निर्णय नं. १४६४ - उत्प्रेषण लगायत रिट, आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १४६४ - उत्प्रेषण लगायत रिट, आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ भाग: २३ साल: २०३८ महिना: श्रावण अंक: ४ फैसला मिति :२०३७/१२/०७ २३६७ निर्णय नं. १४६४ ने.का.प. २०३८ अङ्क ४ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री सुरेन्दप्रसाद सिंह सम्वत् २०३६ सालको रिट नं. १०९२ आदेश भएको मिति : ०३७।१२।७ मा निवेदक : जि. नवलपरासी पुजरु गा.पं. वडा नं. २ बस्ने कृष्ण प्रताप नारायण सिंह विरुद्ध विपक्षी : ऐ.ऐ.बस्ने बृज नारायण चौधरी विषय : उत्प्रेषण लगायत रिट, आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ (१) कानूनले व्यवस्था गरे बमोजिमको अर्को म्याद जारी नगरी भूमिसुधार अधिकारीले गरेको निर्णय त्रुटिपूर्ण देखिन्छ । तसर्थ उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । पुनः कानूनबमोजिम गर्नु भनी विपक्षी भूमिसुधार शाखा नवलपरासीका नाममा परमादेशको आदेश जारी हुने ठहर्छ । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता सिवानन्द दास सरस विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय आदेश न्या. बासुदेव शर्मा : विपक्षी भूमिसुधार अधिकारीको मिति २०३६।८।१७ को निर्णय बदर गराई पाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य यस प्रकार छ : २. जग्गाधनी कृष्णप्रताप सिंहको फाँटमा पर्ने मुजहवा गा.पं.वार्ड नं. २(ख) को कि.नं. ३७ को जग्गा मोहियानीमा जोती कमाई आएको छु जो.अ.नी.पनि प्राप्त गरेको छु मोहियानी हकको प्रमाणपत्र पाउँ भन्ने समेत व्यहोराको यस रिट निवेदनको विपक्ष वृजनारायण चौधरीको निवेदन परेकोमा जग्गाधनी झिकाउन घर दैलामा म्याद टाँस भएको देखिएको र पुर्पक्षको निमित्त उपस्थित नभई वादी दावी स्वीकार गरेको पाइएको जो.अ.नि.पेश भएको र मोही महल खाली देखिँदा र कुनै जो.अ.नि.प्राप्त भएकालाई साविकको मोही ठहरिने हुँदा उक्त कि.नं. ३७ को १।१०।१३ मा निज वृजनारायण चौधरीलाई मोहीयानी हकको प्रमाण पत्र दिने ठहर्छ भन्ने समेत भूमिसुधार कार्यालय नवलपरासीको निर्णय उपर प्रस्तुत रिट निवेदन पर्न आएको छ । ३. उक्त जग्गा खड्ग निसानाबाट बाबुको नाममा दर्ता भएको र २०१७ सालमा बाबुको मृत्यु भएपछि मेरो नाममा नाउँसारी भई मैले भोग गरी आएकोले कसैको पनि उखडा ऐन अन्तर्गत विवरण दाखिल भएन आफ्नै जोतमा भएकोले मोही लगत गर्नु पर्ने प्रयोजन नै भएन विपक्षीले ०३५ सालको रवि बाली लुटपिट गरेमा सो बाली पचाउने नियम लिई मोहीहरूको प्रमाणपत्र पाउँ भनी निवेदन दिई मेरो नाउँमा जारी भएको ७ दिने म्याद म भारततर्फ गएको समयमा मिलेमतोबाट गायब पारी यो मैले विपक्ष समेत उपर दिएको लुटपिट मुद्दाको प्रतिउत्तरमा विपक्षीले मालपोत सरह नगदी कूतमा बुझाउन दिएकोले मोहीमा जिति कमाई आएको छु भनी उल्लेख गरी सो मुद्दा जि.अ.मा दावा छ । प्रतिवादीले नगरी पोत बुझाउने सर्तमा जोती आएको भनी स्वीकार गरेकोले उखडा ऐनको दफा २(ख) अन्तर्गत किसानको परिभाषाभित्र पर्न जाने भएकोले सो ऐन अन्तर्गत किसानलाई मोहियानी हकको प्रमाणपत्र दिइएको पूर्ण थता गैरकानूनी अधिकार क्षेत्रात्मक त्रुटिपूर्ण भएकोले अ.बं.३५ नं. अन्तर्गत स्वतः बदरभागी छ । प्रतिरक्षीले पेश गरेको ४ नं. जो.अ.नी.मा नगदी मालपोत तिरो खाने भनी सर्त कबुलीयत महलमा उल्लेख भएको र कैफीयत महलमा राजीनामामा सरह भनी उल्लेख भएकोमा सो सम्बन्धी प्रमाण पेश गर्न सकेबाट मैले कुनै किसिमको राजीनामा गरी दिएको होइन भन्ने प्रमाणित भएको छ । मोही हुने व्यक्तिले दफा ३४(२) अन्तर्गत क