निर्णय नं. ३३३ - ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३३३ - ज्यान भाग: ९ साल: २०२३ महिना: बैशाख अंक: १ फैसला मिति :२०२१/०४/२७ ३२७५ निर्णय नं. ३३३ ने.का.प. २०२३ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री भैरवप्रसाद उपाध्याय फौ.फु.नं ६३ निवेदक : खडागदास खड्गी विरुद्ध विपक्षीको : सदर जेलमा थुनिएको सानुभाइ खड्गी समेत मुद्दा : ज्यान (१) झुन्डिएको ठाउँ झुन्डिने स्थितिको नभएमा लास झुन्डिएकै नभई जमिनमा रहे भएको भए–घाँटीमा कोरिएको छाला खुईलिएको देखि र कपडाको पासोमा त्यस्तो हुनु नपर्ने हुँदा मिल्दो प्रकृति भन्न नमिल्ने । झुन्डिई मर्न पर्ने अवस्था नभएको र चोट घाउ यसकारणबाट परेको भनी प्रतिवादीले खम्वीर देखाउन नसकेमा कुटपिट्को चोटबाटै ठहर्ने । महादेव मन्दिर भित्र मानिस झुण्डि मर्न सक्ने स्थिति नभएको साँगुरो ठाउँ भन्ने देखिन आएको र निज कृष्णमायाको झुण्डि राखेकै लास देखाई जाँच गराएको नभई जमिनमा रहेको लास जँचाएको आफै झुन्डि मरेकी भए त्यस्तो हुनु नपर्ने । पासो लगाएको पटुका दलिनमा २ फन्का बेरी दुबैतर्फ लत्रिएको लास कुप्रो परी एकै डल्लो भईरहेको भन्ने र घाँटीमा कोरिएको, छाला खुईलिएको, घाउ भएको भन्ने लेखिएको । पासो लगाई झुन्डि मरेकी भए त्यस किसिमको प्रकृति र कपडाको पासोबाट घाँटिमा घाउ हुनसमेत नसक्ने हुनाले पासो लगाएकोमा मिल्दो प्रकृति पनि नभएको । साना–साना ३ केटा केटी भएको निज कृष्णकुमारी आफ्ना बालक बच्चाहरू छाडी झुन्डि मर्नु पर्नेसम्मको अवस्था कारण पनि प्रतिवादीहरूले कुनै देखाउन नसकेका । लासजाँचने डाक्टर लक्ष्मण पौडेलले आफ्नो रिर्पोटमा आफै झुन्डि मरेको जस्तो बुझिन्छ भनी लेखी दिएको भए पनि भ्रष्टाचार गरी त्यस्तो लेखे भन्ने डाक्टरका उपर उजुर परी विशेष पुलिस बिभागबाट कारवाही चली रहेकोले निज डाक्टरको उक्त रिपोर्टसम्मलाई भर पर्दा प्रमाण मान्न नहुने । मर्नु अगाडि बेसरी कुटिएकी थिई जस्तो बुझिन्छ भन्ने पनि डाक्टरको रिपोर्टमा लेखिएको र पुलिसमा भएको घाउ जाँचबाट मर्ने कृष्णप्यारीको गुप्तअंग चिरिए फाटेको घाउ र योनी गुद्वारबाट रगत निस्कीएको भन्ने लेखेकोमा सो घाउ पटक–पटक सुत्केरी हुँदा चिरिएको भन्ने सानुभाइको बयान गराई भएको र सो घाउ कुटपिटको वारदातमा तत्काल परेको हो होइन भन्ने यकिन गर्न पुलिसले वारदात भएको घर समेतको जाँच गरी वारदात भएको ठाउँ वरपर जमिनमा रगतहरू लागेको जमेको थियो थिएन ? खुलाउनु पर्ने जाँचे खुलाएको नदेखिएको । मर्ने कृष्णप्यारीले लगाएको सारी पेटीकोट समेतमा प्रशस्त रगत लागेको भन्ने लासजाँचबाट खुल्न नआएकोले संदेहात्मक भए पनि सो घाउ तत्काल परेको नभई पुरानो भए लासजाँच मुचुल्कामा पुरानो घाउ भन्ने जनाउनु पर्ने नजनाई चिरिए फाटेको घाउ र योनि गुद्वारबाट रगत निस्केको भन्ने लेखिएको । सुत्केरी हुँदा चिरिए फाटेको पुरानो घाउ भन्ने पक्का सबुद केही गुज्रन नआएकोले समेत सुत्केरी हुँदा चिरिए फाटेको घाउ भन्ने प्रतिवादी सानुभाइको बयान गराई साँचो खम्वीर देखिन नआएको । अरु निल घाउ चोट पनि धेरै भए परेको लासजाँचमा लेखिएकोले समेत निज कृष्णप्यारी आफै झुण्डि मरेकी नभई प्रतिवादी सानुभाइले कुटपिट गरेको चोटबाटै कर्तव्य परी मरेको ठहराएको शुरु का.फौ.अ.तथा काठमाडौं जिल्ला अदालतको सदर गरी डिभिजन बेञ्चबाट ०१९।१२।९।६ मा छिनेको इन्साफसम्म मनासिव छ । (प्रकरण नं. ९) फैसला १. २०१५ साल मार्ग १३ गते रात १०।। बजे बाहिर स्वास्नी राख्यो भन्ने कुरामा झगडा भई स्वास्नी बाहिर निस्केकी । बच्चा रोएकोले दिउँ भनी खोज्दा घरमा नभएक