निर्णय नं. ३३४ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३३४ - लेनदेन भाग: ९ साल: २०२३ महिना: बैशाख अंक: १ फैसला मिति :२०२३/०६/२८ ३६२३ निर्णय नं. ३३४ ने.का.प. २०२३ फुल बेञ्च प्रधान न्यायाधी श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री वाशुदेव शर्मा न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री मीनबहादुर थापा क्षेत्री न्यायाधीश श्री प्रकाशबहादुर के.सी. २०२३ सालको पहिलो रिभिजन दे.फु.नं.५१ निवेदक : गुणराज उपाध्याय विरुद्ध विपक्षीको : श्याम शम्सेर ज.ब.राणा मुद्दा : लेनदेन (१) शिर पुछारमा कारणीको ल्याप्चे सहिछाप नभए पनि तत्काल प्रचलित कागज जाँचको २० नं.(ग) नं.ले जरिवाना गरी लिखतबाट नालेस उजुर सुनी इन्साफ गर्नुपर्ने । सो लिखत आफ्नो हस्ताले लेखी गरी दिएको भन्ने कुरा प्रतिवादी गुणराजले आफू साक्षी बसेको भन्ने कुरा प्रतिवादी गुणराजका छोरा माधवराज समेतले स्वीकारै गरेको देखियो । तत्काल प्रचलित कागजजाँचको २० (ग) नं.बमोजिम शिर पुछारमा कारणीको दायाँ वायाँ ल्याप्चे सहिछाप नभएको भए पनि त्यतिकै कुराले लिखतै अमान्य हुने कानून व्यवस्था नभई सोही कागज जाँचको २० (ग) नं.बमोजिम रु.१ देखि २० सम्म जरिवाना गरी सो लिखतबाट नालेस उजुर सुनी इन्साफ गरी दिनै पर्ने । (प्रकरण नं. १३) (२) तमसुकमा नलेखिएको कुराको अडान लिएमा सो कुरा यति कारणले नलेखिएको हो भन्ने जिकिरको सबूद प्रमाण प्रतिवादीले देखाउनु पर्ने । तर तमसुक लिखतमा त्यस किसिमको कुनै कुरा उल्लेख नभई रोजगार व्यापार गर्नाके कर्जा लिएको भन्ने कुरा प्रष्टै उल्लेख भएको छ । यो कारणले वास्तविक कुरा लोप राखी तमसुकमा त्यस्तो वापत लेखीन गएको भन्न खुलाउन र आफ्नो उपरोक्त प्रतिवादी जिकिरलाई प्रमाणित गर्ने अरू कुनै लिखत सबुद छ भन्ने पेश गर्न प्रतिवादीले सकेको देखिएन । (प्रकरण नं. १४) (३) प्रमाणको कुरा प्रमाणिक रूपमा अदालत समक्ष आउनु पर्ने, अन्यथा प्रमाणमा लिन नमिल्ने । डिभिजन बेञ्चका आदेशबमोजिम विशेष जाहेरी विभाग राजदरबारमा लेखी गएकोमा सरकारबाट प्राइभेट बुझी बक्सेको फायल बाहिर पठाउन नमिल्ने भन्ने जवाफ आएको भई प्रमाणिक रूपमा अदालत समक्ष आउन नसकेकोले निवेदकको भनाइ मात्रलाई प्रमाणमा लिन मिलेन । (प्रकरण नं. १५) (४) जिकिर प्रमाणबाट समर्थित हुन नआएमा त्यस्तो जिकिरलाई मान्यता दिन नमिल्ने । प्रतिवादी आफू शतर्क भई जो गर्नुपर्ने गरी सो लिखित धुल्याउन सक्नु पर्नेमा दशौ वर्षसम्मको कुरा भए गरेको देखिन नआई वादीले रूपैयामा दावी लिई नालेस गरी सकेपछि मात्र त्यस्तो जिकीर लिएको देखिएको र प्रमाणबाट त्यो कुरा समर्थित हुन पनि नआएकोले प्रतिवादीको त्यस जिकिरलाई मान्यता दिन नमिल्ने । (प्रकरण नं. १६) (५) बढी व्याजको लिखत भएमा ऐनबमोजिमको नै ब्याज पाउने, बढी पाउन नसक्ने । व्याजको दर सयकडा १५ लेखिएकोले कति पाउने हो भन्ने हकमा तत्काल प्रचलित साहु असामीको १५ नं.ले बढीमा सयकडा १० सम्म मात्र भरी पाउने । सो कुरा हालको लेनदेन व्यवहारको ४ नं.ले पनि प्रष्ट गरी राखेकैसमेत हुँदा डिभिजन बेञ्चबाट प्रति वर्ष सयकडा १० ले १० वर्षको हिसाबबाट ठहर्ने । साँवा अंक जति व्याजको समेत भरी पाउने ठहर गरी राखेको बेमनासिव भन्न मिलेन । (प्रकरण नं. १७) निवेदक, प्रतिवादी तर्फबाट : एडभोकेट श्री कृष्णप्रसाद घिमिरे विपक्षी, वादी तर्फबाट : एडभोकेट लक्ष्मणप्रसाद अर्याल, प्लीडर कोषराज उपाध्याय फैसला १. गुणराजले रोजगार व्यापार गर्नको निमित्त सयकडा १५ का दरले व्याज मुनाफा र साँवा गरी समेत ६ महिना भित्र बुझाउने गरी रु.३०००० रूपैया ०९।१।२० गते कर्जा लिई आ