२२।६।६ मा रुपन्देही उखडा टाइबुलनबाट खारेज गरी दिएको छ । नेपाल संविधान धारा १५ र ७१ अनुसार सर्वोच्च अदालतमा निवेदन गर्न आएकी छु । निवेदिकाको सम्पत्ति कानूनी अधिकार बेगर अपहरण नहुने गरी उत्प्रेषण या आज्ञा वा आदेश जुन उपयुक्त हुन्छ।, जारी गरी उक्त विपक्ष ट्राईबुनलको २२।६।६ को पर्चा बदर गरी यो निवेदन किनारा नभएसम्म उखडा ऐन ४ दफा बमोजिम क्षतीपूर्तिको कारवाई स्थगित राखी पाउँ भन्ने लखपति तिउराइनीको निवेदनपत्र रहेछ । २. यो जग्गा र अपुतालीमा समेत ई.अ.परसीमा विपक्षी मध्ये अवधराजी तिउराइनी उपर नालिस दिएको मुद्दा ट्राईबुनलमा सारीयो र सो ट्राईबुनलबाट हाल जि.अ.रुपन्देहीमा सारिएको छ भन्ने समेत निवदेनमा उल्लेख भएको हुनाले लेखिएबमोजिमको मुद्दा दायर भएको छ, छैन वादी प्रतिवादीको रीतपूर्वकको नक्कल साथै राखी किन ट्राईबुनलबाट जि.अ.रुपन्देहीमा सारिएको हो ? त्यसको प्रष्ट जावाफ पठाई दिनु भनी रुपन्देही जि.अ.मा लेखी पठाई सो प्राप्त भएपछि पेश गर्नु भन्ने ०२२।९।१९ मा डिभिजन बेञ्चको आदेश । ३. लेखी आएको नक्कल सारी यसैसाथ पठाई अनुरोध गरेको छु । उखडाबाट किन प्राप्त भयो ? भन्ने बारेमा अपुताली मुद्दा हुँदा तेरो मेरो पर्न आएकोले अदालदतबाट कारवाई गर्न नपर्ने भनी आदेशसाथ प्राप्त हुनआएको भन्ने रु.जि.अ.बाट जवाफ प्राप्त भएको रहेछ । ४. रु.जि.अ.का उपर्युक्त जवाफ साथ निम्नलिखित कागज नक्कल दाखिल भएको रहेछ : (१)